ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग÷राशी र वारवेला श्रीसूर्य दक्षिणायन शरद ऋतु, साधारण नाम संवत्सर, शाके १९३९,विक्रसम्वत २०७४ साल कार्तिक १८ गते शनिबार नेपाल सम्बत ११३८ कछलाथ्व,सन् २०१७ नोभेम्बर ४ तारिक शुक्लपक्ष पूर्णिमा तिथि विहान ११ वजेर २४ मिनेटसम्म, भरुणी नक्षत्र राती ३ वजेर २० मिनेटसम्म, सिद्धियोग, बवकरण, आनन्दादियोग ध्वाँक्ष,सूर्य तुला राशीमा, चन्द्रमा मेष राशीमा । सूर्योदयबाट प्रात ७÷४० वजेसम्म काल वेला,७÷४० वजे देखि ९÷२ वजेसम्म शुभ वेला,९÷२ देखि १०÷२५ वजेसम्म रोग वेला,१०÷२५ देखि ११÷४८ वजेसम्म उद्वेग वेला,११÷४५ देखि १÷१० वजेसम्म चर वेला,१÷१० देखि २÷३२ वजेसम्म लाभ वेला, २÷३२ देखि ३ वजेर ५४ मिनेटसम्म अमृत वेला र ३ वजेर ५४ मिनेट देखि सूर्यास्त सम्म काल वेला रहनेछ । “जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” । ( नोटः– काल भन्दा उद्वेग,उद्वेग भन्दा चर,चर भन्दा शुभ,शुभ भन्दा लाभ र लाभ भन्दा अमृत वेला राम्रो मानिन्छ ) ज्योतिष पंडितः–वेदनिधि तिमिल्सिना, पोखरा, इमेलः [email protected] 

मेष

समयले साथ दिनेछ । गुमेको ठाँउ पुन प्राप्त हुनेछ । शारीरिक एवं मानसिक रुपमा काम गर्न सक्षमा हुनुहुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । कामलाई निरन्तरता दिनु होला । उत्तम भोजन र आसन प्राप्तिको योगछ ।

बृष

शारीरिक शिथिलता बढ्नेछ । काम काजमा अवरोध आउन सक्ने कुरालाई नकार्न सकिन्न । व्यर्थको घुमाई बढि हुनेछ । जोखिम मोलेर काम नगर्नु होला । खर्च बढे पनि उचित ठाँउमा हुनेछ । सहयोगी हातहरु खुम्चिने छन् ।

मिथुन

आम्दानीका हिसावले दिन अनुकुल देखिन्छ । व्यापार व्यवसायबाट आय आर्जन राम्रो हुनेछ । घर परिवारमा सुख,शान्ति मिल्नेछ । सहास धैर्यता बढ्नेछ । रोकिएको धन आउन सक्छ । सामान्य सहयोग मिल्नेछ ।

कर्कट

दिन उत्तम रहेकोछ । काम काजमा प्रगति हुनेछ । गरेका कामबाट लाभ मात्र होईन इज्जत प्रतिष्ठा बढ्नेछ । नोकरी तथा राजनीतिमा अवसरको खोजी हुनेछ । समाजमा महत्वपूर्ण भूमिका निर्वाह गर्न पाईनेछ ।

सिंह

तनावमा कमि आउनेछ । आन्तरिक भन्दा बाह्य काम बढि हुनेछन् । त्यसमा पनि अरुका काम बढि हुने देखिन्छ । फलदायी यात्राको सम्भावना देखिन्छ । आर्थिक सन्तुलन मिलाउन गाह्रो हुनेछ । सहयोग कम प्राप्त हुनेछ ।

कन्या

दैनिक काम काजमा अवरोध आउने देखिन्छ । बन्न लागेका काम पनि विग्रिन सक्छन् । मनमा नानाथरिका कुरा खेल्ने छन् । मानसिक तनावमा वृद्धि हुनसक्छ । अकारण खर्च बढ्नेछ । सहयोगी पछि पर्ने छन् ।

तुला

दैनिका काम काजमा प्रगति हुनेछ । व्यापार व्यवसायमा नयाँ सम्भावनाहरु देखिनेछन् । जीवन साथिको सहयोगमा महत्वपूर्ण कामहरु हुने देखिन्छ । प्रयत्न गरेमा नयाँ काम हात पर्न सक्छ । काममा विलम्ब नगर्नु होला ।

बृश्चिक

मेहनतका साथ काम गर्नु होला अवस्य सफलता मिल्नेछ । अरुको भर विश्वासमा काम गर्नु भयो भने विग्रिने छन् । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ । पढाई लेखाई मन्द गतिमा अगाडि बढ्नेछ । ऋण बढ्न सक्छ ।

धनु

हतारमा गरेका कामले दुःख दिनेछ । समयलाई वुझ्न सकिएन भने अवसर गुम्नेछ । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । कारोवार गर्दा दुख हुनेछ । कार्य व्यवस्थापन फितलो हुनसक्छ । धन दिन काम नगर्नु होला ।  

मकर

आम्दानीको तुलनामा खर्च ज्यादा हुनेछ । काम गर्ने जागर मरेर आउनेछ । सतर्क रहनु होला,विवाद पर्न सक्छ । झुट्टा आश्वासन आउन सक्छ विश्वास नगर्नु होला । आरोप लगाने पनि कम हुने छैनन । व्यापारमा गिरावट आउनेछ ।

कुम्भ

ढिला नगरि समयलाई चिन्न सक्नु भयो भने उपलब्धि राम्रै हात लाग्नेछ । उद्योग,पराक्रम बढ्नेछ । नयाँ नयाँ कामको अवसर नआउला भन्न सकिन्न । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । पारिवारिक सुख मिल्नेछ ।  

मीन

आर्थिक कारोवार गर्दा विचार पु¥याउनु होला । प्रयास र प्रयत्नहरु सफल हुनेछन् । मेहनत अनुसारको प्रतिफल मिल्नेछ । आर्थिक कारोवार गर्दा अत्यन्त सजग भएर गर्नु होला । पढाई लेखाईमा खासै प्रगति हुने देखिन्न ।

तपाईको प्रतिक्रिया