ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।                  पञ्चाङ्ग÷राशी र वारवेला

श्रीसूर्य दक्षिणायन शरद ऋतु, साधारण नाम संवत्सर, शाके १९३९,विक्रसम्वत २०७४ साल कार्तिक २३ गते विहिबार नेपाल सम्बत ११३८ कछलागा,सन् २०१७ नोभेम्बर ९ तारिक कृष्णपक्ष षष्ठी तिथि राती १० वजेर ३ मिनेटसम्म, पुनर्वसु नक्षत्र राती ७ वजेर ३० मिनेटसम्म, साध्ययोग, गरकरण,आनन्दादियोग सिद्धि,सूर्य तुला राशीमा,चन्द्रमा अपरान्ह १ वजेर ५४ मिनेटसम्म मिथुन उप्रान्त कर्कट राशीमा ।

सूर्योदयबाट प्रात ७÷४३ वजेसम्म शुभ वेला,७÷४३ वजे देखि ९÷४ वजेसम्म रोग वेला,९÷४ देखि १०÷२५ वजेसम्म उद्वेग वेला,१०÷२५ देखि ११÷४६ वजेसम्म चर वेला,११÷४६ देखि १÷८ वजेसम्म लाभ वेला,१÷८ देखि २÷३० वजेसम्म अमृत वेला, २÷३० देखि ३ वजेर ५२ मिनेटसम्म काल र ३ वजेर ५२ मिनेट देखि सूर्यास्त सम्म शुभ वेला रहनेछ । “जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” । ( नोटः– काल भन्दा उद्वेग,उद्वेग भन्दा चर,चर भन्दा शुभ,शुभ भन्दा लाभ र लाभ भन्दा अमृत वेला राम्रो मानिन्छ ) ज्योतिष पंडितः–वेदनिधि तिमिल्सिना, पोखरा, इमेलः [email protected] 

मेष

मध्यान्ह पूर्व गरेका अधिकाँश काम सफल हुनेछन् । अपरान्ह देखि समय प्रतिकुल बन्दै छ विचार गरेर काम गर्नु होला । घरयासी समस्या बढ्ने छन् । बन्न लागेका काम रोकिन सक्छन् । आफन्तले धोका दिने छन् ।

बृष

साथि भाईका कारण काममा ढिलाई हुन सक्छ । दत्त चित्त भएर काममा लाग्नु होला । मनमा भ्रम पालेर नबस्नु होला । आर्थिक कारोवार गर्दा सजग रहनु होला । अपरान्हबाट समयले पूर्ण साथ दिनेछ ।

मिथुन

आर्थिक प्रलोभनमा परेर काम नगर्नु होला । धैर्यता पूर्वक गरेका काम सफल हुनेछन् । काम साच्ने कुरा नगर्नु होला । कसैले धन माग्यो भनेर दिने काम नगर्नु होला । अपरान्हबाट समयले कम साथ दिनेछ ।

कर्कट

खर्च व्यवस्थापन गर्न नसके आर्थिक समस्यामा परिनेछ । काम गरेर लाभ लिन सकिने छैन । अनावस्यक काम कुरामा समय खर्च हुनेछ । व्यर्थको घुमाई फिराई हुनेछ । तर अपरान्हबाट समयले साथ दिनेछ ।

सिंह

मध्यान्ह पछि सम्भावनाहरु क्षिण भएर जाने छन् । कुनै काम गर्नु छ भने मध्यान्ह पूर्व गर्नु होला । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन । काम गर्दा दुःख,कष्ट हैरानी बढि हुनेछ ।

कन्या

आज काम दाम र नाम प्राप्त हुनेछ । विगतमा गर्न नसकिएका काम आज हुने छन् । नसोचेका ठाँउबाट धन आउन सक्छ । काम गर्दा कुरालाई भन्दा कामलाई बढि महत्व दिनु होला ।

तुला

सुधारका संकेत देखिने छन् । कामले गति लिनेछ । नोकरी तथा राजनीतिमा नयाँ अवसरको खोजी हुनेछ । घरमा भन्दा घर बाहिर बसेर काम गर्दा सजिलो हुनेछ । मनबाट दुविधा हटेर जानेछ ।

बृश्चिक

समयले साथ दिएको देखिदैन । काम गर्दा विभिन्न समस्या झेल्नु पर्ला । जोखिम मोलेर काम नगर्नु होला । आर्थिक कारोवारमा विवाद पर्न सक्छ । मध्यान्ह पछि समयमा थोरै सुधार आउनेछ ।

धनु

आएको अवसर गुम्न सक्छ समयमा सतर्क रहनु होला । मध्यान्ह पूर्व गरेका काम प्राय सफल हुनेछन् । अपरान्हबाट समयले साथ दिने छैन । आर्थिक कारोवारमा टाउको दुखाई हुनेछ । स्वास्थ्य कमजोर बन्नेछ ।

मकर

शत्रु माथि विजय प्राप्त हुनेछ । प्रतिश्पर्धात्मक काममा सफलता मिल्नेछ । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन् । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ । विदेश यात्राको योग देखिन्छ ।

कुम्भ

इच्छाशक्ति बढि हुने छ भने काम थोरै कुरा धेरै हुने छन् । व्यापार व्यवसायमा खासै प्रगति हुने देखिन्न । परिवारमा मनमुटाव बढ्न सक्छ । आर्थिक कारोवारमा विवाद पर्नेछ । स्वास्थ्य कमजोर बन्नेछ ।

मीन

समस्याको जालोबाट उम्केर अगाडि बढ्नु पर्ने देखिन्छ । घरका कुरामा मात्रै अल्झिनु भयो भने आयमुलक काममा प्रगति हुने छैन । मिलेर काम नगर्नु होला । मेहनतपूर्वक गरेका काम सफलता हुनेछन् ।

तपाईको प्रतिक्रिया