मेष

साता त्यति अनुकुल देखिन्न । विहिवार शुक्रबार घरका समस्या सँग धेरै खेल्नु पर्नेछ । संचित धनको नास हुनसक्छ । खानपानमा ध्यान दिन नसक्दा स्वास्थ्यमा समस्या आउनेछ । सुख,शान्तिमा कमि आउनेछ । शनिवार र आईतवार व्यापारमा सामान्य सुधार आउनेछ । समयमा निर्णय लिन नसक्दा अवसर गुम्ने देखिन्छ । सोमबार पछि समयमा सामान्य परिवर्तन आउनेछ । संर्घष गर्दा सफल भईनेछ । शत्रु लाग्ने छन् ।

बृष

विहिवार र शुक्रवार कार्य क्षमता बढ्नेछ । अधिकाँश काम आफ्नै बाहुबलबाट सम्पादन हुनेछ । नयाँ कार्य योजना अगाडि बढ्ने छन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । शनिवार र आइतवार घरयासी समस्या बढ्नेछन् । शारीरिक शिथिलता बढ्नेछ । काममा खासै प्रगति हुने छैन । शेष दिन संर्घष पूर्ण व्यतित हुनेछन् । गरेका कामबाट सामान्य लाभ लिन सकिनेछ । व्यापार व्यवसाय मन्द रहला । सहयोगी टाढा हुनेछन् ।

मिथुन

साताका अधिकाँश दिन अनुकुल देखिदैन । विहिवार र शुक्रबार संचित धन नास हुनेछ । आफन्तले धोका दिने छन् । काममा विभिन्न समस्या देखिने छन् । शनिवार र आइवार भने समयले थोरै साथ दिनेछ । काम गर्ने जोश जागर बढ्नेछ । प्रयत्न गर्दा नयाँ काम हात पर्नेछ । सोमबार र मंगलबारघरयासी खर्चमा अत्याधिक वृद्धि हुनेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । वुधावार थोरै अनुकुल हुनेछ ।

कर्कट

मिश्रित फलदायी सात देखिन्छ । अलमलमा नपरि काम गर्न सके धेरै क्षेत्रमा सफलता मिल्नेछ । प्रयत्न गर्न सके केहि नयाँ काम पनि बन्ने छन् । व्यापार व्यवसायबाट थोरै लाभ लिन सकिनेछ । साझेदारी काममा विवाद पर्नेछ । आफन्तको सहयोग मुखमा सिमित हुनेछ । साताको मध्यतिर समयले साथ दिनेछ । काम गरेर प्रशस्त धन कमाउन सकिनेछ । बन्धु बर्गादिको सहयोग सहानुभूति मिल्नेछ ।

सिंह

विहिवार र शुक्रबार खर्च अत्याधिक वृद्धि हुनेछ । व्यर्थका काममा समय व्यतित हुनेछ । झुट्टा आरोप लाग्न सक्छ । जोखिम पूर्ण काममा हात नहाल्नु होला । चोटपटको भय पनि देखिन्छ । व्यापारमा नोक्सान हुनेछ । आफन्तले धोका दिने छन् । शनिवार र आइतवार भने समयले साथ दिनेछ । रोकिएका कामले गति लिनेछ । भोजभतेरमा सहभागि हुने अवसर आउनेछ । शेष साता मध्यम देखिन्छ ।

कन्या

साताका अधिकाँश दिन अनुकुल देखिन्छ । नसोचेका ठाँउबाट धन हात पर्नेछ । व्यापार व्यवसायबाट आम्दानी सोचे भन्दा राम्रो हुनेछ । आफन्तजनले सहयोग गर्ने छन । उत्साव सभा समारोहमा भाग लिने अवसर मिल्नेछ । वोलिको प्रभाव पर्नेछ । साताको मध्य अर्थात शनिवार र आईतवार भने प्रतिकुल देखिन्छ । नयाँ काममा हात नहाल्नु होला । व्यापार व्यवसायमा गिरावट आउनेछ । झुटको खेती धेरै हुनेछ ।

