ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग÷राशी र वारवेला श्रीसूर्य दक्षिणायन हेमन्त ऋतु,साधारण नाम संवत्सर, शाके १९३९,विक्रसम्वत २०७४ साल मंसिर ११ गते सोमबार नेपाल सम्बत ११३८ थिंल्लाथ्व,सन् २०१७ नोभेम्बर २७ तारिक शुक्लपक्ष नवमी तिथि भोलिपल्ट विहान ५ वजेर ५९ मिनेटसम्म, शतभिषा नक्षत्र मध्यान्ह १२ वजेर ३२ मिनेटसम्म, हर्षणयोग, बालवकरण, आनन्दादियोग अमृत,सूर्य वृश्चिक राशीमा,चन्द्रमा कुम्भ राशीमा । सूर्योदयबाट प्रात ७÷५४ वजेसम्म अमृत वेला,७÷५४ वजेदेखि ९÷१३ वजेसम्म काल वेला,९÷१३ देखि १०÷३२ वजेसम्म शुभ वेला, १०÷३२ देखि ११÷५० वजेसम्म रोग वेला, ११÷५० देखि १÷८ वजेसम्म उद्वेग वेला,१÷८ देखि २÷२७ वजेसम्म चर वेला, २÷२७ देखि ३ वजेर ४७ मिनेटसम्म लाभ र ३ वजेर ४७ मिनेट देखि सूर्यास्तसम्म अमृत वेला रहनेछ । “जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।

( नोटः– काल भन्दा उद्वेग,उद्वेग भन्दा चर,चर भन्दा शुभ,शुभ भन्दा लाभ र लाभ भन्दा अमृत वेला राम्रो मानिन्छ )

ज्योतिष पंडितः–वेदनिधि तिमिल्सिना, पोखरा, इमेलः [email protected]

मेष

आकस्मिक आम्दानीको योग देखिन्छ । बक्यौता रकम उठाउन सकिनेछ । घर परिवारबाट सुख शान्ति मिल्नेछ । नोकरीमा अवसर तथा राजनीतिमा सफल हुन धेरै दखल गर्नु पर्नेछ ।

बृष

मनोवञ्छित कार्य सफलताले मनमा उमङ्ग बढ्ने छ । नाकरी तथा राजनीतिमा नयाँ अवसर प्राप्त हुन सक्छ । स्वदेश मात्र होइन वैदेशिक कामबाट लाभान्वित भइने छ ।

मिथुन

सोच विचार काम गर्नु होला । अरुले धोका दिन सक्छन् चनाखो रहनु होला । इज्जत प्रतिष्ठा गिराउन खोज्ने छन् । आफ्ना कामले भन्दा अरुका कामले प्राथमिकता पाउने छ ।

कर्कट

समय प्रतिकुल छ । काम गरेर उपलब्धि हात लाग्यो शून्य होला । व्यापार व्यवसायमा आएको मन्दि काय रहन सक्छ । स्वास्थ्यमा असर पर्ने छ । आर्थिक संकट आर्ई लाग्न सक्छ ।

सिंह

प्रेमम सफल हुनुहुनेछ । जीवन साथिबाट सहयोग पाईने छ । व्यापारबाट आय आर्जन राम्रो हुने छ,उपेक्षा गरेर काम नगर्नु होला । हरेक काम गर्दा संवेदनशिल हुनु आवस्यक छ । 

कन्या

उच्च मनोबलका साथ काम गर्नु होला । स्वाथ्यमा सुधार आउने छ । प्रतिश्पर्धामा अगाडि हुनुहुने छ । इच्छाशक्ति बढ्ने छ । व्यापार व्यवसायबाट आय आर्जन बढ्ने छ । 

तुला

अन्योलमा नपरि काम गर्नु होला । पढाई लेखाईमा प्रगति हुने छ । समयको गति सँग हिड्न सकिएन भने पछि परिने छ,आफुले लिने ठाँउ अरुले लिने छन् । व्यापारबाट सन्तुष्टि मिल्ने छैन ।

बृश्चिक

परिवारिक सुख मिल्ने छ । काम गर्ने जोश जागर भने घट्न सक्छ । विलासिता तिर मन आकर्षित हुने छ । नयाँ काममा हात नहाल्नु होला । व्यापार व्यवसायबाट कम लाभ होला ।

धनु

कार्य क्षमता घट्ने छैन । आर्थिक राहतका कार्यक्रम अगाडि बढ्ने छन् । सवैलाई आफन्त र सवैलाई पराई नसंझनु होला । व्यवहार गर्दा चिनेर मात्रै काम गर्नु होला ।

मकर

संचित धन बढ्ने छ । आफन्तबाट सहयोग सहनुभूति मिल्ने छ । वोलिका कारण टाढाका पनि नजिक हुने छन् ।आर्थिक कारोवार गर्दा बढि चनाखो रहनु आवस्यक छ ।  

कुम्भ

उच्च आकाँक्षाका साथ  काममा लागिने छ र सफलता पनि मिल्ने देखिन्छ । काम गरे प्रशस्त पैसा कमाउन सकिने छ । लगानीका क्षेत्रमा हात नहाल्नुहोला पछि पश्चताप हुृनेछ ।

मीन

दिन सामान्य देखिन्छ । खर्चको मात्रा बढ्न सक्छ । आफन्तसँगको भेटघाटमा समय र धन बढि खर्र्च हुने देखिन्छ । व्यापार व्यवसायबाट आशातित लाभ लिन सकिने छैन ।

तपाईको प्रतिक्रिया