ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।                  पञ्चाङ्ग÷राशी र वारवेला

श्रीसूर्य दक्षिणायन शरद ऋतु,साधारण नाम संवत्सर, शाके १९३९,विक्रसम्वत २०७४ साल कार्तिक २६ गते आइतबार नेपालसम्बत ११३८ कछलागा,सन् २०१७ नोभेम्बर १२ तारिक कृष्णपक्ष नवमी तिथि अपरान्ह ४ वजेर २५ मिनेटसम्म, मघा नक्षत्र अपरान्ह ३ वजेर ५३ मिनेटसम्म, ब्रह्मयोग, गरकरण, आनन्दादियोग मुद्गर,सूर्य तुला राशीमा,चन्द्रमा सिंह राशीमा ।

सूर्योदयबाट प्रात ७÷४४ वजेसम्म उद्वेग वेला,७÷४४ वजे देखि ९÷५ वजेसम्म चर वेला,९÷५ देखि १०÷२५ वजेसम्म लाभ वेला,१०÷२५ देखि ११÷४६ वजेसम्म अमृत वेला,११÷४६ देखि १÷६ वजेसम्म काल वेला,१÷६ देखि २÷२७ वजेसम्म शुुभ वेला, २÷२७ देखि ३ वजेर ४८ मिनेटसम्म रोग र ३ वजेर ४८ मिनेट देखि सूर्यास्त सम्म उद्वेग वेला रहनेछ । “जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” । ( नोटः– काल भन्दा उद्वेग,उद्वेग भन्दा चर,चर भन्दा शुभ,शुभ भन्दा लाभ र लाभ भन्दा अमृत वेला राम्रो मानिन्छ ) ज्योतिष पंडितः–वेदनिधि तिमिल्सिना, पोखरा, इमेलः [email protected] 

मेष

अरुको काम गरेर जश कम मिल्नेछ । अन्योलता बढ्नेछ । गर्न खोजेका कममा विभिन्न खालका समस्या आउने छन् । धन सम्पतिको विषयलाई लिएर विवाद पर्न सक्छ । 

बृष

समय त्यति अनुकुल देखिन्न । गरेका काम विग्रिने  देखिन्छ । व्यापार व्यवसायबाट आय आर्जन घट्नेछ । कामको बीचमा विचार परिवर्तन नगर्नु होला । मनमुटाव बढ्न सक्छ ।

मिथुन

धैर्यता पूर्वक काम गर्नु होला गरेका काम सफल हुनेछन् । बोलिको प्रभाव थोरै पर्ने छ । आर्थिक कारोवार गर्दा सोच विचार गर्नु होला नत्र दिएको धन डुब्न सक्छ । सहयोग सहानुभूति प्राप्त हुनेछ ।

कर्कट

अस्थिरता बढ्न सक्छ स्थिर भएर काम गर्नु होला,लगनशिल भई गरेका काम सफल हुनेछन् । व्यापर व्यवसायबाट आम्दानी सन्तोषजनक नै होला । स्वतन्त्र व्यापार फलदायी देखिन्छ । 

सिंह

समयले सामान्यतया साथ दिने देखिन्छ । गरेका काम सफल हुनेछन् । सहयोगी हात भेटिने छन् । आम्दानी बढ्नेछ । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ । काम गर्ने उत्साहा बढ्नेछ ।

कन्या

समय प्रतिकुल छ काम गर्दा विचार पु¥याउनु होला । जोखिम मोलेर काम गर्दा घाटा हुनेछ । अनावस्यक काममा समय र धन खर्च हुनसक्छ । व्यापार व्यवसायमा गिरावट आउने देखिन्छ ।  

तुला

ग्रह,गोचर सामान्य देखिन्छ । काम गर्न सके दाम र नाम दुर्व आर्जन गर्न सकिने छ । कुनै पनि क्षेत्रबाट आफुले सोचे जस्ता लाभ भने नहुन सक्छ । सामाजिक कामबाट प्रतिष्ठा बढ्नेछ ।

बृश्चिक

भाग्यले थोरै साथ दिनेछ । परोपकारी काम हुनेछन् । आस्था र विश्वास बढ्नेछ । आफ्नो कामले  विस्तारै गति लिनेछ । परिवारिक सुख थोरै मिल्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ ।

धनु

आफ्नो धन अरुको लागि खर्च गर्नु पर्ला । स्वास्थ्यमा लगानी बढ्न सक्छ । मानसिक चिन्ता बढ्ने छ । लेनदेन कारोवारमा अवरोध आउन सक्छ । व्यापार व्यवसायमा मन्दि आउनेछ । 

मकर

समयले कम साथ दिनेछ । दैनिक काम काजमा अवरोध आउन सक्छ । व्यापार व्यवसायबाट सोचे जस्ता लाभ लिन सकिने छैन । फजुल खर्च बढ्नेछ । तनाव पनि बढ्नेछ ।

कुम्भ

मुद्धा मामिलामा विजया हात लाग्ने छ । प्रतिश्पर्धात्म काम सफल हुने छन् । मिलेर भन्दा एक्लै गरेका काम बढि सफल होलान् । व्यापारमा क्रमिक सुधार आउने छ ।

मीन

दिन मध्यम खालको छ,विचार पूर्वक काम गर्नु होला । शत्रु बढ्ने छन् । पठन पाठन कार्यमा आफुले सोचे जस्तो सफलता मिल्ने छैन । आत्मविश्वासका साथ काममा लाग्नु होला सफल हुनुहुनेछ । 

तपाईको प्रतिक्रिया