तुला

साताको प्रारम्भ राम्रो देखिन्छ । अधुरा कार्य सम्पादन हुनेछन् । सामाजिक काममा अभिरुची बढ्नेछ । वौद्धिक व्यक्तित्वसँगको भेटले यात्रा रमाईलो हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।सोमबार र मंगलबार भने समयले साथ दिने छैन । अनावस्यक खर्चमा वृद्धि हुनेछ । बन्नलागेका काम पनि विग्रिने छन् । बुधवार मध्यान्हबाट भने समय अनुकुल हुनेछ । रोकिएका कामले गति लिनेछ । कार्य लगनशिलता बढ्नेछ ।

बृश्चिक

साता उत्तम रहेकोछ । गतिरोधको अन्त्य हुनेछ । काम गरेर नाम र दाम कमाउन सकिनेछ । नोकरी तथा राजनीतिमा सफलता मिल्नेछ । सहयोगी हात भेटिने छन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । बक्यौता रकम उठाउन सकिनेछ । व्यक्तित्व प्रभावका कारण काम बन्ने छन् । साताको अन्त्यतिर भने समयले साथ दिने छैन । खर्चमा वृद्धि हुनेछ । काममा अवरोध आउनेछ । धोका खाईनेछ ।

धनु

समग्रमा साता अनुकुल जस्तै देखिन्छ । प्रयास र प्रयत्नहरु सफल हुनेछन् । अधुरा कामले गति लिनेछ । आर्थिक समस्या समाधान भएर जानेछन् । प्रयत्न गर्न सके नोकरी तथा राजनीतिमा पनि सफलता मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । भाग्य भन्दा कर्ममा जोड दिनु होला । अरुको भरमा भन्दा आफै लागेर काम गर्नु होला त्यो नै उत्तम हुनेछ । काम गर्दा अलमलमा नपरि अगाडि बढ्नु उचित हुनेछ ।

मकर

विहिवार र शुक्रबार प्रयत्न गर्दा नयाँ काम हात पर्नेछ । मतान्तरका वीचमा जीवन साथिको सहयोगमा महत्वपूर्ण काम बन्नेछन् । स्वतन्त्र प्रकृतिका व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । यात्राको अवसर आउन सक्छ । शनिवार देखि मंगलबार सम्म भने समय प्रतिकुल देखिन्छ । आहार विहारका कारण स्वास्थ्यमा समस्या आउन सक्छ । अशुभ समाचार सुन्नु पर्नेछ । शेष साता राम्रो रहेकोछ ।

कुम्भ

आइतवारसम्म समय अनुकुल जस्तै देखिन्छ । प्रयत्न गरेमा नयाँ काम हात लाग्नेछ । आयत निर्यात व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । दामपत्य जीवनमा सुखानूभूति हुनेछ । विदेश यात्राको अवसर आउनेछ । शत्रु माथि विजय प्राप्त हुनेछ । नोकरी तथा राजनीतिमा सफलता मिल्नेछ । शेष साता भने प्रतिकुल रहन सक्छ । स्वास्थ्यमा समस्या आउनेछ । काममा अवरोध आउने तथा खर्च बढ्नेछ ।

मीन

साताको शुरुमा अलमलमा पर्दा कामले गति लिने छैन । आफुले लिने फाईदा अरुले लिनेछन् । हेलचक्र्याई गरियो भने ठुलै अवसर गुम्नेछ । संघर्ष नगरि काम बन्ने छैनन । विरोधीले बाधा अवरोध पु¥याउन खोज्ने छन् । ऋणमा काम गर्दा पछि अप्ठ्यारो पर्नेछ । सोमवार र मंगलबार प्रयत्न गरेमा नयाँ काम हात लाग्नेछ । व्याापार व्यवसायबाट आम्दानी बढ्नेछ । जीवन साथिको सहयोगमा काम बन्ने छन् । यात्रा हुनसक्छ ।

तपाईको प्रतिक्रिया