ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग÷राशी र वारवेला श्रीसूर्य दक्षिणायन शरद ऋतु, साधारण नाम संवत्सर, शाके १९३९,विक्रसम्वत २०७४ साल कार्तिक १९ गते आइतबार नेपाल सम्बत ११३८ कछलागा,सन् २०१७ नोभेम्बर ५ तारिक कृष्णपक्ष प्रतिपदा तिथि विहान ९ वजेर ३८ मिनेटसम्म, कृतिका नक्षत्र राती १ वजेर ५८ मिनेटसम्म, व्यतिपातयोग, कौलवकरण, आनन्दादियोग धूम्र,सूर्य तुला राशीमा, चन्द्रमा विहान ९ वजेर १ मिनेटसम्म मेष उप्रान्त वृष राशीमा । सूर्योदयबाट प्रात ७÷४० वजेसम्म उद्वेग वेला,७÷४० वजे देखि ९÷२ वजेसम्म चर वेला,९÷२ देखि १०÷२४ वजेसम्म लाभ वेला,१०÷२४ देखि ११÷४६ वजेसम्म अमृत वेला,११÷४६ देखि १÷८ वजेसम्म काल वेला,१÷८ देखि २÷३० वजेसम्म शुभ वेला, २÷३० देखि ३ वजेर ५२ मिनेटसम्म रोग र ३ वजेर ५२ मिनेट देखि सूर्यास्त सम्म उद्वेग वेला रहनेछ । “जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” । ( नोटः– काल भन्दा उद्वेग,उद्वेग भन्दा चर,चर भन्दा शुभ,शुभ भन्दा लाभ र लाभ भन्दा अमृत वेला राम्रो मानिन्छ ) ज्योतिष पंडितः–वेदनिधि तिमिल्सिना, पोखरा, इमेलः [email protected] 

मेष

प्रातकाल जति मध्यान्ह काल उत्तम हुने छैन । प्रायस प्रयत्नहरु सफल हुनेछन् । काम गर्दा सानातिना समस्या भने आईरहने छन् । धैर्यताको बाध नटुटाउनु होला सफल हुनुहुनेछ ।

बृष

प्रातकाल अशुभ देखिए तापनि मध्यान्हबाट समयले साथ दिनेछ । कार्य लगनशिलता बढ्नेछ । रोकिाएका कामले गति लिन थाल्नेछ । रमाईलाका अवसरहरु प्राप्त हुनेछन् । सम्बन्धमा सुधार आउनेछ ।

मिथुन

आत्मविश्वास त्यान्द्रो टुट्न सक्छ । देखिएका सम्भावना क्षीण भएर जानेछन् । खर्च बढ्ने संकेत देखिने छन् । व्यापार व्यवसायबाट सोचे जास्तो आम्दनी गर्न सकिने छैन ।

कर्कट

योजनाबद्ध ढंगबाट अगाडि बढ्नु होला । समयले साथ दिनेछ । राजनीति यात्रा अगाडि बढ्नेछ । नयाँ अवसर प्राप्त हुन सक्छ । व्यापार व्यवसायमा सुधार आउनेछ ।

सिंह

विश्वासमा लिएर काम गर्नु होला । समयको गति सगै सुधारका संकेत देखा पर्ने छन् । रोकिएका कामले गति लिनेछ । मनबाट भय त्रास हटेर जोनछ । व्यापारबाट लाभ कम हुनेछ ।

कन्या

परिस्थितिले साथ दिने देखिन्न । गलत विचार बढ्नेछ । काम गरेर हात लाग्यो शून्य हुनसक्छ । व्यापारमा नोक्सान हुनेछ । स्वास्थ्य कमजोर बन्नेछ । गलत सुचना प्राप्त हुनेछ ।

तुला

कार्य योजना पछाडि धकेलिने छन् । सहयात्री सँग विवाद बढ्नेछ । देखिएका सम्भावना क्षीण भएर जानेछन् । औषधीमूलोमा खर्च बढ्नेछ । व्यापार व्यवसायमा मन्दि आउनेछ ।

बृश्चिक

काम गरेर जश लिने वेला आएको छ । परिश्रमको फल चाख्न पाईनेछ । विरोधी सँगको लडाईमा विजय प्राप्त हुनेछ । नयाँ कार्य योजनाहरु अगाडि बढ्ने छन् ।

धनु

शारीरिक दुर्वलता बढ्नेछ । लेनदेन कारोवार गर्दा विवाद बढ्न सक्छ । ऋणको मात्रा बढ्ने देखिन्छ । सहयोग गर्ने भन्दा खुट्टो तान्ने बढि हुनेछन् । मनमा शान्ति मिल्ने छैन ।

मकर

मनमा दुविधा बढ्नेछ । पढाई लेखाईमा कम ध्यान जानेछ । विचारमा विचलन आउन सक्छ । समयमा सोच्न नसक्दा अवसर गुम्न सक्छ । प्रेमिका सँग झगडा पर्न सक्छ । मिलेर काम नगर्नु होला ।

कुम्भ

पारिवारिक समस्या बढ्ने देखिन्छ । शरीरिक एवं मानसिक दुर्वलता बढ्नेछ । काम काज सहज रुपमा अगाडि बढ्ने छैनन । सहयोगी कमै भेटिने छन् । खर्च व्यवस्थापन गर्न गाह्रो हुनेछ ।

मीन

गरेका अधिकाँश काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । कामको बोझ थोरै बढ्नेछ । कार्य गोपनियता अप्नाउनु होला । नयाँ कामाको अवसर आउन सक्छ ।

तपाईको प्रतिक्रिया