नमो भगवते वासुदेवाय सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः                   पञ्चाङ्ग÷राशी वारवेला

श्रीसूर्य दक्षिणायन शरद ऋतु,साधारण नाम संवत्सर, शाके १९३९,विक्रसम्वत २०७४ साल कार्तिक २४ गते शुक्रबार नेपाल सम्बत ११३८ कछलागा,सन् २०१७ नोभेम्बर १० तारिक कृष्णपक्ष सप्तमी तिथि राती वजेर ५५ मिनेटसम्म, तिष्य नक्षत्र साँझ वजेर मिनेटसम्म, शुभयोग, विष्टिकरण,आनन्दादियोग उत्पात,सूर्य तुला राशीमा,चन्द्रमा कर्कट राशीमा 

सूर्योदयबाट प्रात ७÷४३ वजेसम्म चर वेला,७÷४३ वजे देखि ९÷४ वजेसम्म लाभ वेला,९÷४ देखि १०÷२५ वजेसम्म अमृत वेला,१०÷२५ देखि ११÷४६ वजेसम्म काल वेला,११÷४६ देखि १÷७ वजेसम्म शुभ वेला,१÷७ देखि २÷२९ वजेसम्म रोग वेला, २÷२९ देखि ३ वजेर ५१ मिनेटसम्म उद्वेग र ३ वजेर ५१ मिनेट देखि सूर्यास्त सम्म चर वेला रहनेछ । “जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” । ( नोटः– काल भन्दा उद्वेग,उद्वेग भन्दा चर,चर भन्दा शुभ,शुभ भन्दा लाभ र लाभ भन्दा अमृत वेला राम्रो मानिन्छ ) ज्योतिष पंडितः–वेदनिधि तिमिल्सिना, पोखरा, इमेलः [email protected] 

 

मेष

कर्म हिनताको बाटो हिडाई बढि हुनसक्छ । भौतिक तथा आध्यात्मिक सुख,शान्तिमा कमि आउनेछ । अनावस्यक विषयमा विवाद पर्नेछ । शारीरिक शिथिलता बढ्नेछ । रोग व्याधिको प्रकोप देखिन्छ ।

बृष

कार्य व्यस्तता बढि हुनेछ । कार्य क्षमतामा कमि आउने छैन । नयाँ कामको अवसर आउन सक्छ । अर्थ व्यवस्था अनुकुल रहनेछ । शत्रु परास्त हुनेछन् । व्यापार व्यवसायमा उन्नति प्रगति हुनेछ ।

मिथुन

मन विचलित हुनसक्छ । आर्थिक कारोवारमा सचेत रहनुहोला,ऋण लगानी नगर्नु होला डुब्न सक्छ । विश्वास गरेकाले धोका दिन सक्छन् । प्रयत्नपूर्वक गरेका काम भने सफल हुने देखिन्छ ।

कर्कट

शारीरिक एवं मानसिक स्फूर्ति बढ्नेछ । कुनै पनि काम गर्न पछि परिने छैन । घरपरिवारका समस्या समाधान हुनेछन् । सामाजिक प्रतिष्ठा बढ्नेछ । स्वतन्त्र व्यापार व्यवसायमा सुधार आउनेछ ।

सिंह

समयले साथ दिने देखिन्न । अनावस्यक काममा समय खर्च हुनेछ । फजुल खर्च बढ्नेछ । व्यापार व्यवसायबाट उचित प्रतिफल पाईनेछैन । काम गर्दा विवाद बढ्नेछ । झुट्टा आरोप लाग्न सक्छ ।

कन्या

हतारमा कुनै निर्णय नलिनु होला । आकस्मिक आम्दानीको योग देखिन्छ । व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुनेछ । घरपरिवारबाट सहयोग पाईनेछ । उत्सवमा भाग लिन पाईनेछ ।

तुला

आफ्नो काम गर्न आफै अग्रसर हुनु उचित हुनेछ । काममा देखिएका समस्या समाधान भएर जानेछन् । काम गरेर दाम कमाउने अवसर आउनेछ । सामाजिक काममा अभिरुची बढ्नेछ ।

बृश्चिक

मानसिक तनावमा कमि आउनेछ । फलदायी धार्मिक यात्राको योग देखिन्छ । आफ्ना काम भन्दा अरुका काम बढि गर्नु पर्ला । काम गरेर जश कम मिल्नेछ । आर्थिक क्षेत्र कमजोर रहला ।

धनु

प्रतिकुल परिस्थितिमा काम गर्नु पर्ला । शारीरिक दूर्वलता बढ्नेछ । अहार विहारका कारण स्वास्थ्यमा समस्या आउनेछ । व्यापारमा गिरावट आउनेछ । सहयोग गर्ने भन्दा खुट्टो तान्ने बढि हुनेछन् ।

मकर

जीवन साथिको सहयोगमा महत्वपूर्ण काम हुनेछन् । वैदेशिक कार्य क्षेत्र राम्रो देखिन्छ । प्रयत्न गरेमा नयाँ कामको अवसर आउन सक्छ । व्यापारमा सुधार आउनेछ । साझेदारी काममा हात नहाल्नु होला ।

कुम्भ

विरोधीको बक्रदृष्टि पर्ने छ काम गर्दा सतर्क भई गर्नु होला । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । ऋणमा काम नगर्नु होला ।

मीन

समयमा निर्णय लिन नसक्दा अवसर गुम्नेछ । यात्रामा कठिनाई उत्पन्न हुनसक्छ । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । चिन्ताले छोड्ने छैन । पढाई लेखाईमा अवनति हुनेछ । प्रेममा धोका हुनसक्छ ।

तपाईको प्रतिक्रिया