ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग÷राशी र वारवेला श्रीसूर्य दक्षिणायन शरद ऋतु, साधारण नाम संवत्सर, शाके १९३९,विक्रसम्वत २०७४ साल कार्तिक १३ गते सोमबार नेपाल सम्बत ११३८ कछलाथ्व,सन् २०१७ अक्टोवर ३० तारिक शुक्लपक्ष दशमी तिथि अपरान्ह २ वजेर ५४ मिनेटसम्म, शतभिषा नक्षत्र राती ४ वजेर ५७ मिनेटसम्म, वृद्धियोग,गरकरण,आनन्दादियोग अमृत,सूर्य तुला राशीमा, चन्द्रमा कुम्भ राशीमा । सूर्योदयबाट प्रात ७÷३७ वजेसम्म अमृत वेला,७÷३७ वजे देखि ९ वजेसम्म काल वेला, ९ देखि १०÷२३ वजेसम्म शुभ वेला,१०÷२३ देखि ११÷४६ वजेसम्म रोग वेला,११÷४६ देखि १÷९ वजेसम्म उद्वेग वेला,१÷९ देखि २÷३२ वजेसम्म चर वेला,२÷३२ देखि ३ वजेर ५५ मिनेटसम्म लाभ वेला र ३ वजेर ५५ मिनेट देखि सूर्यास्त सम्म अमृत वेला रहनेछ । “जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” । ( नोटः– काल भन्दा उद्वेग,उद्वेग भन्दा चर,चर भन्दा शुभ,शुभ भन्दा लाभ र लाभ भन्दा अमृत वेला राम्रो मानिन्छ ) ज्योतिष पंडितः–वेदनिधि तिमिल्सिना, पोखरा, इमेलः [email protected] 

मेष

घर परिवार,साथि भाईबाट सहयोग सहानुभूति मिल्ने नै छ । नोकरी तथा राजनीतिमा पनि नयाँ अवसर आउनेछ । आकस्मिक आम्दानीको योग देखिन्छ । व्यापारवाट सोचे भन्दा राम्रो आम्दानी हुनेछ ।

बृष

कार्य सम्पादन सरल तरिकाबाट हुनेछन् । काम गरेर नाम र दाम दुवै कमाउन सकनेछ । सामाजिक काममा अभिरुची बढ्नेछ । इज्जत प्रतिष्ठा बढ्नेछ । अधुरा काम सम्पादन हुनेछन् ।

मिथुन

मानसिक तनावमा कमि आउनेछ । बाह्य काममा बढि चासो दिदा आफ्ना धेरै काम अधुरा रहनेछन् । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । फलदायी यात्राको सम्भावना पनि देखिन्छ । 

कर्कट

नयाँ काममा हात नहाल्नु होला विग्रिन सक्छन् । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन । अनावस्यक काममा समय खर्च हुनेछ । मानसिक तनाव बढ्नेछ । विश्वास घात हुनेछ ।

सिंह

देश,देशान्तरका उद्योग धन्दा बन्द व्यापारबाट आय आर्जन बढ्नेछ । प्रेमिकाबाट सहयोग पाईनेछ । नयाँ कामको अवसर आउन सक्छ । जीवन साथिको सहयोगमा महत्वपूर्ण काम बन्नेछन् ।

कन्या

विरोधीबाट काममा अवरोध आउन सक्छ सतर्क भई काम गर्नु होला । काममा प्रतिश्पर्धा गरेर अगाडि बढ्नु पर्ने देखिन्छ । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् । आय आर्जन बढ्नेछ ।

तुला

दिन मध्यम खालको छ । धैर्यतापूर्व काममा लाग्नु होला । ढिला गर्दा आफ्ना काममा अरुले अधिकार जमाउन खोज्ने छन् । पढाई लेखाईमा मन जानेछ । व्यापारबाट अल्प लाभ होला ।

बृश्चिक

घरयासी समस्या बढ्ने छन् । काम काजमा अवरोध आउने देखिन्छ । काम गर्ने जोश जागर घट्नेछ । पारिवारिक भेटघाट बढ्नेछ । व्यापार व्यवसायबाट  लाभ लिन सकिने छैन ।

धनु

आत्मबल बढ्नेछ । उद्योग पराक्रम पनि बढ्नेछ । नयाँ कामको अवसर आउन सक्छ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । लेनदेन कारोवारमा सुधार आउनेछ । स्वाथ्यमा सुधार आउला ।

मकर

धन दिएर शत्रु बढाउने काम नगर्नु होला । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । आफन्तको भरमा मात्रै काम नगर्नु होला धोका हुन सक्छ । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् । 

कुम्भ

समयमा सुधार आउनेछ । ग्रह गोचर पनि अनुकुुल नै देखिन्छ । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ । उत्तम भोजन र आसन प्राप्तिको योग देखिन्छ । काम गर्ने जोश जागर बढ्नेछ ।

मीन

सोचे जस्तो कहि हुने छैन । व्यर्थका काममा समय बढि खर्च हुनेछ । फजुल खर्च बढ्ने देखिन्छ । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन । आय भन्दा व्यय बढि हुनेछ । 

तपाईको प्रतिक्रिया