ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।                  पञ्चाङ्ग÷राशी र वारवेला

श्रीसूर्य दक्षिणायन शरद ऋतु,साधारण नाम संवत्सर, शाके १९३९,विक्रसम्वत २०७४ साल कार्तिक २९ गते बुधबार नेपालसम्बत ११३८ कछलागा,सन् २०१७ नोभेम्बर १५ तारिक कृष्णपक्ष द्वादशी तिथि अपरान्ह २ वजेर ५ मिनेटसम्म, हस्ता नक्षत्र अपरान्ह ३ वजेर ३० मिनेटसम्म, प्रीतियोग, तैतिलकरण, आनन्दादियोग आनन्द,सूर्य तुला राशीमा,चन्द्रमा राती ३ वजेर ५१ मिनेटसम्म कन्या उप्रान्त तुला राशीमा ।

सूर्योदयबाट प्रात ७÷४६ वजेसम्म लाभ वेला,७÷४६ वजे देखि ९÷६ वजेसम्म अमृत वेला,९÷६ देखि १०÷२७ वजेसम्म काल वेला, १०÷२७ देखि ११÷४७ वजेसम्म शुभ वेला, ११÷४७ देखि १÷७ वजेसम्म रोग वेला, १÷७ देखि २÷२७ वजेसम्म उद्वेग वेला, २÷२७ देखि ३ वजेर ४८ मिनेटसम्म चर र ३ वजेर ४८ मिनेट देखि सूर्यास्तसम्म लाभ वेला रहनेछ । “जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” । ( नोटः– काल भन्दा उद्वेग,उद्वेग भन्दा चर,चर भन्दा शुभ,शुभ भन्दा लाभ र लाभ भन्दा अमृत वेला राम्रो मानिन्छ ) ज्योतिष पंडितः–वेदनिधि तिमिल्सिना, पोखरा, इमेलः [email protected] 

मेष

उच्चमनोबलका साथ काम गर्नु होला गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायमा सुधार आउने छ । घरको बातावरण अनुकुल देखिदैन । काम गर्दा गोपनियता अप्नाउनु होला ।

बृष

कामको बारेमा बढि चिन्ता हुन सक्छ । बन्धुको सहयोग कम प्राप्त हुनेछ । कुनै पनि कामको बारेमा निर्णय लिदा विचार पु¥याउनु होला । स्वव्यवसायबाट अल्प लाभ हुनेछ ।

मिथुन

काम गर्ने जोश जागर घट्नेछ । बाहिरी काममा बढि चासो बढ्ने छ । हल्लाको भरमा काम गर्दा दुःख पाईनेछ । परिवार र आफन्तबाट सहयोग त्यति मिल्ने छैन ।

कर्कट

काम गर्ने उत्साहामा कमी आउने छैन । आफुसँग भएको उर्जालाई सदुपयोग गर्न कत्ति पनि पछि नपर्नु होला । गरेका काम सफल हुने छन् । व्यापार बढ्ने नै छ ।

सिंह

आफन्तका कारण धन खर्च हुन सक्छ । आफुले सोचे जस्तै कहि हुने छैन । व्यापार व्यवसायमा उधारो काम नगर्नु होला । पारिवारिक समस्या नआउलान भन्न सकिन्न ।

कन्या

समयको सदुपयोग गर्ने बेला आएको छ । रमाईलोमा मात्रै लाग्नु भयो भने कामले गति लिने छैन र पछि पश्चताप बाहेक केहि हुने छैन । आज गरेका काम सफल हुने छन् ।

तुला

काममा विग्न बाधा आउने छन् । हतारमा कुनै पनि निर्णय नलिनु होला । आज गरेका कामले पछि सम्म् डस्ने छ । व्यापार व्यवसायमा मन्दि आउने छ । अनावस्यक खर्च बढ्नेछ ।

बृश्चिक

बक्यौता रकम उठाउन सजिलो हुने छ । कुनै काम गर्नु छ भने सममलाई गुमाउने काम नगर्नु होला । सामान्यतया आज गरेका काम सफल हुने छन् । पराक्रम बढ्ेन छ ।

धनु

सतहमा हेरेर काम नगर्नु होला । काम गर्दा सानातिना समस्या देखिए पनि गर्दै जादा समाधान भएर जाने छन् । आफुमा भएको उर्जालाई खेर जान नदिनु होला । काम सफल हुने योग छ ।

मकर

धार्मिक विश्वास बढि हुने छ । सामान्य यात्राबाट लाभ हुन सक्छ । आफन्तबाट सहयोग पाईने छ । व्यापार व्यवसायमा विस्तारै सुधार आउने छ । कारोवार गर्दा चनाखो रहनु होला ।

कुम्भ

प्रतिकुल परिस्थितिमा काम गर्न गाह्रो हुने छ । व्यापार व्यवसायमा मन्दि नै आउने देखिन्छ । अनावस्यक तनाव बढ्ने छ । स्वास्थ्यमा पनि विचार पु¥याउनु पर्ने देखिन्छ ।

मीन

कुनै काम गर्नु छ भने समयलाई गुमाउने काम नगर्नु होला पश्चताप हुने छ । सामान्यतया आज गरेका काम सफल हुने छन् । व्यापार व्यवसायबाट आय आर्जन सन्तोषजनक देखिन्छ ।

तपाईको प्रतिक्रिया