ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग÷राशी र वारवेला श्रीसूर्य दक्षिणायन शरद ऋतु, साधारण नाम संवत्सर, शाके १९३९,विक्रसम्वत २०७४ साल कार्तिक १६ गते विहिबार नेपाल सम्बत ११३८ कछलाथ्व,सन् २०१७ नोभेम्बर २ तारिक शुक्लपक्ष त्रयोदशी तिथि अपरान्ह २ वजेर ९ मिनेटसम्म, रेवती नक्षत्र १७ गते विहान ५ वजेर १२ मिनेटसम्म, हर्षणयोग, तैतिलकरण, आनन्दादियोग मित्र,सूर्य तुला राशीमा, चन्द्रमा मीन राशीमा । सूर्योदयबाट प्रात ७÷३९ वजेसम्म शुभ वेला,७÷३९ वजे देखि ९÷१ वजेसम्म रोग वेला,९÷१ देखि १०÷२३ वजेसम्म उद्वेग वेला,१०÷२३ देखि ११÷४६ वजेसम्म चर वेला,११÷४६ देखि १÷९ वजेसम्म लाभ वेला,१÷९ देखि २÷३२ वजेसम्म अमृत वेला,२÷३२ देखि ३ वजेर ५५ मिनेटसम्म काल वेला र ३ वजेर ५५ मिनेट देखि सूर्यास्त सम्म शुभ वेला रहनेछ । “जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” । ( नोटः– काल भन्दा उद्वेग,उद्वेग भन्दा चर,चर भन्दा शुभ,शुभ भन्दा लाभ र लाभ भन्दा अमृत वेला राम्रो मानिन्छ ) ज्योतिष पंडितः–वेदनिधि तिमिल्सिना, पोखरा, इमेलः [email protected] 

मेष

समयमा काम हुने छैनन । विना उपलब्धिका काममा समय खर्च हुनेछ । व्यर्थको घुमाई फिराई बढि हुनेछ । काम गरेर जश पाईने छैन । व्यापारबाट सोचे जस्तो लाभ लिन सकिने छैन ।

बृष

आय आर्जनका दृष्टिबाट दिन राम्रै देखिन्छ । व्यापार व्यवासयबाट आम्दानी बढ्नेछ । घरमा मित्रहरुको आगमन हुनेछ । सहयोगी हातहरु भेटिने छन् । सुख,शान्तिमा वृद्धि हुनेछ ।

मिथुन

सरल तरिकाले काम बन्ने छन् । तपाईको भरोसा अरुले पनि गर्ने छन् । गरेका कामबाट नाम र दाम दुवै प्राप्त हुनेछ । काम गर्ने जोश जागर बढ्नेछ । बोलिको प्रभाव पर्नेछ ।  

कर्कट

घर डेराको समस्या पर्न सक्छ । आर्थिक क्षेत्रमा सुधार आउने देखिन्न । आफन्तबाट उधारो सहयोग मिल्नेछ । वाहिरी काममा बढि व्यस्त हुदा आफ्ना धेरै काम अधुरा रहने छन् ।

सिंह

सोचाईको विपरित काम हुने छन् । अनावस्यक काम कुरामा टाउको दुखाउनु पर्ने छ । व्यापार व्यवसायमा मन्दि आउने छ । अहार विहारमा ध्यान नदिदा स्वास्थ्य कामजोर हुनेछ ।  

कन्या

आयत निर्यात व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । जीवन साथिको सहयोगमा महत्वपूर्ण सम्पन्न हुनेछन् । वैदेशिक यात्राको सम्भावनालाई नकार्न सकिन्न । हतारमा काम नगर्नु होला ।

तुला

पढाई लेखाईमा कम ध्यान जानेछ । नोकरी तथा राजनीतिमा अवसरको खोजी हुनेछ तर सफलता पाउन ठुलै मेहनत गर्नु पर्नेछ । विारोधीले अवरोध पु¥याउने छन् । खर्च बढ्नेछ ।

बृश्चिक

काममा सन्तोषजनक प्रगति हुनेछैन । विभिन्न खालका समस्यासँग जुद्धनु पर्नेछ । पढाई लेखाईको गतिले तिव्रता लिने छैन । व्यापार व्यवसायबाट सामान्य लाभ होला ।

धनु

घरयासी समस्याबाट पीडित हुनु पर्ला । धन सम्पति चोरी वा हराउन सक्छ सतर्क हुनु होला । आर्थिक कारोवारले टाउको दुखाउनेछ । व्यापार व्यवसायमा खासै प्रगति हुने छैन ।  

मकर

परिवारको सहयोग लिएर काम गर्नु भयो भने बढि उपलब्धि हासिल हुनेछ । उद्योग धन्दा बन्द व्यापारमा प्रगति हुनेछ । साना तिना काम गर्न लाई कुनै कठिनाई हुने छैन ।

कुम्भ

हेलचक्र्याई नगरी काम गरेमा सफलताको नजिक पुगिनेछ नत्र विमुख हुने अवस्था आउन सक्छ । आम्दानी खर्चको सन्तुलन विग्रिन सक्छ । आशा र भरोसामा टिक्ने प्रयत्न नगर्नु होला ।

मीन

इच्छा शक्ति बढ्नेछ । काममा सहजीकरण हुनेछ । आफ्नो नियन्त्रण र निगरानीमा मात्र काम गर्ने वातावरण मिलाउनु होला । मनोरञ्जनको अवसर प्राप्त हुनसक्ने कुरालाई नकार्न सकिन्न ।

तपाईको प्रतिक्रिया