ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।                  पञ्चाङ्ग÷राशी र वारवेला

श्रीसूर्य दक्षिणायन हेमन्त ऋतु,साधारण नाम संवत्सर, शाके १९३९,विक्रसम्वत २०७४ साल मंसिर १६ गते शनिबार नेपाल सम्बत ११३८ थिंल्लाथ्व,सन् २०१७ डिसेम्वर २ तारिक शुक्लपक्ष चतुर्दशी तिथि राती १२ वजेर २० मिनेटसम्म, भरुणी नक्षत्र विहान ११ वजेर २४ मिनेटसम्म, परिघयोग, गरकरण,आनन्दादियोग ध्वाँक्ष,सूर्य वृश्चिक राशीमा,चन्द्रमा साँझ ५ वजेर ६ मिनेटसम्म मेष उप्रान्त वृष राशीमा ।

सूर्योदयबाट प्रात ७÷५७ वजेसम्म काल वेला,७÷५७ वजेदेखि ९÷१५ वजेसम्म शुभ वेला,९÷१५ देखि १०÷३३ वजेसम्म रोग वेला,१०÷३३ देखि ११÷५१ वजेसम्म उद्वेग वेला,११÷५१ देखि १÷९ वजेसम्म चर वेला,१÷९ देखि २÷२७ वजेसम्म लाभ वेला,२÷२७ देखि ३ वजेर ४७ मिनेटसम्म अमृत र ३ वजेर ४७ मिनेट देखि सूर्यास्तसम्म काल वेला रहनेछ । “जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।

मेष

इच्छा आकाँक्षा बढि हुनेछन् भने परिपूर्ति कम हुने देखिन्छ । व्यवस्थापन पक्ष कमजोर बन्न सक्छ । आर्थिक पक्ष दूर्वल देखिन्छ । कार्य लगनशिलता बढाउनु पर्ने देखिन्छ । गरेका काम सफल हुनेछन् ।

बृष

खर्चालु काम बढि हुनेछन् । मनमा आनन्द मिल्नेछैन । व्यापार व्यवसायमा मन्दि आउनेछ । काम गरेर जश मिल्ने छैन । विवादित काममा हात नहाल्नु होला । अनावस्यक काममा धन खर्च हुन सक्छ ।

मिथुन

काममा विलम्ब नगर्नु होला,सामान्यतया आज गरेका काम सफल हुनेछन् । लेन देनमा भने विचार गर्नु पर्ने देखिन्छ । शत्रुहरु कमजोर बन्ने छन् । भाग्यले साथ दिनेछ । संचित धन साँझपख खर्च हुनेछ ।

कर्कट

वञ्छित कार्य सफलताले मनमा उमङ्ग बढ्नेछ । नोकरी तथा राजनीतिमा नयाँ भूमिका निर्वाह गर्ने अवसर आउनेछ । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ । आफन्तको सहयोग मिल्नेछ ।

सिंह

अरुको काम गरेर जश मिल्नेछैन । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । आर्थिक क्षेत्रमा विस्तारै सुधार आउने देखिन्छ । यात्राको सम्भावना देखिन्छ । साँझपख काममा प्रगति हुने देखिन्छ ।

कन्या

रिस,क्रोध र अंहकार मात्रै बढ्नेछ । व्यापार व्यवसायमा अवनति होला । स्वास्थ्य कमजोर बन्नेछ । मानसिक तनाव बढ्नेछ । घर खर्चमा वृद्धि हुनेछ । विश्वास गरेकाले धोका दिने छन् ।

तुला

समयमा गरेका काम बन्नेछन् । विलम्ब गर्दा अवसर गुम्ने सम्भावना देखिन्छ । जीवन साथिको सहयोगमा धेरै काम सम्पादन हुने छन् । व्यापार व्यवसायबाट उचित मुनाफा लिन सकिनेछ ।

बृश्चिक

तपाईको विरुद्ध उभिने व्यक्ति आफै कमजोर भएरु जाने छन् । गरेका अधिकाँश काम सफल हुनेछन् । नयाँ कामको बारेमा विचार विमर्श हुनेछन् । काममा प्रतिश्पर्धा गर्नु पर्ला । व्यापार बढ्नेछ ।

धनु

दुविधामा परिनेछ । एउटा एउटा चिन्ताले छोड्ने छैन । व्यापार व्यवसायमा मन्दि कायम रहला । दैनिक काम काजमा सोचे जस्तो प्रगति हुने छैन । अर्थ अभावका कारण कार्यन्वयन पक्ष कमजोर बन्नेछ ।

मकर

घरयासी समस्या बढ्ने छन् । शारीरिक शिथिलता बढ्नेछ । व्यापार व्यवसायमा गिरावट नआउला भन्न सकिन्न । काम गर्दा उल्टै आलोचना बढ्नेछ । पढाई लेखाईमा अवरोध अउनेछ ।

कुम्भ

उद्योग,पराक्रम बढ्नेछ । आफ्नो काम गर्न आफै सफल हुनु हुनेछ । व्यापार व्यवसायबाट उचित लाभ हुनेछ । परिवारिक सुख शान्ति मिल्नेछ । जागिरमा पदोन्नति हुन सक्छ । साँझपख खर्च बढ्ला ।

मीन

लगनशिल भई गरेका काम सफल हुनेछन् । पढाई लेखाईमा मन जाने छैन । साथी भाई ईष्टमित्रसँगको भेटमा समय बढि खर्च हुनेछ । आर्थिक कारोवारमा सजग रहनु होला । सहयोग कम मिल्नेछ ।

तपाईको प्रतिक्रिया