ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग÷राशी र वारवेला श्रीसूर्य दक्षिणायन शरद ऋतु, साधारण नाम संवत्सर, शाके १९३९,विक्रसम्वत २०७४ साल कार्तिक १७ गते शुक्रबार नेपाल सम्बत ११३८ कछलाथ्व, सन् २०१७ नोभेम्बर ३ तारिक शुक्लपक्ष चतुर्दशी तिथि मध्यान्ह १२ वजेर ५७ मिनेटसम्म, अश्विनी नक्षत्र राती ४ वजेर २६ मिनेटसम्म,वज्रयोग, वणिजकरण, आनन्दादियोग वज्र,सूर्य तुला राशीमा, चन्द्रमा मेष राशीमा । सूर्योदयबाट प्रात ७÷३९ वजेसम्म चर वेला,७÷३९ वजे देखि ९÷१ वजेसम्म लाभ वेला,९÷१ देखि १०÷२३ वजेसम्म अमृत वेला,१०÷२३ देखि ११÷४५ वजेसम्म काल वेला,११÷४५ देखि १÷८ वजेसम्म शुभ वेला,१÷८ देखि २÷३१ वजेसम्म रोग वेला,२÷३१ देखि ३ वजेर ५४ मिनेटसम्म उद्वेग वेला र ३ वजेर ५४ मिनेट देखि सूर्यास्त सम्म चर वेला रहनेछ । “जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” । ( नोटः– काल भन्दा उद्वेग,उद्वेग भन्दा चर,चर भन्दा शुभ,शुभ भन्दा लाभ र लाभ भन्दा अमृत वेला राम्रो मानिन्छ ) ज्योतिष पंडितः–वेदनिधि तिमिल्सिना, पोखरा, इमेलः [email protected] 

मेष

दिन सामान्यतया अनुकुल देखिन्छ । मानसिक रुपमा काम गर्न सक्षम हुनुहुनेछ । गरेका अधिकाँश काम सफल हुनेछन् । आफ्नो कार्य क्षेत्रबाट बाहिर नजानु होला । 

बृष

खर्चालु काम बढि हुनेछन् । मनमा आनन्द मिल्नेछैन । व्यापार व्यवसायमा मन्दि आउनेछ । काम गरेर जश मिल्ने छैन । विवादित काममा हात नहाल्नु होला ।

मिथुन

काममा विलम्ब नगर्नु होला,सामान्यतया आज गरेका काम सफल हुनेछन् । लेन देनमा भने विचार गर्नु पर्ने देखिन्छ । शत्रुहरु कमजोर बन्ने छन् । भाग्यले साथ दिने छ ।

कर्कट

वञ्छित कार्य सफलताले मनमा उमङ्ग बढ्ने छ । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउन सक्छ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् ।

सिंह

अरुको काम गरेर जश मिल्नेछैन । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । आर्थिक क्षेत्रमा विस्तारै सुधार आउने देखिन्छ । यात्राको सम्भावना देखिन्छ ।

कन्या

आकस्मिक लाभको योग छ । स्वव्यवसायबाट आम्दानी बढ्नेछ । घर परिवारमा उमङ्ग छाउनेछ । नयाँ नयाँ अवसरको खोजी हुनेछ । आफन्त,साथी भाईको सहयोग प्राप्त हुनेछ ।

तुला

समयमा गरेका काम बन्नेछन् । विलम्ब गर्दा अवसर गुम्ने सम्भावना देखिन्छ । जीवन साथिको सहयोगमा धेरै काम सम्पादन हुने छन् । व्यापारबाट आय आर्जन बढ्ने छ ।

बृश्चिक

शत्रु परास्त हुनेछन् । गरेका काम अधिकाँश सफल हुनेछन् । नयाँ कामको बारेमा विचार विमर्श हुनेछन् । काम गरेर जश पाईने छैन । काममा प्रतिश्पर्धा गर्नु पर्ला ।

धनु

कामबाट सोचे जस्तो लाभ लिन सकिने छैन । मानसिक तनाव बढ्नेछ । व्यापार व्यवसायमा मन्दि कायम रहला । दैनिक काम काजमा अवरोध आउनेछ ।

मकर

समस्या बढ्ने छन् । शारीरिक शिथिलता बढ्नेछ । व्यापार व्यवसायमा गिरावट नआउला भन्न सकिन्न । आलोचना बढ्ने छ । पढाई लेखाईमा अवरोध अउनेछ ।

कुम्भ

उद्योग,पराक्रम बढ्नेछ । आफ्नो काम गर्न आफै सफल हुनु हुनेछ । व्यापार व्यवसायबाट उचित लाभ हुनेछ । परिवारिक सुख शान्ति मिल्नेछ । जागिरमा पदोन्नति हुन सक्छ ।

मीन

गरेका कामबाट सन्तुष्टि कम मिल्नेछ । पढाई लेखाईमा मन जाने छैन । मनमा शान्ति कमै मिल्नेछ । के गर्ने भन्ने अन्योलता बढ्नेछ । आर्थिक कारोवारमा सजग रहनु होला । विवादबाट टाढा बस्नु होला ।

तपाईको प्रतिक्रिया