ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग÷राशी र वारवेला श्रीसूर्य दक्षिणायन शरद ऋतु, साधारण नाम संवत्सर, शाके १९३९,विक्रसम्वत २०७४ साल कार्तिक २१ गते मंगलबार नेपाल सम्बत ११३८ कछलागा,सन् २०१७ नोभेम्बर ७ तारिक कृष्णपक्ष चौथी तिथि राती २ वजेर ४४ मिनेटसम्म, मृगशिरा नक्षत्र राती १० वजेर ४७ मिनेटसम्म, शिवयोग, बवकरण, आनन्दादियोग रक्ष, सूर्य तुला राशीमा,चन्द्रमा विहान ११ वजेर ३७ मिनेटसम्म वृष उप्रान्त मिथुन राशीमा । सूर्योदयबाट प्रात ७÷४१ वजेसम्म रोग वेला,७÷४१ वजे देखि ९÷३ वजेसम्म उद्वेग वेला,९÷३ देखि १०÷२५ वजेसम्म चर वेला,१०÷२५ देखि ११÷४७ वजेसम्म लाभ वेला,११÷४७ देखि १÷९ वजेसम्म अमृत वेला,१÷९ देखि २÷३१ वजेसम्म काल वेला, २÷३१ देखि ३ वजेर ५३ मिनेटसम्म शुभ र ३ वजेर ५३ मिनेट देखि सूर्यास्त सम्म रोग वेला रहनेछ । “जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” । ( नोटः– काल भन्दा उद्वेग,उद्वेग भन्दा चर,चर भन्दा शुभ,शुभ भन्दा लाभ र लाभ भन्दा अमृत वेला राम्रो मानिन्छ ) ज्योतिष पंडितः–वेदनिधि तिमिल्सिना, पोखरा, इमेलः [email protected] 

मेष

मध्यान्ह सम्म समयले कमै साथ दिनेछ आर्थिक कारोवारमा सचेत रहनु होला भने उप्रान्त समय अनुकुल बन्नेछ । काम गर्ने जोश जागर बढ्नेछ । व्यापार व्यवसायबाट लाभ हुनेछ । आफन्तहरु सकरात्मक हुनेछन् ।

बृष

प्रातकाल जति अनुकुल मध्यान्ह पछिको समय हुने छैन । आफन्तका कारण आर्थिक क्षय वेहोर्नु पर्ला । प्रयत्न नगरि काम हुने छैनन । विवादित काममा हात नहाल्नु होला । व्यापार व्यवसायबाट स्वल्प लाभ हुनेछ ।  

मिथुन

विस्तारै समय अनुकुल बन्नेछ । काम गरेर पूर्ण सन्तुष्टि मिल्ने छैन । आफ्ना काम भन्दा बाहिरी काम बढि हुनेछन् । मध्यान्हबाट समयले पूर्ण साथ दिनेछ । व्यापार व्यवसायमा देखिएका समस्या कम हुने छन् ।  

कर्कट

प्रातकालमा गरेका काम सफल हुनेछन् । मध्यान्ह पछि समय प्रतिकुल हुनेछ । काममा विभिन्न समस्या आउने देखिन्छ । काम गरेर आफुलाई भन्दा अरुलाई बढि हुनेछ । धैर्यपूर्वक काम गर्नु होला नत्र नोक्सान हुनेछ ।   

सिंह

समयमा क्रमिक सुधार आउनेछ । अर्थ व्यवस्था राम्रो हुदै जानेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । काम गरेर धन कमाउने अवसर प्राप्त हुनेछ । सम्बन्धमा सुधार आउनेछ । सहयोग मिल्नेछ ।   

कन्या

दिनको पूर्वाद्र्ध भन्दा उत्तराद्र्ध राम्रो देखिन्छ । विश्वासको संकट हट्नेछ । आम्दानीका क्षेत्र कमजोर देखिन्छ । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छ । सामाजिक काममा अभिरुची बढ्नेछ ।  

तुला

आम्दानी खर्च बरावरै जस्तो हुनेछ । काम गर्दा विवादमा नपर्नु होला । घरको वातावरण आफुले सोचे जस्तो हुने छैन । व्यापारमा मन्दि आउन सक्छ । काम गर्दा अलमल बढि हुनेछ । तनावमा थोरै कमि आउनेछ ।

बृश्चिक

मध्यान्ह पूर्व गरेका काम सफल हुनेछन् । उप्रान्त समय प्रतिकुल बन्दै छ नयाँ काममा हात नहाल्नु होला । खानपानका कारण स्वास्थ्य कमजोर बन्नेछ । अनावस्यक काममा समय र धन खर्च हुनेछ ।  

धनु

समय सुधारोन्मुख छ । प्रेमिकाको सहयोगमा काम बन्ने छन् । पढाई लेखाईमा भन्दा मनोरञ्जनमा मन जानेछ । नेतृत्व गरेर विदेश जाने अवसर प्राप्त हुन सक्छ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

मकर

पूर्ण अनुकुल बातावरणमा काम गर्न पाईने छैन । विरोधीको सक्रियता विस्तारै बढ्ने हुदा कार्य गोपनियता अप्नाई काम गर्नु होला । अरुको काम गरेर जश पाईने छैन ।  यत्नपूर्वक गरेका काम सफल हुने छन् ।

कुम्भ

समयमा निणर्य लिने काम गर्नु होला । अरुको मुख ताकेर बसेमा अवसर गुम्नेछ । हतारमा निणर्य गर्दा काम विग्रिन सक्छन् । व्यापारमा खासै प्रगति हुने छैन । यात्रा कष्टपूर्ण हुनेछ । आम्दानी खर्च वरावरै जस्तो हुनेछ ।   

मीन

समयमा काम गर्नु होला । प्रातकाल सामान्य अनुकुल देखिए तापनि अपरान्ह देखि समय प्रतिकुल हुनेछ । समस्या बढ्ने देखिन्छ । गरेका कामले पूर्णता पाउने छैन । व्यापार व्यवसायमा मन्दि आउनेछ । चिन्ता बढ्नेछ ।

तपाईको प्रतिक्रिया