ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग÷राशी र वारवेला श्रीसूर्य दक्षिणायन शरद ऋतु, साधारण नाम संवत्सर, शाके १९३९,विक्रसम्वत २०७४ साल कार्तिक २० गते सोमबार नेपाल सम्बत ११३८ कछलागा,सन् २०१७ नोभेम्बर ६ तारिक कृष्णपक्ष द्वितीया तिथि विहान ७ वजेर २४ मिनेटसम्म, रोहिणी नक्षत्र राती १२ वजेर २६ मिनेटसम्म, परिघयोग, गरकरण, आनन्दादियोग प्रवद्र्ध, सूर्य तुला राशीमा,चन्द्रमा वृष राशीमा । सूर्योदयबाट प्रात ७÷४१ वजेसम्म अमृत वेला,७÷४१ वजे देखि ९÷३ वजेसम्म काल वेला,९÷३ देखि १०÷२५ वजेसम्म शुभ वेला,१०÷२५ देखि ११÷४७ वजेसम्म रोग वेला,११÷४७ देखि १÷९ वजेसम्म उद्वेग वेला,१÷९ देखि २÷३१ वजेसम्म चर वेला, २÷३१ देखि ३ वजेर ५३ मिनेटसम्म लाभ र ३ वजेर ५३ मिनेट देखि सूर्यास्त सम्म अमृत वेला रहनेछ । “जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” । ( नोटः– काल भन्दा उद्वेग,उद्वेग भन्दा चर,चर भन्दा शुभ,शुभ भन्दा लाभ र लाभ भन्दा अमृत वेला राम्रो मानिन्छ ) ज्योतिष पंडितः–वेदनिधि तिमिल्सिना, पोखरा, इमेलः [email protected] 

मेष

भ्रममा पारेर अरुले फाइदा लिने प्रयत्न गर्ने छन्् सतर्क भई काम गर्नु होला । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । आम्दानी र कर्म क्षेत्र कमजोर देखिन्छ । प्रयत्न नगरि कुनै काम बन्ने छैनन ।

बृष

ग्रह,गोचर सामान्यतया अनुकुल नै देखिन्छ । प्रयत्न गरेमा धेरै काम सम्पादन हुनेछन् । मित्रहरुको सहयोग मिल्नेछ । आर्थिक उन्नतिका सम्भावना प्रशस्त देखिने छन् । उत्तम भोजन र आसन प्रप्तिको योग देखिन्छ ।

मिथुन

पाइला पाईलामा विचार पु¥याउनु होला । आर्थिक कारोवारहरु विग्रिन सक्छन सचेत रहनु होला । अनावस्यक खर्च वृद्धिले आर्थिक समस्या ल्याउने छ । नगरेका कामको अपयश लिनु पर्ने अवस्था आउन सक्छ ।

कर्कट

नसोचेका ठाँउबाट धन आउनेछ । गरेका कामबाट धेर थोर लाभ लिन सकिने छ । मित्रहरुको सहयोग मिल्नेछ । बक्यौता रकम उठ्नेछ । औषधि चिकित्सा जस्ता व्यापार व्यवसायबाट मुनाफा हुनेछ ।

सिंह

समग्रमा दिन अनुकुल नै देखिन्छ । खर्च मात्रै गरेर काम सफल गर्छु भन्ने मानसिकता त्याग्नु होला । गरेका काममा सोचे भन्दा राम्रो प्रगति हुनेछ । पेशा परिर्वतनको चाहान बढ्न सक्छ ।

कन्या

इज्जत प्रतिष्ठामा आच आउन सक्छ । अनावस्यक विषय बस्तुमा चासो नदिनु होला । अरुको कल्याण गर्न खोज्दा आफ्नो अकल्याण हुनेछ । अनिश्चितता बढ्नेछ । काममा ढिला सुस्ति हुनेछ ।  

तुला

काममा अवरोध आउने छ । नोकरीमा समस्या नआउलान् भन्न सकिन्न । भौतिक तथा आध्यात्मिक सुखमा कमी आउने छ । संचित धनको नास हुनेछ । कारोवारमा गिरावट आउने छ । व्यापार घट्नेछ ।

बृश्चिक

रजोगुण बढ्ने छ । भाग्यले साथ दिनेछ । पढाई लेखाईमा प्रगति कम हुने देखिन्छ । आयत निर्यात व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । विदेश यात्राको सम्भावना प्रवल देखिन्छ ।   

धनु

विरोधीसँगको मुद्धामा विजय पं्राप्त हुनेछ । खेलाडीको लागि दिन अनुकुल छ । कार्य योजना बनाएर मात्र काममा लाग्नु होला,विना तयारी काममा लागे दुख पाईनेछ,सफलता कम मिल्नेछ ।

मकर

अन्योलता बढ्नेछ । भ्रमलाई चिरेर अगाडि बढ्नु पर्ने देखिन्छ । आवेगमा आएर कुनै पनि निर्णय नलिनु होला । काममा सानातिना समस्या आउने छन् । जीवन साथिको सहयोग अल्प हुनेछ । स्वल्प लाभ होला ।  

कुम्भ

स्वास्थ्य कमजोर बन्न सक्छ । घरको बातावरण खलबलिन सक्छ । घर छोडेर अन्तै जान मन लाग्ने छ । उतार चढावको सामना गर्नु पर्ला । समयमा सोच्न सक्नु भएन भने क्षति धेरै हुनेछ । सहयोग कम मिल्नेछ ।

मीन

काम प्रतिको चासो बढ्ने छ । नयाँ कामको अवसर आउनेछ । उद्योग धन्दाबाट लाभ लिन सकिने छ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । सहयोगी भेटिने छन् । मिलेर काम नगर्नु होला ।

तपाईको प्रतिक्रिया