ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।                  पञ्चाङ्ग÷राशी र वारवेला

श्रीसूर्य दक्षिणायन हेमन्त ऋतु,साधारण नाम संवत्सर, शाके १९३९,विक्रसम्वत २०७४ साल मंसिर १८ गते सोमबार नेपाल सम्बत ११३८ थिंल्लागा,सन् २०१७ डिसेम्वर ४ तारिक कृष्णपक्ष प्रतिपदा तिथि राती ७ वजेर ५७ मिनेटसम्म, रोहिणी नक्षत्र विहान ८ वजेर ३५ मिनेटसम्म, सिद्धियोग, बालवकरण,आनन्दादियोग प्रवद्र्ध,सूर्य वृश्चिक राशीमा,चन्द्रमा राती ७ वजेर ५७ मिनेटसम्म वृष उप्रान्त मिथुन राशीमा ।

सूर्योदयबाट प्रात ७÷५९ वजेसम्म अमृत वेला,७÷५९ वजेदेखि ९÷१७ वजेसम्म काल वेला,९÷१७ देखि १०÷३५ वजेसम्म शुभ वेला,१०÷३५ देखि ११÷५३ वजेसम्म रोग वेला,११÷५३ देखि १÷११ वजेसम्म उद्वेग वेला,१÷११ देखि २÷२९ वजेसम्म चर वेला,२÷२९ देखि ३ वजेर ४७ मिनेटसम्म लाभ र ३ वजेर ४७ मिनेट देखि सूर्यास्तसम्म अमृत वेला रहनेछ । “जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।

मेष

प्रयत्नबाट नै सफलताको शिखर चढ्न पाईनेछ । हेलचक्र्याई गर्दा आफै समस्यामा परिनेछ । आर्थिक कारोवार गर्दा होशियार रहनु होला । घरमा सुख शान्ति कम मिल्नेछ । आम्दानी भन्दा नोक्सान बढि होला ।

बृष

मन वचन र कर्मले लाग्नु होला अवस्य सफलताका सिढि चढ्न पाउनु हुनेछ । उत्तम आसन र भोजन प्राप्तिको योग देखिन्छ । साना तिना समस्यामा नअल्झि काम गर्नु होला । व्यापारबाट सामान्य आम्दानी हुनेछ ।

मिथुन

काम गर्दा विभिन्न झमेला आइलाग्ने छन् । काम काजमा अवरोध आउने क्रम रोकिने छैन । अनावस्यक झमेला आई लाग्ने देखिन्छ । आर्थिक पक्ष दुर्वल बन्नेछ । व्यापार व्यवसायमा पनि मन्दि आउनेछ ।

कर्कट

गोचरबाट दिन अनुकुल नै देखिन्छ । पराक्रम बढ्ने छ । नसोचेका ठाँउबाट धन आउनेछ । व्यापारबाट आय आर्जन राम्रो हुनेछ । कुनै काम गर्नु छ भने समयमा नै गर्नु होला सधै समयले साथ दिने छैन ।

सिंह

आत्मविश्वास बढ्नेछ । लगनशिल भई काममा लाग्नु होला । विना मेहनत कहिबाट केहि मिल्ने छैन केहि हुने छैन । खर्च मात्रै गरेर काम गर्छु भन्ने भ्रम पालेर नबस्नु होला । परिश्रमको फल राम्रो निस्कने छ ।

कन्या

काम गरेर न नाम न काम हुनेछन्, अरुको लागि गरिदिए जस्तो हुनेछ । समयको गति सगै भने काममा सुधार आउनेछ । फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न । परिवारजनको सहयोग कम मिल्ने देखिन्छ ।

तुला

समयले कम साथ दिएको देखिन्छ । गरेका कामले पूर्णता पाउने छैन । काम गरेर जश मिल्ने छैन । आलस्यता बढ्नेछ । मानसिक एवं शारीरिक दुर्वलता बढ्ने देखिन्छ । व्यापार व्यवसायमा मन्दि आउने छ ।

बृश्चिक

व्यापारबाट सामान्य लाभ हुनेछ । नयाँ सम्भावना देखिन्छ । समयमा काम गर्न सक्नु भएन भने आएको अवसर गुम्ने छ । प्रेममा थोरै सफलता मिल्नेछ । विदेश यात्राको योग देखिन्छ ।

धनु

कार्य सम्पादनमा कठिनाई आउन सक्छ,धैर्यतापूर्वक काम गर्नु होला । आज गरेका काम सफल हुनेछन् । मुद्धा मामिलामा विजय हात लाग्नेछ । अहार विहारमा ध्यान दिनु होला नत्र स्वास्थ्य कमजोर बन्नेछ ।

मकर

अन्योलता बढ्न सक्छ भ्रमलाई चिरेर अगाडि बढ्नु होला । यात्रामा कष्ट हुने देखिन्छ । अरुको भरोसामा मात्रै काम नगर्नु होला । एउटा एउटा चिन्ताले छोड्ने छैन । व्यापारबाट सोचे जस्तो लाभ हुने छैन ।

कुम्भ

पेट पोल्ने छ, काम गर्ने जोश,जागर घट्नेछ । लगनशिल भई काम गर्नु भएको खण्डमा थोरै सफलता मिल्नेछ । पारिवारिक समस्या बढ्न सक्ने कुरालाई नकार्न सकिन्न । संचित धन घट्न सक्छ ।

मीन

समयको सदुपयोग गरेका खण्डमा गरेका अधिकाँश काम सफल हुनेछन । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । आफन्तजनको सहयोग पाईने छ । आफ्नो काम गर्न आफै पनि सक्षम हुनुहुनेछ ।

तपाईको प्रतिक्रिया