ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।                  पञ्चाङ्ग÷राशी र वारवेला

श्रीसूर्य दक्षिणायन हेमन्त ऋतु,साधारण नाम संवत्सर, शाके १९३९,विक्रसम्वत २०७४ साल मंसिर १९ गते मंगलबार नेपाल सम्बत ११३८ थिंल्लागा,सन् २०१७ डिसेम्वर ५ तारिक कृष्णपक्ष द्वितीया तिथि साँझ ५ वजेर ३५ मिनेटसम्म, मृगशिरा नक्षत्र विहान ६ वजेर ५७ मिनेटसम्म, शुभयोग, तैतिलकरण,आनन्दादियोग रक्ष,सूर्य वृश्चिक राशीमा,चन्द्रमा मिथुन राशीमा ।

सूर्योदयबाट प्रातः ७÷५९ वजेसम्म रोग वेला,७÷५९ वजेदेखि ९÷१७ वजेसम्म उद्वेग वेला,९÷१७ देखि १०÷३६वजेसम्म चर वेला,१०÷३६ देखि ११÷५४ वजेसम्म लाभ वेला,११÷५४ देखि १÷१२ वजेसम्म अमृत वेला,१÷१२ देखि २÷३१ वजेसम्म काल वेला, २÷३१ देखि ३ वजेर ४९ मिनेटसम्म शुभ र ३ वजेर ४९ मिनेट देखि सूर्यास्तसम्म रोग वेला रहनेछ । “जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।

मेष

सवै समस्याको समाधान आफ्नै पहलमा हुने छन् । काम गर्ने जोश जागर बढ्नेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । साथि भाई इष्टमित्रबाट सहयोग मिल्नेछ । महत्वकाँक्ष बढ्नेछ ।

बृष

अरुको भरमा कुनै काम नगर्नु होला । आफ्नै प्रयासमा काम बन्ने छन् । आर्थिक संरचनालाई नचलाउनु होला । स्थान परिर्वन गर्न मन लाग्नेछ । आफन्तका कारण विवादमा पर्न सकिन्छ सतर्क रहनु होला ।

मिथुन

आफ्नो काममा दत्तचित्त भएर लाग्नु होला अवश्यमेव सफल हुनुहुनेछ । कार्य क्षमता बढ्नेछ । आर्थिक कारण काममा सामान्य समस्या देखिन सक्छ,त्यो प्रयत्नबाट नै समाधान गर्न सकिनेछ । आय बढ्ला ।

कर्कट

व्यय विचार बढ्नेछ । व्यापार व्यवसायमा गिरावट आउन सक्छ । काममा भन्दा अनावस्यक काममा समय र धन लगानी हुने देखिन्छ । विवाद पर्न सक्ने कुरालाई नकार्न सकिन्न । चिन्ता पनि बढ्ला ।

सिंह

आय आर्जन बढ्नेछ त्यसलाई बचाएर राख्ने प्रयत्न गर्नु होला । नोकरी तथा राजनीतिमा नयाँ ठाँउ मिल्न सक्छ । काम गरेर दाम कमाउन सकिने छ । विरोधीसँगको लडाई जितिने छ । व्यापार बढ्ला ।

कन्या

अधुरा रहेका कामले गतिलिने छ । नयाँ कामको अवसर आउन सक्ने कुरालाई नकार्न सकिन्न । आर्थिक क्षेत्रमा पनि सुधारका संकेत देखिने छन् । सामाजिक प्रतिष्ठा बढ्ने छ । पढाईमा ध्यान जाने छैन ।

तुला

धार्मिक विश्वास बढ्नेछ । फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न । अरुको काममा समय दिदा आफ्ना काम धेरै अधुरा रहन सक्छन् । आफ्नो इज्जतको ख्याल राखेर काम गर्नु होला ।

बृश्चिक

भाग्यले कम साथ दिनेछ कर्ममा जोड दिनुहोला । अनावस्यक काममा समय खेर जानेछ । बन्न लागेका काम विग्रिने छन् । व्यापार व्यवसायमा गिरावट आउनेछ । स्वास्थ्यमा समस्या नआउला भन्न सकिन्न ।

धनु

काममा सामान्य समस्या देखिए पनि ती सवै प्रयत्नबाट समाधान भएर जानेछन् । व्यापार व्यवसायमा सुधार आउने छ । अर्थ अभावका कारण नयाँ काममा केहि अप्ठ्यारो आउन सक्छ । यात्रा हुन सक्छ ।

मकर

– विदेश यात्रामा अवरोध आए पनि व्यापार व्यवसायमा भने सुधार आउनेछ । विरोधीको सक्रियता बढ्ने हुदा काम गर्दा सजग रहनु होला । मनमा एक प्रकारको चिन्ता रहि रहने छ । आम्दानी बढ्ने छ ।

कुम्भ

काम प्रतिको चासो बढे पनि के गर्ने के नगर्ने भन्ने कुरामा अलमल हुन सक्छ,जसको फाइदा अरुले उठाउन खोज्ने छन् । व्यापार व्यवसायमा आफुले सोचे जस्तो प्रगति हुने छैन । घरपरिवारमा समस्या देखिने छन् ।

मीन

घरयासी कुरामा बढि केन्द्रित हुनु पर्ला । आलस्यता बढ्न सक्छ । अनावस्यक कुरामा अल्झिने सम्भावना बढि देखिन्छ । व्यापार व्यवसायमा धेरै प्रगति हुने देखिन्न । मन चञ्चल हुन सक्छ । खर्चको मात्रा बढ्नेछ ।

तपाईको प्रतिक्रिया