ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग÷राशी र वारवेला श्रीसूर्य दक्षिणायन शरद ऋतु, साधारण नाम संवत्सर, शाके १९३९,विक्रसम्वत २०७४ साल कार्तिक १४ गते मंगलबार नेपाल सम्बत ११३८कछलाथ्व,सन् २०१७ अक्टोवर ३१ तारिक शुक्लपक्ष एकादशी तिथि अपरान्ह ३ वजेर ९ मिनेटसम्म, पूर्वभाद्रा नक्षत्र १५ गते विहान ५ वजेर ३० मिनेटसम्म, ध्रुवयोग, भद्राकरण, आनन्दादियोग काण,सूर्य तुला राशीमा, चन्द्रमा राती ११ वजेर २५ मिनेटसम्म कुम्भ उप्रान्त मीन राशीमा । सूर्योदयबाट प्रात ७÷३७ वजेसम्म रोग वेला,७÷३७ वजे देखि ९ वजेसम्म उद्वेग वेला, ९ देखि १०÷२३ वजेसम्म चर वेला,१०÷२३ देखि ११÷४६ वजेसम्म लाभ वेला,११÷४६ देखि १÷९ वजेसम्म अमृत वेला,१÷९ देखि २÷३२ वजेसम्म काल वेला,२÷३२ देखि ३ वजेर ५५ मिनेटसम्म शुभ वेला र ३ वजेर ५५ मिनेट देखि सूर्यास्त सम्म रोग वेला रहनेछ । “जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” । ( नोटः– काल भन्दा उद्वेग,उद्वेग भन्दा चर,चर भन्दा शुभ,शुभ भन्दा लाभ र लाभ भन्दा अमृत वेला राम्रो मानिन्छ ) ज्योतिष पंडितः–वेदनिधि तिमिल्सिना, पोखरा, इमेलः [email protected] 

मेष

आय आर्जनका दृष्टिले आजको दिन तपाईको लागि अनुकुल रहेको छ । व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुने छ । आफन्तजनबाट सहयोग पाईने छ । आएको अवसर नगुमाउनु होला ।

बृष

काममा देखिएका समस्या समाधान भएर जाने छन् । कुरा काट्नेहरु सहयोगको हात फैलाउन पछि पर्ने छैनन् । सामाजिक क्षेत्र लगाएतका ठाँउबाट मान सम्मान मिल्ने छ । नोकरीमा पनि राम्रै देखिन्छ ।

मिथुन

आफ्ना काममा भन्दा अरुका काममा समय बढि खर्च हुनेछ । व्यापार व्यवसायमा खासै प्रगति हुने देखिन्न । काम गरेर जश मिल्ने छैन । यात्राको सम्भावनालाई भने नकार्न सकिन्न ।

कर्कट

अशुभ समाचारले मनलाई दुखित बनाउने छ । काम गर्ने बातावरण मिल्ने छैन । गरेका काम पनि विवाद रहित देखिदैन । अनावस्यक खर्च बढ्ने छ । कुनै नयाँ काममा हात नहाल्नु होला ।

सिंह

उद्योग,धन्दा बन्द व्यापारमा नयाँ सम्भावना देखा पर्ने छन् । व्यवसायिक लगानी बढ्नेछ । यात्राको सम्भावनालाई नकार्न सकिन्न । जीवन साथिको सहयोगले मनलाई आनन्दित बनाउनेछ ।

कन्या

आज कडा मेहनत गर्नु पर्ला । सामान्य खटाईबाट काम बन्ने देखिदैन । मेहनतपूर्वक गरेका काम सफल हुनेछ र लाभान्वित पनि भईने छ । विरोधीसँगको लडाईमा विजय प्राप्त होला । आम्दानी हुने छ ।

तुला

समयको सदुपयोग गर्न पछि नपर्नु होला काममा आलटाल गर्दा अरुले फाइदा लिने छन् । यात्राबाट लाभ लिन सकिने छैन । पढाई लेखाईको चिन्ताले सताउने छ । बाहिरी काम बढि हुने देखिन्छ ।

बृश्चिक

घरको बातावरण तपाईको लागि अनुकुल नबन्न पनि सक्छ । घरयासी खर्च वृद्धिले आर्थिक स्थिति कमजोर बन्ने छ । काम गर्ने जोश जागर घट्ने छ । मनमा एक प्रकारको चिन्ता रहि रहला ।

धनु

उद्योग,पराक्रम बढ्ने छ । व्यापार व्यवसायमा पनि नयाँ सम्भावना देखिने छन् । व्यापारबाट आम्दानी पनि राम्रो हुने छ । अरुको सहयोग पनि पाईने छ र आफ्नो काम गर्न आफै पनि सक्षम हुनुहुने छ ।

मकर

काम गर्दा बढि नवोल्नु होला । आफ्नो काममा नै बढि दत्तचित्त भएर लाग्नु होला । मेहनतपूर्वक गरेका काम सफल हुने छन् व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । मनमा भ्रम पालेर नबस्नु होला ।

कुम्भ

काममा देखिएका समस्या कम भएर जाने छन् । आम्दानी बढ्नेछ भने अनावस्यक खर्चमा कमी आउनेछ । व्यापार व्यवसायमा सुधार आउनेछ । काम गर्ने जोश जागर बढ्नेछ । आम्दानी बढ्नेछ ।

मीन

तपाईको लागि दिन त्यति अनुकुल छैन । चोटपटकको भय देखिन्छ । काम गर्दा विचार पु¥याउनु होला । व्यापार व्यवसायमा गिरावट आउनेछ । काम गर्दा विभिन्न समस्या आउन सक्छन् । खर्च बढ्ने छ ।

तपाईको प्रतिक्रिया