ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग÷राशी र वारवेला श्रीसूर्य दक्षिणायन हेमन्त ऋतु,साधारण नाम संवत्सर, शाके १९३९,विक्रसम्वत २०७४ साल मंसिर १२ गते मंगलबार भौमबार नेपाल सम्बत ११३८ थिंल्लाथ्व,सन् २०१७ नोभेम्बर २८ तारिक शुक्लपक्ष दशमी तिथि भोलिपल्ट विहान ५ वजेर ४३ मिनेटसम्म, पूर्वभाद्रा नक्षत्र अपरान्ह १ वजेर १३ मिनेटसम्म, वज्रयोग, तैतिलकरण, आनन्दादियोग काण ,सूर्य वृश्चिक राशीमा,चन्द्रमा विहान ७ वजेर ५ मिनेटसम्म कुम्भ उप्रान्त मीन राशीमा । सूर्योदयबाट प्रात ७÷५४ वजेसम्म रोग वेला,७÷५४ वजेदेखि ९÷१३ वजेसम्म उद्वेग वेला,९÷१३ देखि १०÷३२ वजेसम्म चर वेला, १०÷३२ देखि ११÷५० वजेसम्म लाभ वेला, ११÷५० देखि १÷८ वजेसम्म अमृत वेला,१÷८ देखि २÷२७ वजेसम्म काल वेला, २÷२७ देखि ३ वजेर ४७ मिनेटसम्म शुभ र ३ वजेर ४७ मिनेट देखि सूर्यास्तसम्म रोग वेला रहनेछ ।

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।

मेष

मेषः– समय प्रतिकुल बन्दै छ,काम काजमा विलम्ब नगर्नु होला । मध्यान्ह पूर्वको समय थोरै अनुकुल रहे पनि अपरान्ह देखि समयले साथ दिने छैन । व्यापार व्यवसायमा गिरावट आउने छ । साँझपख खर्च बढ्नेछ ।

बृष

वृषः–विचार पूर्वक काम गर्नु भयो भने सफलता अवस्य मिल्नेछ । दीर्घकालिन असर गर्ने काम आज गर्दा राम्रै हुनेछ । अरुको पूर्ण भरोसामा काम भने नगर्नु होला । नयाँ कामको अवसर आउन सक्छ ।

मिथुन

मिथुनः– मध्यान्हसम्मको समयले त्यति साथ दिने देखिदैन । अपरान्ह देखि भने समयमा विस्तारै सुधार आउने छ । कामले गति लिने देखिन्छ । घर परिवारबाट सहयोग मिल्नेछ । वित्तिय कारोवारमा ध्यान दिनु होला ।

कर्कट

कर्कटः–हरेक काम गर्दा होशियार रहनु होला,समयले त्यति साथ दिने देखिदैन । बन्न लागेका कामहरु विग्रिन सक्छन् । व्यापार व्यवसायमा गिरावट आउनेछ । लेनदेन कारोवार गर्दा सचेत रहनु होला । फाल्टु काम बढि हुने छन् ।

सिंह

सिंहः– आनावस्यक विषय बस्तुले ठाँउ पाउनेछ । के गर्ने के नगर्ने भन्ने हुनेछ । कहि कतैबाट इज्जत प्रतिष्ठामा आच आउन सक्छ सर्तक रहनु होला । आफन्तका कुरा सहयोगमा होईन कुरामा नै सिमित रहने छन् ।

कन्या

कन्याः– कामकाजमा विस्तारै प्रगति हुनेछ । काम गर्ने जोश जागर बढ्ने देखिन्छ । विशेष गरेर दिनको पूर्वाद्ध भन्दा उत्तराद्र्ध अनुकुल देखिन्छ । व्यापार व्यवसायमा सामान्य प्रगति हुनेछ । परिवारबाट सहयोग मिल्नेछ ।

तुला

तुलाः– व्यवसायिक चिन्ता थपिने छ । दैनिक काम काजमा पनि असर पर्न सक्छ कहि कतैबाट सचेत रहनु होला । परिवारको चिन्ताले पनि सताउने छ । काम गर्दै जादा नयाँ सम्भावनाहरु देखिने छन् ।

बृश्चिक

वृश्चिकः– उच्चमनोबलका साथ काममा लाग्नु होला अवस्यमेव सफल हुनुहुनेछ । चुप लागेर बस्नु भयो भने आएको अवसर पनि गुम्ने छ । गरेका कामबाट लाभ लिन सकिने छ । मनमा कुरा भने खेल्ने छन् ।

धनु

धनुः– दिन त्यति अनुकुल नबन्न सक्छ,हरेक काम गर्दा होशियार रहनु आवस्यक छ । समस्याबाट पूर्ण मुक्ति मिल्ने छैन । व्यवहारिक कठिनाईहरु आउन सक्छन् । व्यापारमा आएको मन्दि कायम रहने देखिन्छ ।

मकर

मकरः–मध्यान्ह पूर्वको समय भन्दा अपरान्हको समय बढि अनुकुल हुनेछ । काम गर्ने जोश जागर बढ्नेछ । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ । आफन्तबाट सामान्य सहयोग पाईनेछ ।

कुम्भ

कुम्भः– मध्यान्हसम्म समयले थोरै साथ दिनेछ । लगनशिल भई गरेका काम सफल हुनेछन् । अपरान्ह देखि भने समयले साथ कम दिनेछ । समस्याहरु बढ्न सक्छ । घर छोडेर अन्यत्रै जाने अवस्था आउन सक्छ ।

मीन

मिनः– समय सुधारोन्मुख रहेकोछ । अनावस्यक खर्च कमि आउनेछ । अवरुद्ध काम अगाडि बढ्नेछन् । पढाई लेखाईमा पनि सुधार आउनेछ । व्यापार व्यवसायमा देखिएका समस्य कम भएर जानेछन् । तनाव घट्नेछ ।

तपाईको प्रतिक्रिया