ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।                  पञ्चाङ्ग÷राशी र वारवेला

श्रीसूर्य दक्षिणायन शरद ऋतु, साधारण नाम संवत्सर, शाके १९३९,विक्रसम्वत २०७४ साल कार्तिक २२ गते बुधबार नेपाल सम्बत ११३८ कछलागा,सन् २०१७ नोभेम्बर ८ तारिक कृष्णपक्ष पञ्चमी तिथि राती १२ वजेर २१ मिनेटसम्म, आद्र्रा नक्षत्र राती ९ वजेर ६ मिनेटसम्म, सिद्धियोग,कौलवकरण,आनन्दादियोग मुसल,सूर्य तुला राशीमा,चन्द्रमा मिथुन राशीमा ।

सूर्योदयबाट प्रात ७÷४२ वजेसम्म लाभ वेला,७÷४२ वजे देखि ९÷३ वजेसम्म अमृत वेला,९÷३ देखि १०÷२५ वजेसम्म काल वेला,१०÷२५ देखि ११÷४६ वजेसम्म शुभ वेला,११÷४६ देखि १÷८ वजेसम्म रोग वेला,१÷८ देखि २÷३० वजेसम्म उद्वेग वेला, २÷३० देखि ३ वजेर ५२ मिनेटसम्म चर र ३ वजेर ५२ मिनेट देखि सूर्यास्त सम्म लाभ वेला रहनेछ । “जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” । ( नोटः– काल भन्दा उद्वेग,उद्वेग भन्दा चर,चर भन्दा शुभ,शुभ भन्दा लाभ र लाभ भन्दा अमृत वेला राम्रो मानिन्छ ) ज्योतिष पंडितः–वेदनिधि तिमिल्सिना, पोखरा, इमेलः [email protected] 

मेष

सवै समस्याको समाधान आफ्नै पहलमा हुने छन् । काम गर्ने जोश जागर बढ्नेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । साथि भाई इष्टमित्रबाट सहयोग मिल्नेछ ।

बृष

अरुको भरमा कुनै काम नगर्नु होला । आफ्नै प्रयासमा काम बन्ने छन् । आर्थिक संरचनालाई नचलाउनु होला । स्थान परिर्वन गर्न मन लाग्ने छ । आफन्तका कारण विवाद पर्न सक्छ ।

मिथुन

आफ्नो काममा दत्तचित्त भएर लाग्नु होला अवश्यमेव सफलता मिल्नेछ । आर्थिक कारण काममा सामान्य समस्या आउन सक्छ,त्यो प्रयत्नबाट नै समाधान गर्न सकिने छ ।

कर्कट

व्यय विचार बढ्ने छ । व्यापार व्यवसायमा गिरावट आउन सक्छ । काममा भन्दा अनावस्यक काममा समय र धन लगानी हुने देखिन्छ । विवाद पर्न सक्ने कुरालाई पनि नकार्न सकिन्न ।

सिंह

आय आर्जन बढ्ने छ त्यसलाई बचाएर राख्ने प्रयत्न गर्नु होला । नोकरी तथा राजनीतिमा नयाँ ठाँउ मिल्न सक्छ । काम गरेर दाम कमाउन सकिने छ । विरोधीसँगको लडाई जितिने छ ।

कन्या

अधुरा रहेका कामले गतिलिने छ । नयाँ कामको अवसर आउन सक्ने कुरालाई नकार्न सकिन्न । आर्थिक क्षेत्रमा सुधारका संकेत देखिने छन् । सामाजिक प्रतिष्ठा बढ्नेछ ।

तुला

धार्मिक विश्वास बढ्नेछ । फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न । अरुको काममा समय दिदा आफ्ना काम धेरै अधुरा रहन सक्छन् । आफ्नो इज्जतको ख्याल राख्नु होला ।

बृश्चिक

भाग्यमा अवरोध आउनेछ । अनावस्यक काममा समय खेर जानेछ । बन्न लागेका काम विग्रिने छन् । व्यापार व्यवसायमा गिरावट आउनेछ । स्वास्थ्यमा समस्या आउला ।

धनु

काममा सामान्य समस्या देखिने छन् तर ती सवै प्रयत्नबाट समाधान भएर जानेछन् । व्यापार व्यवसायमा सुधार आउनेछ । अर्थ अभावका कारण नयाँ काममा केहि अप्ठ्यारो आउन सक्छ ।

मकर

विदेश यात्रामा अवरोध आउन सक्छ तर व्यापार व्यवसायमा भने सुधार आउने छ । विरोधीको सक्रियता बढ्ने हुदा काम गर्दा सजग रहनु होला । मनमा एक प्रकारको चिन्ता रहि रहनेछ ।

कुम्भ

काम प्रतिको चासो बढे पनि के गर्ने के नगर्ने भन्ने कुरामा अलमल हुन सक्छ,जसको फाइदा अरुले उठाउन खोज्ने छन् । व्यापार व्यवसायमा आफुले सोचे जस्तो प्रगति हुने छैन ।

मीन

घरयासी कुरामा बढि केन्द्रित हुनु पर्ला । आलस्यता बढ्न सक्छ । अनावस्यक कुरामा अल्झिने सम्भावना बढि छ । व्यापार व्यवसायमा धेरै प्रगति हुने देखिन्न । मन चञ्चल हुन सक्छ ।

तपाईको प्रतिक्रिया