ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।                  पञ्चाङ्ग÷राशी र वारवेला

श्रीसूर्य दक्षिणायन हेमन्त ऋतु,साधारण नाम संवत्सर, शाके १९३९,विक्रसम्वत २०७४ साल मंसिर २२ गते शुक्रबार नेपाल सम्बत ११३८ थिंल्लागा,सन् २०१७ डिसेम्वर ८ तारिक पौष कृष्णपक्ष पञ्चमी तिथि विहान १० वजेर ५१ मिनेटसम्म, अश्लेषा नक्षत्र राती १२ वजेर ५२ मिनेटसम्म, ऐन्द्रियोग, तैतिलकरण, आनन्दादियोग मृत्यु, सूर्य वृश्चिक राशीमा,चन्द्रमा राती १२ वजेर ५२ मिनेटसम्म कर्कट उप्रान्त सिंह राशीमा ।

सूर्योदयबाट प्रातः ८÷१ वजेसम्म चर वेला,८÷१ वजेदेखि ९÷१९ वजेसम्म लाभ वेला,९÷१९ देखि १०÷३७ वजेसम्म अमृत वेला, १०÷३७ देखि ११÷५५ वजेसम्म काल वेला, ११÷५५ देखि १÷१३ वजेसम्म शुभ वेला, १÷१३ देखि २÷३१ वजेसम्म रोग वेला, २÷३१ देखि ३ वजेर ४९ मिनेटसम्म उद्वेग र ३ वजेर ४९ मिनेट देखि सूर्यास्तसम्म चर वेला रहनेछ । “जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।

मेष

जश मिल्ने होइन अपयश मिल्ने काम मात्रै हुनेछन् । सुख,शान्ति कम मिल्नेछ । गर्न खोजेका कममा विभिन्न खालका समस्या आउने छन् । धन सम्पतिको विषयलाई लिएर विवाद पर्न सक्छ ।

बृष

आफ्नो काम गर्न आफै सक्षम हुनुहुनेछ । गरेका अधिकाँश कामबाट लाभ लिन सकिनेछ । व्यापार व्यवसायबाट आय आर्जन राम्रै होला । कामको बीचमा विचार परिवर्तन नगर्नु होला ।

मिथुन

भय अतुरमा काम नगर्नु होला,बोल्यो कि पोल्यो भन्ने जान्नु होला । आर्थिक कारोवार सकेसम्म नगर्नु होला दिएको धन डुब्न सक्छ । आस्था र विश्वास गुम्ने छ । आफन्तले धोका दिनेछन् ।

कर्कट

थोरै लगनशिलता बढाउनु होला,इच्छित फल मिल्नेछ । व्यापर व्यवसायबाट आम्दानी सन्तोषजनक नै होला । स्वतन्त्र व्यापार फलदायी देखिन्छ । काम गर्ने उत्साहामा कमी आउने छैन ।

सिंह

संकल्प पुरा गर्न सकिने छैन । अनावस्यक काममा धन खर्च हुनेछ । गरेका काम आफ्ना लागि भन्दा अरुका लागि बढि हुने देखिन्छ । विबादमा नफस्नु होला घाटा हुनेछ । व्यापारमा नोक्सान हुनेछ ।

कन्या

दिन अनुकुल छ अवसरको सदुपयोग गर्नु होला । व्यापार व्यवसायबाट आम्दानी राम्रै हुनेछ । एउटा कामको टुङ्गो नलागि आर्को काममा हात नहाल्नु होला । काममा ढिला सुस्ति गर्दा अवसर गुम्नेछ ।

तुला

समयले साथ दिने देखिन्छ । काम गर्न सके दाम र नाम दुर्व आर्जन गर्न सकिने छ । कुनै क्षेत्रबाट आफुले सोचे जस्ता लाभ भने नहुन सक्छ । सामाजिक प्रतिष्ठा कमाउन ठुलै मेहनत गर्नुपर्ला ।

बृश्चिक

धैर्यताको बाध नफुटाउनु होला । भाग्यले थोरै साथ दिनेछ । परोपकारी काम हुनेछन् । आस्था र विश्वास बढ्नेछ । आफ्नो कामले विस्तारै गति लिनेछ । परिवारिक सुख थोरै मिल्नेछ ।

धनु

ध्यान पु¥याउन नसक्दा आफ्नो धन अरुको लागि खर्च हुन जानेछ । स्वास्थ्यमा लगानी बढ्न सक्छ । मानसिक चिन्ता बढ्नेछ । लेनदेन कारोवारमा अवरोध आउन सक्छ । व्यापारमा मन्दि आउनेछ ।

मकर

कुनै काम गर्नु छ भने समयमा गर्नुहोला पछि गरौला भनेका काम साचिने छन् । साथिको सहयोगमा महत्वपूर्ण काम सफल हुने छन् । लोभ मोह बढ्नेछ । व्यापारमा विस्तारै मन्दि आउनेछ ।

कुम्भ

पुर्ण तयारीका साथ अगाडि बढ्नु होला,मुद्धा मामिलामा विजया हात लाग्ने छ । प्रतिश्पर्धात्म काम सफल हुने छन् । मिलेर भन्दा एक्लै गरेका काम बढि सफल होलान् । व्यापारमा क्रमिक सुधार आउनेछ ।

मीन

विचारको खडेरी नपार्नु होला । काममा आलटाल गर्दा पछि परिने छ । पठन पाठन कार्यमा आफुले सोचे जस्तो सफलता मिल्ने छैन । आत्मविश्वासका साथ काममा लाग्नु होला । अल्प लाभ हुनेछ ।

तपाईको प्रतिक्रिया