ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।                  पञ्चाङ्ग÷राशी र वारवेला

श्रीसूर्य दक्षिणायन हेमन्त ऋतु,साधारण नाम संवत्सर, शाके १९३९,विक्रसम्वत २०७४ साल मंसिर २० गते बुधबार नेपाल सम्बत ११३८ थिंल्लागा,सन् २०१७ डिसेम्वर ६ तारिक पौष कृष्णपक्ष तृतीया तिथि अपरान्ह ३ वजेर १४ मिनेटसम्म, पुनर्वसु नक्षत्र राती ३ वजेर ३९ मिनेटसम्म, शुक्लयोग, भद्राकरण,आनन्दादियोग गद,सूर्य वृश्चिक राशीमा,चन्द्रमा राती १० वजेर ३ मिनेटसम्म मिथुन उप्रान्त कर्कट राशीमा ।

सूर्योदयबाट प्रातः ८÷० वजेसम्म लाभ वेला,÷० वजेदेखि ९÷१८ वजेसम्म अमृत वेला,÷१८ देखि १०÷३६ वजेसम्म काल वेला, १०÷३६ देखि ११÷५५ वजेसम्म शुभ वेला, ११÷५५ देखि १÷१३ वजेसम्म रोग वेला, ÷१३ देखि २÷३१ वजेसम्म उद्वेग वेला, ÷३१ देखि ३ वजेर ५० मिनेटसम्म चर र ३ वजेर ५० मिनेट देखि सूर्यास्तसम्म लाभ वेला रहनेछ ।

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।

मेष

काममा ढिला गर्दा आफैलाई घाटा हुनेछ । सामान्यतया आज गरेका काम सफल हुनेछन् । घरका विषय बस्तुमा बढि केन्द्रित भएमा अरु काम अगाडि बढाउ सकिने छैन । अरुको भरमा काम नगर्नु होला ।

बृष

व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । दत्त चित्त भएर काममा लाग्नु होला । आत्तिने र मात्तिने काम नगर्नु होला । स्वास्थ्यको लागि आहार विहारमा ध्यान दिनु होला । आर्थिक कारोवार गर्दा सजग रहनु होला ।

मिथुन

आर्थिक प्रलोभनमा परेर काम नगर्नु होला । धैर्यता पूर्वक गरेका काम सफल हुनेछन् । काम साच्ने कुरा नगर्नु होला । कसैले धन माग्यो भनेर दिने काम नगर्नु होला । मिलेर काम नगर्नु होला ।

कर्कट

खर्च व्यवस्थापन गर्न नसके आर्थिक समस्यामा परिनेछ । काम गरेर लाभ लिन सकिने छैन । अनावस्यक काम कुरामा समय खर्च हुनेछ । नदुखेको टाउको दुखाउने काम हुन सक्छ । काम गर्दा दुख पाईनेछ ।

सिंह

सामान्यतया दिन अनुकुल नै देखन्छि । कुनै काम गर्नु छ भने समयमा नै गर्नु होला ढिला गरेमा आफैलाई घाटा हुनेछ । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन । सामान्य सहयोग मिल्नेछ ।

कन्या

दिन उत्तम रहेकोछ । आज काम दाम र नाम प्राप्त हुनेछ । विगतमा गर्न नसकिएका काम आज हुने छन् । नसोचेका ठाँउबाट धन आउन सक्छ । काम गर्दा दुविधामा नपरि गर्नु होला ।

तुला

सुधारका संकेत देखिने छन् । कामले विस्तारै गति लिनेछ । नोकरी तथा राजनीतिमा नयाँ अवसरको खोजी हुनेछ । घरमा भन्दा घर बाहिर बसेर काम गर्दा सजिलो हुनेछ । अरुको भर नपर्नु होला ।

बृश्चिक

समयले साथ दिएको देखिदैन । काम गर्दा विभिन्न समस्या झेल्नु पर्ला । चोटपटकको भय देखिन्छ । जोखिम मोलेर काम नगर्नु होला । आर्थिक कारोवारमा विवाद पर्न सक्छ । धोका दिने छन् ।

धनु

आएको अवसर गुम्न सक्छ समयमा सतर्क रहनु होला । तर सामान्यतया आज गरेका काम प्राय सफल हुनेछन् । व्यापार व्यवसायबाट पनि आँशिक लाभ हुनेछ । आर्थिक कारोवारमा टाउको दुखाई बढि हुनेछ ।

मकर

अलमलमा नपरि काम गर्नु होला । शत्रु माथि विजय प्राप्त हुनेछ । प्रतिश्पर्धात्मक काममा सफलता मिल्नेछ । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन् । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ ।

कुम्भ

इच्छाशक्ति बढि हुने छ भने काम थोरै कुरा धेरै हुने छन् । दुविधा पनि बढ्नेछ । व्यापारमा खासै प्रगति हुने देखिन्न । परिवारजनमा मनमुटाव बढ्न सक्छ । आर्थिक कारोवारमा विवाद पर्न सक्छ ।

मीन

समस्यको जालोबाट उम्केर अगाडि बढ्नु पर्ने देखिन्छ । घरका कुरामा मात्रै अल्झिनु भयो भने प्रगति हुने छैन । मिलेर काम नगर्नु होला । मेहनतपूर्वक गरेका काम सफलता हुनेछन् । घरयासी खर्च बढ्नेछ ।

तपाईको प्रतिक्रिया