ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग÷राशी र वारवेला श्रीसूर्य दक्षिणायन हेमन्त ऋतु,साधारण नाम संवत्सर, शाके १९३९,विक्रसम्वत २०७४ साल मंसिर १३ गते बुधबार नेपाल सम्बत ११३८ थिंल्लाथ्व,सन् २०१७ नोभेम्बर २९ तारिक शुक्लपक्ष एकादशी तिथि भोलिपल्ट विहान ४ वजेर ५८ मिनेटसम्म, उत्तरभाद्रा नक्षत्र अपरान्ह १ वजेर २३ मिनेटसम्म, सिद्धियोग,वणिजकरण,आनन्दादियोग लुम्ब,सूर्य वृश्चिक राशीमा,चन्द्रमा मीन राशीमा । सूर्योदयबाट प्रात ७÷५५ वजेसम्म लाभ वेला,७÷५५ वजेदेखि ९÷१३ वजेसम्म अमृत वेला,९÷१३ देखि १०÷३२ वजेसम्म काल वेला, १०÷३२ देखि ११÷५० वजेसम्म शुभ वेला, ११÷५० देखि १÷८ वजेसम्म रोग वेला,१÷८ देखि २÷२७ वजेसम्म उद्वेग वेला, २÷२७ देखि ३ वजेर ४७ मिनेटसम्म चर र ३ वजेर ४७ मिनेट देखि सूर्यास्तसम्म लाभ वेला रहनेछ ।

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।

मेष

मेषः– समयमा काम हुने छैनन । फाल्टु काममा समय खर्च हुनेछ । यात्राबाट पनि खासै उपलब्धि हासिल हुने छैन । काम गरेर जश पाईने छैन । व्यापारबाट सोचे जस्तो लाभ लिन सकिने छैन ।

बृष

वृषः– आय आर्जनका दृष्टि दिन राम्रै देखिन्छ । व्यापार व्यवासयबाट आम्दानी बढ्नेछ । घरमा मंगलिक कार्य हुन सक्ने कुरालाई नकार्न सकिन्न । घर परिवारमा सुख,शान्ति मिल्ने छ ।

मिथुन

मिथुनः– सरल तरिकाले काम बन्ने छन् । तपाईको भरोसा अरुले पनि गर्ने छन् । गरेका कामबाट नाम र दाम दुवै प्राप्त हुनेछ । काम गर्ने जोश जागर बढ्नेछ । बोलिको प्रभाव पनि बढ्ला ।

कर्कट

कर्कटः– आर्थिक क्षेत्रमा सुधारका संकेत देखिने छन् । आफन्तबाट सहयोग मिल्नेछ । अरुको काममा बढि व्यस्त हुदा आफ्ना काम अधुरा रहने छन् । बोल्यो कि पोल्यो भन्ने जान्नु होला ।

सिंह

सिंहः– सोचाईको विपरित काम हुने छन् । अनावस्यक काम कुरामा टाउको दुखाउनु पर्ने छ । व्यापार व्यवसायमा मन्दि आउने छ । अहार विहारमा ध्यान दिनु होला नत्र स्वास्थ्य कामजोर हुनेछ ।

कन्या

कन्याः– वैदेशिक कारोवारमा सफलता मिल्नेछ । कुनै कामको टुङ्गो लगाउनु छ भने समयमा नै लगाउनु होला । ढिला सुस्ति गर्दा आफेैलाई घाटा हुनेछ । व्यापारबाट आय आर्जन बढ्नेछ ।

तुला

तुलाः– नोकरी तथा राजनीतिमा अवसर आउन सक्छ । नयाँ कामको वारेमा विचार विमर्श हुनेछ । विारोधीले अवरोध पु¥याउन सक्छन सतर्क भई काम गर्नु होला । आम्दानीका नयाँ स्रोत फेला पर्ने छन् ।

बृश्चिक

वृश्चिकः– दिन मध्यम खालको छ । मेहनत गरेर काम गर्नु भयो भने सफलता मिल्नेछ । व्यापार व्यवसायबाट सामान्य लाभ होला । अरुको भर विश्वासमा परेर काम नगर्नु होला ।

धनु

धनुः– घरयासी समस्याबाट पीडित हुनु पर्ला । धन सम्पति चोरी वा हराउन सक्छ सतर्क हुनु होला । आर्थिक कारोवारले टाउको दुखाउनेछ । व्यापार व्यवसायमा खासै प्रगति हुने छैन ।

मकर

मकरः– परिवारको सहयोग लिएर काम गर्नु भयो भने बढि उपलब्धि हासिल हुनेछ । उद्योग धन्दा बन्द व्यापारमा प्रगति हुनेछ । साना तिना काम गर्न लाई कुनै कठिनाई हुने छैन ।

कुम्भ

कुम्भः– आफन्तबाट नै धोका दिने काम हुन सक्छ होशियार रहनु होला । आर्थिक कारोवार गर्दा बढि चनाखो रहनु होला । हरेक काम गर्दा विचार पु¥याउनु होला साना गल्तिले ठुलो क्षति हुने छ ।

मीन

मिनः– समयले साथ दिनेछ अवसरको पूर्ण सदुपयोग गर्नु होला । मुद्धा मामिलामा विजय प्राप्त हुनेछ । काम गर्ने उत्साहा घट्ने छैन । व्यापार व्यवसायबाट पनि आय आर्जन बढ्ने नै छ ।

तपाईको प्रतिक्रिया