ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग÷राशी र वारवेला श्रीसूर्य दक्षिणायन शरद ऋतु, साधारण नाम संवत्सर, शाके १९३९,विक्रसम्वत २०७४ साल कार्तिक १२ गते आइतबार नेपाल सम्बत ११३८ कछलाथ्व, सन् २०१७ अक्टोवर २९ तारिक शुक्लपक्ष नवमी तिथि अपरान्ह २ वजेर ९ मिनेटसम्म, धनेष्ठा नक्षत्र राती ३ वजेर ५४ मिनेटसम्म, गण्डयोग, कौलवकरण,आनन्दादियोग मातङ्ग,सूर्य तुला राशीमा, चन्द्रमा अपरान्ह ३ वजेर ११ मिनेटसम्म मकर उप्रान्त कुम्भ राशीमा । सूर्योदयबाट प्रात ७÷३६वजेसम्म उद्वेग वेला,७÷३६ वजे देखि ८÷५९ वजेसम्म चर वेला,८÷५९ देखि १०÷२३ वजेसम्म लाभ वेला,१०÷२३ देखि ११÷४७ वजेसम्म अमृत वेला,११÷४७ देखि १÷१० वजेसम्म काल वेला,१÷१० देखि २÷३३ वजेसम्म शुभ वेला,२÷३३ देखि ३ वजेर ५६ मिनेटसम्म रोग वेला र ३ वजेर ५६ मिनेट देखि सूर्यास्त सम्म उद्वेग वेला रहनेछ । “जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” । ( नोटः– काल भन्दा उद्वेग,उद्वेग भन्दा चर,चर भन्दा शुभ,शुभ भन्दा लाभ र लाभ भन्दा अमृत वेला राम्रो मानिन्छ ) ज्योतिष पंडितः–वेदनिधि तिमिल्सिना, पोखरा, इमेलः [email protected] 

मेष

काम सहज रुपमा बन्ने छन् । भाग्य भन्दा कर्ममा विश्वास गरेर काम गर्नु होला । व्यापार व्यवसायबाट विस्तारै आम्दानी बढ्ने देखिन्छ । आफन्तको सहयोग पनि मिल्नेछ । पराक्रम बढ्नेछ ।

बृष

कार्य लगनशिलता विस्तारै बढ्नेछ । लेनदेन कारोवार गर्दा सजग रहनु होला । अरुको भर विश्वासमा मात्रै काम नगर्नु होला । घरका समस्याले सताउनेछ । बाह्य कुरामा बढि चासो हुनेछ ।

मिथुन

आफन्तका कारण काममा अप्ठ्यारो पर्ने छ । आर्थिक क्षय वेहोर्नु पर्ला । आसा र भरोसा टुट्नेछ । व्यापार व्यवसायमा हानी नोक्सानी हुनेछ । स्वास्थ्यमा पनि समस्या आउन सक्छ ।

कर्कट

सामान्यतया आज गरेका काम सफल हुनेछन् । काममा विलम्ब गर्दा आफैलाई अप्ठ्यारो पर्ने छ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । लोभ मोह पनि बढ्ला । यात्रा होला ।

सिंह

शत्रुबाट पीडित हुनु पर्ला । सामान्य प्रयासबाट काम बन्ने छैनन । परिश्रम अनुसारको प्रतिफल भने मिल्नेछ । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिनेछन् । खर्च बढ्न सक्छ । 

कन्या

अलमलको स्थिति आउन सक्छ । समयको ख्याल गर्न सकिएन भने पछि परिनेछ । घरको वातावरण त्यति अनुकुल रहनेछैन । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । यात्रामा कठिनाई उत्पन्न होला ।

तुला

अलमलको स्थिति आउन सक्छ । समयको ख्याल गर्न सकिएन भने पछि परिनेछ । घरको वातावरण त्यति अनुकुल रहनेछैन । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । यात्रामा कठिनाई उत्पन्न होला ।

बृश्चिक

कार्य क्षमता घट्ने छैन । गरेका कामबाट धेर थोर लाभ लिन सकिनेछ । आर्थिक कारोवार गर्दा विचार पु¥याउनु होला । काम गरेर अरुलाई पनि फाइदा पुग्नेछ । अपयश आई लाग्ला ।

धनु

सम्पन्नता भन्दा विपन्नता बढि देखिन्छ । आफन्तका कारण आर्थिक क्षय वेहोर्न पर्ने अवस्था आउन सक्छ । व्यापार व्यवसायमा आएको मन्दि कायम रहनेछ । विश्वास घट्नेछ ।

मकर

शारीकि तथा मानसिक स्फूर्ति बढ्नेछ । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । आफन्तबाट सहयोग मिल्नेछ । खर्च व्यवस्थापनमा जोड दिनु होला । पराक्रम बढ्नेछ ।

कुम्भ

अनावस्यक खर्च वृद्धिले आर्थिक स्थिति कमजोर बन्नेछ । झुट्टा आरोप लाग्न सक्छ । व्यर्थका काममा समय लगानी हुनेछ । अपरान्हबाट समयमा सुधार आउनेछ ।

मीन

काममा विलम्ब नगर्नु होला । सामान्यतया अपरान्हपूर्व गरेका काम सफल हुनेछन् । गरेका कामबाट लाभान्वित हुनुहुनेछ । अपरान्हबाट समयले साथ कम दिनेछ । खर्च बढ्नेछ ।

तपाईको प्रतिक्रिया