ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।                  पञ्चाङ्ग÷राशी र वारवेला

श्रीसूर्य दक्षिणायन हेमन्त ऋतु,साधारण नाम संवत्सर, शाके १९३९,विक्रसम्वत २०७४ साल मंसिर १७ गते आइतबार नेपाल सम्बत ११३८ थिंल्लाथ्व,सन् २०१७ डिसेम्वर ३ तारिक शुक्लपक्ष पूर्णिमा तिथि राती १० वजेर १३ मिनेटसम्म, कृतिका नक्षत्र विहान १० वजेर ६ मिनेटसम्म, शिवयोग, भद्राकरण,आनन्दादियोग धूम्र,सूर्य वृश्चिक राशीमा,चन्द्रमा वृष राशीमा ।

सूर्योदयबाट प्रात ७÷५८ वजेसम्म उद्वेग वेला,७÷५८ वजेदेखि ९÷१६ वजेसम्म चर वेला,९÷१६ देखि १०÷३४ वजेसम्म लाभ वेला,१०÷३४ देखि ११÷५२ वजेसम्म अमृत वेला,११÷५२ देखि १÷१० वजेसम्म काल वेला,१÷१० देखि २÷२८ वजेसम्म शुभ वेला,२÷२८ देखि ३ वजेर ४७ मिनेटसम्म रोग र ३ वजेर ४७ मिनेट देखि सूर्यास्तसम्म उद्वेग वेला रहनेछ ।

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।

मेष

अर्थ अभावका कारण योजना कार्यन्वयनमा ढिला हुनेछ । कुरामा भन्दा काममा जोड दिनुहोला । विना योजना अगाडि बढ्दा कुनै उपलब्धि हासिल हुने छैन । आन्तरिक कुरा कसैलाई नखोल्नु होला ।

बृष

अनावस्यक खर्चमा कमि आउनेछ । व्यापार व्यवसायमा सुधार आउनेछ । ढिलो गरि भए पनि कामबाट फाइदा लिन सकिने छ । शरीरिक एवं मानसिक स्फूर्ति बढ्नेछ । उत्तम भोजन र आसन मिल्नेछ ।

मिथुन

समयले कम साथ दिने देखिन्छ,पाइला पाईलामा विचार पु¥याउनु होला । आर्थिक कारोवारहरु विग्रिन सक्छन सचेत रहनु होला । अनावस्यक खर्च वृद्धिले आर्थिक समस्या ल्याउने छ । धोका दिन सक्छन् ।

कर्कट

नसोचेका ठाँउबाट धन आउन सक्छ । अलमलमा नपर्नु होला,गरेका कामबाट लाभ लिन सकिनेछ । औषधि चिकित्सा जस्ता व्यापार व्यवसायबाट मुनाफा हुनेछ । सहयोग मिल्नेछ,व्यापार बढ्नेछ ।

सिंह

खर्चमा नियन्त्रण आउनेछ । सहज र सरल विधिबाट काम सफल हुनेछन् । पुराना काम फस्र्योट हुने छन् । पेशा परिर्वतनको चाहान बढ्न सक्छ । सामाजिक इज्जत प्रतिष्ठा बढ्नेछ ।

कन्या

इज्जत प्रतिष्ठामा आच आउन सक्छ । अरुका काम गरेर पुण्य कमाउछु भन्ने मान्यता गलत सवित हुन सक्छ । अविश्वासको संकट भने टरेर जानेछ । अर्थ र स्वास्थ्यमा सुधार आउनेछ ।

तुला

दैनिक काममा अवरोध आउनेछ । भौतिक सुखमा कमी आउनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । संचित धनको नास हुनेछ । वित्तिय कारोवारमा गिरावट आउने छ । चिन्ता बढ्ने देखिन्छ ।

बृश्चिक

दामपत्य जीवनमा सुखानुभूति हुनेछ । वैदेशिक कार्य योजना अगाडि बढ्नेछन् । प्रयत्न गरेमा नोकरी तथा राजनीतिबाट लाभ उठाउन सकिनेछ । आयत निर्यात व्यापारबाट आम्दानी बढ्नेछ ।

धनु

पढाई लेखाईमा थोरै ध्यान जानेछ । संघर्ष नगरि कुनै काम बन्ने छैनन । व्यापार व्यवसायबाट सामान्य लाभ हुन सक्छ । विरोधीसँगको मुद्धामा विजय पं्राप्त हुनेछ । खेलाडीको लागि दिन अनुकुल छ ।

मकर

अन्योलता बढ्ने छ । आवेगमा आएर कुनै निर्णय नलिनु होला । काममा सानातिना समस्या आउने छन् । अरुको भर विश्वासमा काम नगर्नु होला । जीवन साथिको सहयोग लिएर काम गर्दा फाइदा हुनेछ ।

कुम्भ

घरको बातावरण खलबलिन सक्छ । काम गर्दा उतार चढावको सामना गर्नु पर्ला । खानपानमा ध्यान दिन नसके स्वस्थ्यमा समस्या आउनेछ । समयमा सोच्न सक्नु भएन भने क्षति हुनेछ । चिन्ता बढ्नेछ ।

मीन

उपलब्धिपूर्ण काममा समय र धन लगानी हुनेछ । कार्य लगनशिलता बढ्नेछ । वुद्धि विवेक प्रयोग गरेर लाभ लिन सकिनेछ । व्यापार व्यवसायमा प्रगतिका सम्भावना प्रशस्त देखिन्छ । सहयोग मिल्नेछ ।

तपाईको प्रतिक्रिया