ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।                  पञ्चाङ्ग÷राशी र वारवेला

श्रीसूर्य दक्षिणायन शरद ऋतु,साधारण नाम संवत्सर, शाके १९३९,विक्रसम्वत २०७४ साल कार्तिक २७ गते सोमबार नेपालसम्बत ११३८ कछलागा,सन् २०१७ नोभेम्बर १३ तारिक कृष्णपक्ष दशमी तिथि अपरान्ह ३ वजेर ११ मिनेटसम्म, पूर्वफाल्गुनी नक्षत्र अपरान्ह ३ वजेर १९ मिनेटसम्म, वैधृतियोग, भद्राकरण, आनन्दादियोग ध्वज,सूर्य तुला राशीमा, चन्द्रमा राती ९ वजेर १४ मिनेटसम्म सिंह उप्रान्त कन्या राशीमा ।

सूर्योदयबाट प्रात ७÷४५ वजेसम्म अमृत वेला,७÷४५ वजे देखि ९÷६ वजेसम्म काल वेला,९÷६ देखि १०÷२६ वजेसम्म शुभ वेला,१०÷२६ देखि ११÷४६ वजेसम्म रोग वेला,११÷४६ देखि १÷६ वजेसम्म उद्वेग वेला,१÷६ देखि २÷२७ वजेसम्म चर वेला, २÷२७ देखि ३ वजेर ४८ मिनेटसम्म लाभ र ३ वजेर ४८ मिनेट देखि सूर्यास्तसम्म अमृत वेला रहनेछ । “जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” । ( नोटः– काल भन्दा उद्वेग,उद्वेग भन्दा चर,चर भन्दा शुभ,शुभ भन्दा लाभ र लाभ भन्दा अमृत वेला राम्रो मानिन्छ ) ज्योतिष पंडितः–वेदनिधि तिमिल्सिना, पोखरा, इमेलः [email protected] 

मेष

विचार पु¥याउन सकिएन भने आफ्ना कारण अरु लाभान्वित हुनेछन् । सन्तुनमा काम गर्नु होला । हतारका काम विग्रिने छन् । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । पढाईमा प्रगति हुनेछ ।

बृष

घर परिवारका कारण सुख,शान्तिमा वृद्धि हुनेछ । अल्छि गर्नाले आफ्ना कामबाट अरुले फाईदा लिनेछन् । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन । फजुल खर्च बढ्नेछ ।

मिथुन

परिश्रमबाट धन आर्जन हुनेछ । ढिला गरेमा घाटा हुनेछ,समयमा गरेका कामबाट उचित लाभ लिन सकिनेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी बढ्नेछ । पराक्रम बढ्नेछ ।

कर्कट

विचार पु¥याउन सकिएन भने संचित धनको नास हुनसक्छ । विश्वास घातको सम्भावना देखिन्छ । प्रयास र प्रयत्न सफल हुनेछन् । पढाई लेखाईमा क्रमिक सुधार आउनेछ ।

सिंह

शारीरिक एवं मानसिक स्फूर्ति बढ्नेछ । वाणिज्य क्षेत्रमा सामान्य सुधार आउनेछ । काममा ढिला सुस्ति नगर्नु होला । समयमा गरेका काम सफल हुनेछन् । आम्दानी बढ्नेछ ।

कन्या

विना उपलब्धिका काममा समय र धन लगानी हुनेछ । गरेका काम आफ्ना लागि भन्दा अरुका लागि बढि हुनेछ । झुट्टा कुराले सताउनेछ । मान्छेले धोका दिन सक्छन् सतर्क रहनु होला ।

तुला

समयले साथ दिनेछ,अवसरलाई नगुमाउनु होला ढिला गर्दा आफैलाई घाटा हुनेछ । वित्तिय क्षेत्रमा सुधार आउनेछ । लगानीबाट लाभ लिन सकिनेछ । साथि भाईबाट सहयोग मिल्नेछ ।

बृश्चिक

कर्म प्राप्तिको योग देखिन्छ । सरल र सहज रुपमा कार्य सम्पादन हुनेछन् । तपाईको कामबाट अरु प्रभावित हुनेछन्, व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । सहयोगि हात भेटिने छन् ।

धनु

सोचे जस्तो कहि कतै हुने छैन । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन । मनमा कुरा खेल्न छोड्ने छैन । आफन्तमा मनमुटाव बढ्नेछ । धन खर्च हुनेछ । साँझपख समयमा सुधार आउनेछ ।

मकर

समयले साथ कमै दिने देखिन्छ । मानोविकार बढ्नेछ । स्वास्थ्यमा समस्या आउन सक्छ अहार विहारमा ध्यान दिनु होला । खर्चमा वृद्धि हुनेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ ।

कुम्भ

सामान्यतया आज गरेका काम सम्पन्न हुनेछन् तर भोलि गरौला भनेका काम विग्रिने छन् । पारिवारिक सहयोग अल्प मिल्नेछ । आर्थिक काारोेवारमा सामान्य परिवर्तन आउनेछ । व्यापारबाट स्वल्प लाभ हुनेछ ।

मीन

समयको गति सगै समयमा सुधार आउनेछ । दैनिक काम काजहरु अगाडि बढ्ने छन् । व्यापारमा नयाँ अवसर आउनेछ । गरेका अधिकाँश कामबाट लाभ हुनेछ । प्रतिश्पर्धामा अगाडि परिनेछ ।

तपाईको प्रतिक्रिया