ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।   पञ्चाङ्ग÷राशी वारवेला

श्रीसूर्य दक्षिणायन हेमन्त ऋतु,साधारण नाम संवत्सर, शाके १९३९,विक्रसम्वत २०७४ साल मंसिर ९ गते शनिबार नेपाल सम्बत ११३८ थिंल्लाथ्व,सन् २०१७ नोभेम्बर २५ तारिक शुक्लपक्ष सप्तमी तिथि राती ४ वजेर ५९ मिनेटसम्म, श्रवण नक्षत्र विहान ९ वजेर ४३ मिनेटसम्म, ध्रुवयोग, गरकरण, आनन्दादियोग स्थिर,सूर्य वृश्चिक राशीमा,चन्द्रमा राती १० वजेर ३६ मिनेटसम्म मकर उप्रान्त कुम्भ राशीमा ।

सूर्योदयबाट प्रात ७÷५२ वजेसम्म काल वेला,७÷५२ वजेदेखि ९÷११ वजेसम्म शुभ वेला,९÷११ देखि १०÷३० वजेसम्म रोग वेला, १०÷३० देखि ११÷४९ वजेसम्म उद्वेग वेला, ११÷४९ देखि १÷८ वजेसम्म चर वेला, १÷८ देखि २÷२७ वजेसम्म लाभ वेला, २÷२७ देखि ३ वजेर ४७ मिनेटसम्म अमृत र ३ वजेर ४७ मिनेट देखि सूर्यास्तसम्म काल वेला रहनेछ ।

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।

( नोटः– काल भन्दा उद्वेग,उद्वेग भन्दा चर,चर भन्दा शुभ,शुभ भन्दा लाभ र लाभ भन्दा अमृत वेला राम्रो मानिन्छ )

ज्योतिष पंडितः–वेदनिधि तिमिल्सिना, पोखरा, इमेलः [email protected]

मेष

घर परिवार,आफन्तबाट सहयोग सहानुभूति मिल्नेछ । वित्तिय क्षेत्रमा सुधारका संकेत देखिने छन् । कार्य सम्पादन आफ्नै बाहुबलमा हुनेछन् । नोकरी तथा राजनीतिमा सफलता मिल्नेछ ।

बृष

मानसिक तनावमा थोरै कमी आउनेछ । कछुवाको गतिमा कार्य प्रगति हुनेछ । अरुका काममा चासो धेरै नलिनु होला । आम्दानीको तुलनामा खर्च बढि हुनेछ । उपकारी काम हुनसक्छन् ।

मिथुन

आपत विपत पर्न सक्छ सजग रहनु होला । दैनिक काममा अवरोध आउनेछ । स्वास्थ्य कमजोर बन्न सक्छ । आर्थिक कारोवारमा समस्या आउने देखिन्छ । विश्वास गरेकाले धोका दिने छन् ।

कर्कट

आफुमा भएको शिप,ज्ञान र वुद्धिको प्रयोग गरी समयमा गरेका काम सफल हुनेछन् । आफन्तको सहयोग प्राप्त हुनेछ । पूर्ण अरुको भरोसामा परे काममा रोकावट तथा खर्च वृद्धि हुने देखिन्छ ।

सिंह

चुप लागेर बस्नु भयो भने कुनै काम हुने छैनन,काम गर्दा शत्रु बढ्ने देखिन्छ । प्रतिश्पर्धा गरेर भए पनि अगाडि बढ्नु होला तव मात्र काममा सफलता मिल्नेछ । आर्थिक उन्नतिको बाटो खुल्नेछ ।

कन्या

आफ्नै कारण पछि परिनेछ । समयमा समस्याको पहिचान गर्न नसक्दा कार्य विमुख हुने अवस्था आउन सक्छ । पढाई लेखाई सामान्य प्रगति हुनेछ । यात्रा कम सफल देखिन्छ ।

तुला

मनोविकार बढ्नेछ । समयको ख्याल राख्न नसक्दा अवसर गुम्ने सम्भावना देखिन्छ । धन सम्पतिको विषयलाई लिएर आफन्तमा विवाद पर्न सक्छ । पारिवारिक खर्चमा तिव्रता आउनेछ ।

बृश्चिक

सामान्यतया दिन अनुकुल देखिन्छ । समयमा गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । आफ्नै बाहुबलबाट अर्थोपार्जन हुनेछ । साँझपख खर्च बढ्न सक्छ ।

धनु

दिन मध्यम खालको देखिन्छ । धन लगानी गर्दा विचार पु¥याउनु होला । भर विश्वासमा काम गर्ने अवस्था देखिन्न । प्रयास र प्रयत्नहरु भने सफल हुने देखिन्छ । कार्य लगनशिलता बढ्नेछ ।

मकर

घरपरिवार आफन्तबाट सहयोग मिल्नेछ । लगनशिल भई गरेका काम सफल हुनेछन । पठन,पाठन अगाडि बढ्नेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । रमाईलो यात्रा हुने देखिन्छ ।

कुम्भ

समयले आज पनि साथ दिने देखिन्न,परभाव,परबन्धनको सम्भावना देखिन्छ । गरेका कामले पूर्णता नपाउने देखिन्छ । व्यापार व्यवसायबाट उचित मुनाफल लिन सकिने छैन । विश्वास घात हुनेछ ।

मीन

समयको महत्वलाई नभुल्नु होला । लगनशिल भई गरेका काम सफल हुनेछन् । उपलब्धि राम्रै हात लाग्ने देखिन्छ । सामान्यखालको सहयोग मिल्नेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ ।

तपाईको प्रतिक्रिया