ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।                  पञ्चाङ्ग÷राशी र वारवेला

श्रीसूर्य दक्षिणायन हेमन्त ऋतु,साधारण नाम संवत्सर, शाके १९३९,विक्रसम्वत २०७४ साल मंसिर १५ गते शुक्रबार नेपाल सम्बत ११३८ थिंल्लाथ्व,सन् २०१७ डिसेम्वर १ तारिक शुक्लपक्ष त्रयोदशी तिथि राती २ वजेर १३ मिनेटसम्म, अश्विनी नक्षत्र मध्यान्ह १२ वजेर २६ मिनेटसम्म, वरियनयोग,कौलवकरण,आनन्दादियोग वज्र,सूर्य वृश्चिक राशीमा, चन्द्रमा मेष राशीमा ।

सूर्योदयबाट प्रात ७÷५६ वजेसम्म चर वेला,७÷५६ वजेदेखि ९÷१४ वजेसम्म लाभ वेला,९÷१४ देखि १०÷३२ वजेसम्म अमृत वेला, १०÷३२ देखि ११÷५० वजेसम्म काल वेला, ११÷५० देखि १÷८ वजेसम्म शुभ वेला,१÷८ देखि २÷२७ वजेसम्म रोग वेला, २÷२७ देखि ३ वजेर ४७ मिनेटसम्म उद्वेग र ३ वजेर ४७ मिनेट देखि सूर्यास्तसम्म चर वेला रहनेछ । “जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।

मेष

गतिरोधको अन्त्य हुनेछ । अनावस्यक खर्चमा थोरै नियन्त्रण आउनेछ । व्यापार व्यवसायमा देखिएका समस्या दुर भएर जाने छन् । कार्य लगनशिलता बढाउनु पर्ने देखिन्छ । मनोरञ्जनमा ध्यान जानेछ ।

बृष

दिन खर्चालु रहला । व्यापार व्यवसायमा गिरावट आउन सक्छ । मन चञ्चल हुनेछ । काम गरेर जश पाईने छैन । व्यर्थको घुमाई फिराई बढि हुनेछ । विवादित काममा हात नहाल्नु होला । असहयोग हुनेछ ।

मिथुन

आफन्तको सहयोगमा आम्दानीका नयाँ क्षेत्र पहिचान हुनेछन् । आकस्मिक आम्दानीको योग देखिन्छ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । नोकरी तथा राजनीतिमा सफलता मिल्ला । मुद्धा जितिनेछ ।

कर्कट

उत्साहाका साथ दिन व्यतित हुने देखिन्छ । विगतमा पुरा गर्न नसकेका काम आज पुरा हुने छन् । आफन्तबाट सहयोग पाईनेछ । उद्योग पराक्रम बढ्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

सिंह

भाग्यमा अवरोध आउनेछ । राज्यसँग सरोकार रहेका काममा झन्झट आउन सक्छ । आफ्नो इज्जत प्रतिष्ठमा आच आउन सक्ने हुदा काम गर्दा चनाखो रहनु होला । अनावस्यक तनावले सताउनेछ ।

कन्या

स्वास्थ्यमा गिरावट आउनेछ । बन्न लागेका काम विग्रिन सक्छन्,समयमा होशियार हुनुहोला ।व्यापार व्यवसायमा गिरावट आउनेछ । मानसिक तनाव बढ्ने छ । व्यय मार्ग प्रशस्त खुल्ने छन्,मुठ्ठि कस्नु होला ।

तुला

प्रयत्न गरे नयाँ काम हात लाग्नेछ । प्रेमिकाबाट सहयोग मिल्नेछ । बैदेशिक मार्ग खुल्ने छन्,यात्राको सम्भावना देखिन्छ । देश,देशान्तरका उद्योग धन्दा बन्द व्यापारबाट आम्दानी बढ्ने छ ।

बृश्चिक

काम गरेर जश पाईने छैन । काम गर्दा गोपनियता भङ्ग नगर्नु होला । उच्चमनोबलका साथ गरेका काम सफल हुने छन् । काम गर्दा अरुको मुख नताक्नु होला । सुख,शान्ति मिल्नेछ ।

धनु

विचारको खडेरी पर्न सक्छ । अन्योलता बढ्ने छ । समयमा निर्णय लिन नसक्दा अवसरबाट वञ्चित हुने अवस्था आउन सक्छ । वैराग्यता पनि बढ्ने छ । व्यापार व्यवसायमा गिरावट आउनेछ ।

मकर

परिवारिक चिन्ता बढ्नेछ । घरमा बस्न मन लाग्ने छैन । आफ्नो सोचाईको विपरित काम हुने छन् । घरयासी खर्चमा वृद्धि हुन सक्छ । व्यापार व्यवसायमा गिरावट आउने देखिन्छ ।

कुम्भ

काम गर्ने उत्साहा बढ्नेछ । विरोधीसँगको लडाई जितिने छ । व्यापार व्यवसायमा सुधार आउनेछ । काम गर्दा दाम पनि हात पर्नेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । सहयोगी हात भेटिने छन् ।

मीन

पढाई लेखाईतिर भन्दा कमाउने तिर मन बढि दौडिने छ तर सफलता कम मिल्नेछ । आफन्तका कारण समस्या पर्न सक्छ । भएको संरचनालाई नविग्रिन गरि काम गर्नु होला । प्रयत्नपूर्वक गरेका काम सफल हुने छन् ।

तपाईको प्रतिक्रिया