ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।                  पञ्चाङ्ग÷राशी र वारवेला

श्रीसूर्य दक्षिणायन हेमन्त ऋतु,साधारण नाम संवत्सर, शाके १९३९,विक्रसम्वत २०७४ साल मंसिर २१ गते विहिबार नेपाल सम्बत ११३८ थिंल्लागा,सन् २०१७ डिसेम्वर ७ तारिक पौष कृष्णपक्ष चौथी तिथि मध्यान्ह १२ वजेर ५७ मिनेटसम्म, तिष्य नक्षत्र राती २ वजेर ९ मिनेटसम्म, ब्रह्मयोग, बालवकरण,आनन्दादियोग शुभ, सूर्य वृश्चिक राशीमा, चन्द्रमा कर्कट राशीमा ।

सूर्योदयबाट प्रातः ८÷१ वजेसम्म शुभ वेला,८÷१ वजेदेखि ९÷१९ वजेसम्म रोग वेला,९÷१९ देखि १०÷३७ वजेसम्म उद्वेग वेला, १०÷३७ देखि ११÷५५ वजेसम्म चर वेला, ११÷५५ देखि १÷१३ वजेसम्म लाभ वेला, १÷१३ देखि २÷३१ वजेसम्म अमृत वेला, २÷३१ देखि ३ वजेर ४९ मिनेटसम्म काल र ३ वजेर ४९ मिनेट देखि सूर्यास्तसम्म शुभ वेला रहनेछ । “जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।

मेष

कार्य सम्पादनमा कठिनाई आउनेछ । घरयासी समस्याले सताउने देखिन्छ । अनावस्यक विषयमा विवाद पर्नेछ । रोग व्याधिको प्रकोप देखिन्छ ,शारीरिक शिथिलता बढ्नेछ । झुट्टा आरोप लाग्न सक्छ ।

बृष

काम गर्ने जोश जागर बढ्नेछ । गरेका काम प्राय सफल हुनेछन् । प्रयत्न गरेमा नयाँ कामको अवसर आउन सक्छ । अर्थ व्यवस्था सुदृढ देखिन्छ । सहयोगी हात फेला पारिनेछ ।

मिथुन

आर्थिक संरचना विग्रिन सक्छ । ऋण लगानी नगर्नु होला डुब्न सक्छ । विश्वास गरेकाले धोका दिन सक्छन् । प्रयत्नपूर्वक गरेका काम भने सफल हुने देखिन्छ । व्यापार मन्द रहला ।

कर्कट

दुविधामा नपरि काम गर्नु होला । शारीरिक एवं मानसिक स्फूर्ति बढ्नेछ । उत्तम आसन र भोजन प्राप्तिको योग देखिन्छ । सामाजिक प्रतिष्ठा बढ्नेछ । व्यापार व्यवसायमा सुधार आउनेछ ।

सिंह

अनावस्यक काममा समय खर्च हुनेछ । फजुल खर्च बढ्नेछ । व्यापार व्यवसायबाट उचित प्रतिफल पाईनेछैन । काम गर्दा विवाद बढ्नेछ । चोटपटको भय देखिन्छ । जोखिममा काम नगर्नु होला ।

कन्या

आकस्मिक आम्दानीको योग देखिन्छ । व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुनेछ । घरपरिवारबाट सहयोग पाईनेछ । उत्सवमा भाग लिने अवसर मिल्नेछ । अलमलमा नपर्नु होला ।

तुला

गोपनियता अप्नाउनु होला । काममा देखिएका समस्या समाधान भएर जानेछन् । काम गरेर दाम कमाउने अवसर मिल्नेछ । सामाजिक काममा अभिरुची बढ्नेछ । अरुको भर धेरै नपर्नु होला ।

बृश्चिक

अनावस्यक विषय बस्तुमा समयको लगानी हुनेछ । छोटो दुरीको यात्राको योग देखिन्छ । आफ्ना काम भन्दा अरुका काम बढि गर्नु पर्ला । काम गरेर जश कम मिल्नेछ । व्यापार मन्द रहला ।

धनु

प्रतिकुल परिस्थितिमा काम गर्नु पर्ला । शारीरिक दूर्वलता बढ्नेछ । अहार विहारका कारण स्वास्थ्यमा समस्या आउनेछ । व्यापारमा गिरावट आउनेछ । विश्वास गरेकाले धोका दिने छन् ।

मकर

सामान्य मतान्तरका वीच जीवन साथिको सहयोगमा महत्वपूर्ण काम हुनेछन् । वैदेशिक कार्य क्षेत्र ठीकै देखिन्छ । प्रयत्न गरेमा नयाँ कामको अवसर आउन सक्छ । व्यापारमा सुधार आउनेछ ।

कुम्भ

संर्घष बढि गर्नु पर्नेछ । विरोधीको बक्रदृष्टि पर्ने छ काम गर्दा सतर्क भई गर्नु होला । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ । ऋणमा काम नगर्नु होला ।

मीन

समयमा निर्णय लिन नसक्दा अवसर गुम्नेछ । यात्रामा कठिनाई उत्पन्न हुनसक्छ । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । चिन्ताले छोड्ने छैन । पठन पाठन स्थगित हुने देखिन्छ । प्रेममा धोका होला ।

तपाईको प्रतिक्रिया