ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग÷राशी र वारवेला श्रीसूर्य दक्षिणायन शरद ऋतु, साधारण नाम संवत्सर, शाके १९३९,विक्रसम्वत २०७४ साल कार्तिक १५ गते बुधबार नेपाल सम्बत ११३८ कछलाथ्व,सन् २०१७ नोभेम्बर १ तारिक शुक्लपक्ष द्वादशी तिथि अपरान्ह २ वजेर ५३ मिनेटसम्म, उत्तरभाद्रा नक्षत्र १६ गते विहान ५ वजेर ३५ मिनेटसम्म, व्याघातयोग, बालवकरण, आनन्दादियोग लुम्ब,सूर्य तुला राशीमा,चन्द्रमा मीन राशीमा । सूर्योदयबाट प्रात ७÷३८ वजेसम्म लाभ वेला,७÷३८ वजे देखि ९÷१ वजेसम्म अमृत वेला,९÷१ देखि १०÷२३ वजेसम्म काल वेला,१०÷२३ देखि ११÷४६ वजेसम्म शुभ वेला,११÷४६ देखि १÷९ वजेसम्म रोग वेला,१÷९ देखि २÷३२ वजेसम्म उद्वेग वेला,२÷३२ देखि ३ वजेर ५५ मिनेटसम्म चर वेला र ३ वजेर ५५ मिनेट देखि सूर्यास्त सम्म लाभ वेला रहनेछ । “जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” । ( नोटः– काल भन्दा उद्वेग,उद्वेग भन्दा चर,चर भन्दा शुभ,शुभ भन्दा लाभ र लाभ भन्दा अमृत वेला राम्रो मानिन्छ ) ज्योतिष पंडितः–वेदनिधि तिमिल्सिना, पोखरा, इमेलः [email protected] 

मेष

अनावस्यक काममा समय र धन लगानी हुन सक्छ । जहाँबाट सहयोग पाईएला जस्तो लाग्छ त्यहिबाट धोका दिने छन् । विना तयारी काममा लाग्दा काम विग्रिने छन् । झुट्टा आरोप लाग्न सक्छ ।

बृष

सानो मन नगर्नु होला,काम गर्न सके दाम राम्रै हात लाग्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । इष्टमित्र साथी भाईसँग भेटघाट हुनेछ । परिवारजनको सहयोग अप्रयाप्त हुनेसक्छ ।

मिथुन

कर्म क्षेत्रबाट बाहिर नजानु होला । सामान्यतया आज गरेका काम सफल हुनेछन् । तपाईको भरोसा अरुले पनि गर्ने छन् । आयको केहि हिस्सा मनोरञ्जनमा खर्च हुनेछ । व्यापारमा सुधार आउला ।

कर्कट

अलमलमा पर्नु भयो भने धेरै काम अधुरा रहने छन् । अरुको भर धेरै नपर्नू होला काम विग्रिन सक्छन् । समयमा सोच्न सकिएन भने पछि परिनेछ । आर्थिक कारोवारमा टाउको दुखाई बढि हुनेछ ।

सिंह

आशा गरे अनुसारको काममा सफलता नमिल्न सक्छ । काम गर्दा हेलचक्रयाई नगर्नु होला । लगनशिल भई गरेका काम सफल हुनेछन् । अहार विहारमा ध्यान दिन सक्नु भएन भने स्वास्थ्य विग्रिन सक्छ ।

कन्या

समले साथ दिएका वेला बाहिर नलागी काम गर्नु उपयुक्त हुनेछ । सामान्यतया आज गरेका काम हुने ग्रह गोचरमा देखिन्छ । व्यापार व्यवसायबाट पनि आय आर्जन राम्रै हुनेछ । यात्रा हुन सक्छ ।

तुला

काम गर्दा विभिन्न खालका समस्या आउने छन् ती बाट नझस्किई अगाडि बढ्नु होला । परिश्रमको फल मिठो पाईनेछ । नयाँ कामको बारेमा विचार विमर्श पनि होला । अरुको भर धेरै नपर्नू होला ।

बृश्चिक

भाग्यको चिन्ता आफ्नै ठाँउमा रहनेछ । यात्रामा कठिनाई उत्पन्न हुन सक्छ । परिवारजनसँग मन मुटाव बढ्न सक्नछ । आर्थिक कारोवारमा गडबढ हुन सक्छ सतर्क रहनु होला ।

धनु

शारीरिक एवं मानसिक रुपमा आफुलाई कमजोर नठानी काम गर्नु होला । काम गर्दा कहि कतैबाट विरोध आउन सक्छ । आलस्यता नै शत्रु सम्झनु होला । आर्थिक कारोवारमा अत्यन्त सावधान रहनु होला ।

मकर

काम गरेर दाम त कमाईने छ,त्यसको अलवा प्रशंसा पनि पाईनेछ । व्यापार व्यवसायबाट आय आर्जन राम्रै हुनेछ । घर परिवारबाट सहयोग सहानुभूति पनि मिल्ला । गलत विचार त्यग्नु होला ।

कुम्भ

बोलेर भन्दा गरेर देखाउनु होला । राम्रो बोल्दा अरुले नराम्रो ठान्न सक्छन् । आम्दानी खर्च बरावरै जस्तो होला । शैक्षिक क्षेत्र अनुकुल नै देखिन्छ । व्यापार मध्यम् रहेको छ । सहयोग अल्प होला ।

मीन

तपाईका विचारले प्राथमिकता पाउनेछ । काम गर्ने जोश जागर घट्ने छैन । व्यापार व्यवसायबाट आय आर्जन सन्तोषजनक नै होला । काम गरेर प्रशंसा पाईनेछ । इज्जत प्रतिष्ठा बढ्नेछ ।

तपाईको प्रतिक्रिया