ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।                  पञ्चाङ्ग÷राशी र वारवेला

श्रीसूर्य दक्षिणायन शरद ऋतु,साधारण नाम संवत्सर, शाके १९३९,विक्रसम्वत २०७४ साल कार्तिक २८ गते मंगलबार नेपालसम्बत ११३८ कछलागा,सन् २०१७ नोभेम्बर १४ तारिक कृष्णपक्ष एकादशी तिथि अपरान्ह २ वजेर २४ मिनेटसम्म, उत्तरफाल्गुनी नक्षत्र अपरान्ह ३ वजेर १० मिनेटसम्म, विष्कुम्भयोग,बालवकरण, आनन्दादियोग धाता,सूर्य तुला राशीमा,चन्द्रमा कन्या राशीमा ।

सूर्योदयबाट प्रात ७÷४५ वजेसम्म रोग वेला,७÷४५ वजे देखि ९÷६ वजेसम्म उद्वेग वेला,९÷६ देखि १०÷२६ वजेसम्म चर वेला,१०÷२६ देखि ११÷४६ वजेसम्म लाभ वेला,११÷४६ देखि १÷६ वजेसम्म अमृत वेला,१÷६ देखि २÷२७ वजेसम्म काल वेला, २÷२७ देखि ३ वजेर ४८ मिनेटसम्म शुभ र ३ वजेर ४८ मिनेट देखि सूर्यास्तसम्म रोग वेला रहनेछ । “जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” । ( नोटः– काल भन्दा उद्वेग,उद्वेग भन्दा चर,चर भन्दा शुभ,शुभ भन्दा लाभ र लाभ भन्दा अमृत वेला राम्रो मानिन्छ ) ज्योतिष पंडितः–वेदनिधि तिमिल्सिना, पोखरा, इमेलः [email protected] 

मेष

आमाको स्वास्थ्यमा विग्रिन सक्छ विचार पु¥याउनु होला । धन सम्पतिको विषयलाई लिएर विवाद बढ्न सक्छ । सुझवुझका साथ काम हुनेछन् । परिवारसँग कुरा मिल्ने छैनन । विरोधीको सक्रियता बढ्नेछ ।

बृष

पारिवारिक सहयोगमा कमी आउनेछ । मन चञ्चल हुनेछ स्थिर भएर काम गर्नु होला नत्र पछाडी परिनेछ । समस्या कम भएर जानेछन् । व्यापार व्यवसायबाट स्वल्प लाभ हुनेछ ।

मिथुन

घर परिवारमा समस्या बढ्ने देखिन्छ । निश्चिन्त भएर काम गर्न सकिने छैन । राज्यबाट पीडित हुने अवस्था आउन सक्छ । घरयासी खर्च बढ्नेछ । आलोचित हुनुपर्ला ।

कर्कट

पुरुषार्थ बढ्नेछ । नयाँ कामको अवसर आउनेछ । सवै प्रकारका कामबाट लाभ हुनेछ । धन सम्पति एवं सन्तानबाट सुख मिल्नेछ । राज्यबाट लाभ लिन सकिनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

सिंह

दिन मध्यम खालको देखिन्छ । काम गर्दा असफलता हात लाग्न सक्छ कुरामा भन्दा काममा विश्वास गर्नु होला । आर्थिक कारोवार गर्दा अत्यन्त सचेत भएर गर्नु होला नत्र धन डुब्ने छ ।

कन्या

अनावस्यक खर्चमा कमी आउनेछ । रोकिएका कामले गति लिनेछ । काम काजमा प्रगति हुनेछ । शारीरिक एवं मानसिक स्फूर्ति बढ्ने छ । उत्तम भोजन र आसन प्राप्तिको योग पनि देखिन्छ ।

तुला

अनुकुल वातावरण मिल्ने छैन । समयको दुरुपयोग हुने देखिन्छ । राज्यबाट पीडा हुनसक्छ सजग सतर्क रहनु होला । अनावस्यक खर्च वृद्धि एवं परभावको सम्भावना देखिन्छ ।

बृश्चिक

समयले साथ दिने देखिन्छ । आत्म विश्वास बढ्नेछ । सवैको सहयोग लिएर काम गर्न सकिनेछ । गरेका कामबाट उपलब्धि हासिल हुनेछ । सुख,शान्ति मिल्नेछ । भाग्यले साथ दिदा काम बन्नेछन् ।

धनु

लगानीलाई विचार गरेर काम गर्नु होला दिन सामान्यतया अनुकुल नै देखिन्छ । काममा देखिएका समस्या कम भएर जानेछन् । आफ्ना कारण अरु पनि लाभान्वित हुनेछन् । आय बढ्नेछ ।

मकर

पूर्णरुपेण अरुको भर नपर्नु होला धोका हुनसक्छ । समयमा थोरै सुधार आउनेछ मानसिक तनावमा कमी आउने छ । गुमेको आस्था र विश्वास पलाउने छ । फलदायी यात्रा सम्भावना देखिन्छ ।

कुम्भ

प्रतिकुल परिस्थितिको सामना गर्नु पर्ला । मनमा भय त्रास बढ्नेछ । लगानी डुब्न सक्छ सचेत रहनु होला । स्वास्थ्यमा समस्या आउन सक्छ खानपानमा विचार पु¥याउनु होला ।

मीन

रोजगारीको अवसर आउन सक्छ । आफुमा भएको उर्जाको सदुपयोग गर्न सके उपलब्धि राम्रै हात लाग्नेछ । जीवन साथिको सहयोगमा महत्वपूर्ण काम हुनेछन् । आम्दानी बढ्नेछ ।

तपाईको प्रतिक्रिया