ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।                  पञ्चाङ्ग÷राशी र वारवेला

श्रीसूर्य दक्षिणायन हेमन्त ऋतु,साधारण नाम संवत्सर, शाके १९३९,विक्रसम्वत २०७४ साल मंसिर १० गते आइतबार नेपाल सम्बत ११३८ थिंल्लाथ्व,सन् २०१७ नोभेम्बर २६ तारिक शुक्लपक्ष अष्टमी तिथि भोलिपल्ट विहान ५ वजेर ४५ मिनेटसम्म, धनेष्ठा नक्षत्र विहान ११ वजेर २२ मिनेटसम्म, व्याघातयोग, भद्राकरण, आनन्दादियोग मातङ्ग,सूर्य वृश्चिक राशीमा,चन्द्रमा कुम्भ राशीमा ।

सूर्योदयबाट प्रात ७÷५२ वजेसम्म उद्वेग वेला,७÷५२ वजेदेखि ९÷११ वजेसम्म चर वेला,९÷११ देखि १०÷३० वजेसम्म लाभ वेला, १०÷३० देखि ११÷४९ वजेसम्म अमृत वेला, ११÷४९ देखि १÷८ वजेसम्म काल वेला, १÷८ देखि २÷२७ वजेसम्म शुभ वेला, २÷२७ देखि ३ वजेर ४७ मिनेटसम्म रोग र ३ वजेर ४७ मिनेट देखि सूर्यास्तसम्म उद्वेग वेला रहनेछ ।

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।

( नोटः– काल भन्दा उद्वेग,उद्वेग भन्दा चर,चर भन्दा शुभ,शुभ भन्दा लाभ र लाभ भन्दा अमृत वेला राम्रो मानिन्छ )

ज्योतिष पंडितः–वेदनिधि तिमिल्सिना, पोखरा, इमेलः [email protected]

मेष

घर परिवारबाट सहयोग पाईनेछ । घरमा जमघट बढ्नेछ । भौतिक सम्पति बढ्नेछ । आम्दानीका नयाँ क्षेत्र फेला पर्ने छन् । उद्योग पराक्रम बढ्नेछ । व्यापार पनि बढ्ला ।

बृष

काम गर्ने जोश जागर बढ्नेछ । नयाँ कामको अवसर प्राप्त हुनेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ । घर बाहिर बसेर गरेका काम बढि उपलब्धिमूलक रहने छन् । अधुरा काम बन्ने छन् ।

मिथुन

मन चञ्चल हुनेछ । बाहिरी कामको अलमलमा पर्दा आफ्ना कामले गति लिने छैन । काम गरेर जश कमै मिल्नेछ । आर्थिक कारोवारमा तनाव हुन सक्छ । यात्राको सम्भावना देखिन्छ ।

कर्कट

शारीरिक एवं मानसिक रुपमा काम गर्न असक्षम हुनुहुनेछ । काम गर्ने वातावरण मिल्ने छैन । अनावस्यक काममा समय र धन खर्च हुनेछ । झुट्टा आरोप लाग्न सक्छ सतर्क रहनु होला ।

सिंह

वैदेशिक कार्य योजनले मुर्तरुप लिनेछ । नयाँ कामको अवसर आउन सक्ने कुरालाई नकार्न सकिन्न । व्यापार व्यवसायबाट पनि आय आर्जन बढ्नेछ । यात्राको योग पनि देखिन्छ ।

कन्या

आफुले गरेका कामले आफुलाई भन्दा अरुलाई बढि फाइदा हुन सक्छ । विरोधीको सक्रियताले काममा असर पर्न सक्छ सजग भई काम गर्नु होला । मेहनतका साथ गरेका काम सफल हुनेछन् ।

तुला

पढाई लेखाईमा ध्यान केन्द्रित हुनेछ । काम गर्दा अलमलमा नपरि गर्नु होला । आफुले ढिलो गर्दा अरुले फाइदा लिनेछन् । दैनिक काम काज सुचारु रुपले अगाडि बढ्ने छन् ।

बृश्चिक

पारिवारिक सुख शान्ति मिल्नेछ । काम गरेर जश भने कमै पाईनेछ । शारीरिक शिथिलता बढ्न सक्छ । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । लेनदेन कारोवारमा विवाद पर्न सक्छ ।

धनु

मनोबल उच्च गरि काममा प्रवेश गर्न होला गरेका काम सफल हुनेछन् । न्यायिक,बैदेशिक तथा वित्तिय क्षेत्र मजबुत देखिन्छ । अर्थ अभावले काममा सामान्य ढिला सुस्ति हुनसक्छ ।

मकर

जीवन साथिको सहयोग लिएर काम गर्नु होला अवस्य सफल हुनुहुनेछ । व्यापार व्यवसायबाट पनि सामान्य आम्दानी हुनेछ । धन दिने काम भने आज नगर्नु उचित हुनेछ ।

कुम्भ

आत्मबल बढ्नेछ । अधिकाँश काम आफ्नै बाहुबलमा सम्पादन हुनेछन् । स्वतन्त्र व्यापार व्यवसायबाट पनि आय आर्जन बढ्नेछ । पढाईमा भन्दा कमाईमा ध्यान जानेछ ।

मीन

अनावस्यक खर्च बढ्नेछ । व्यापार व्यवसायबाट आय भन्दा व्यय बढि हुने देखिन्छ । झुट्टा आरोप लाग्न सक्छ सतर्क रहनु होला । पढाई लेखाईमा अवरोध आउन सक्छ ।

तपाईको प्रतिक्रिया