ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग÷राशी र वारवेला श्रीसूर्य दक्षिणायन शरद ऋतु, साधारण नाम संवत्सर, शाके १९३९,विक्रसम्वत २०७४ साल कार्तिक ११ गते शनिबार नेपाल सम्बत ११३८ कछलाथ्व, सन् २०१७ अक्टोवर २८ तारिक शुक्लपक्ष अष्टमी तिथि मध्यान्ह १२ वजेर ५४ मिनेटसम्म, श्रवण नक्षत्र राती २ वजेर २१ मिनेटसम्म, शूलयोग, बवकरण,आनन्दादियोग स्थिर,सूर्य तुला राशीमा, चन्द्रमा मकर राशीमा । सूर्योदयबाट प्रात ७÷३६ वजेसम्म काल वेला,७÷३६ वजे देखि ८÷५९ वजेसम्म शुभ वेला, ८÷५९ देखि १०÷२३ वजेसम्म रोग वेला,१०÷२३ देखि ११÷४७ वजेसम्म उद्वेग वेला,११÷४७ देखि १÷११ वजेसम्म चर वेला,१÷११ देखि २÷३५ वजेसम्म लाभ वेला,२÷३५ देखि ३ वजेर ५९ मिनेटसम्म अमृत वेला र ३ वजेर ५९ मिनेट देखि सूर्यास्त सम्म काल वेला रहनेछ । “जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” । ( नोटः– काल भन्दा उद्वेग,उद्वेग भन्दा चर,चर भन्दा शुभ,शुभ भन्दा लाभ र लाभ भन्दा अमृत वेला राम्रो मानिन्छ ) ज्योतिष पंडितः–वेदनिधि तिमिल्सिना, पोखरा, इमेलः [email protected] 

मेष

विरोध गर्ने बाध्यताले समर्थनमा आउनेछन् । नोकरी तथा राजनीतिमा अवसरको खोजी हुनेछ । प्रयास र प्रयत्न सफल हुनेछन् । उधारो कारोवार नगर्नु होला । पराक्रम घट्ने छैैन ।

बृष

परिबन्धबाट पूर्ण उन्मुक्ति मिल्ने छैन । समयमा गरेका कामबाट लाभ लिन सकिनेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । घर परिवारको सहयोग पाईनेछ । आस्था र विश्वास बढ्नेछ ।

मिथुन

अहार विहारका कारण स्वास्थ्य कमजोर बन्नेछ । घरको वातावरण प्रतिकुल हुन सक्छ । आफुले चाहे जस्ता काम गर्न सकिने छैन । भौतिक सम्पति नास हुन सक्छ । व्यापार घट्नेछ ।

कर्कट

लगनशिल भई गरेका काम सफल हुनेछन् । अरुको भरमा काम नगर्नु बढि राम्रो हुनेछ । आर्थिक कारोवार गर्दा सजग हुन होला  काममा विलम्ब नगर्नु होला आफैलाई नोक्सान हुनेछ । 

सिंह

विरोधी बढ्नेछन् कार्य गोपनियता अप्नाई काम गर्नु होला । काम गर्दा बढि मेहनत गर्नु पर्नेछ । व्यापारबाट आय आर्जन बढ्नेछ । आफन्तबाट अप्ठ्यारो पर्न सक्छ । नविन कामको विचार विमर्श हुनेछ ।

कन्या

भ्रमलाई चिरेर काम गर्नु होला । हेलचक्र्याई गरेर काम गर्नु भयो भने आएको अवसर पनि गुम्नेछ । यात्रामा कठिनाई हुनेछ । आम्दानी खर्च बरावरै जस्तो हुनेछ । सहयोग कम मिल्नेछ ।

तुला

तनाव बढ्नेछ । भौतिक सम्पति नोक्सान हुन सक्छ । काम गर्ने जोश जागर घट्नेछ । घर परिवारमा मनमुटाव बढ्नेछ । व्यापारमा गिरावट आउनेछ । साथि भाईबाट विश्वास घात हुनसक्छ ।

बृश्चिक

कार्य क्षमता घट्ने छैन । व्यापारबाट आम्दनी बढ्नेछ । काम गरेर दाम कमाउने अवसर आउनेछ । घरका काम काजमा भन्द बाहिरी काम काजमा समय बढि लगानी हुनेछ ।  

धनु

नजिकका मानिसबाट विश्वास घात हुनेछ । संचित धनको नास हुने देखिन्छ । व्यापार व्यवसायबाट खासै लाभ लिन सकिने छैन । प्रयत्नपूर्वक गरेका काम भने केहि सफल हुनेछन् ।

मकर

समयमा निर्णय लिएर अगाडि बढ्नु पर्ने देखिन्छ । आत्मविश्वास बढाउनु पर्ने देखिन्छ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । प्रयत्न प्रयास सफल हुनेछन् । सहयोग कम मिल्नेछ ।

कुम्भ

कमाई भन्द पनि खर्च बढि हुनेछ । व्यापार व्यवसायमा विभिन्न खालका समस्या आउनेछन् । नगरेका कामको अपयश आई लाग्न सक्छ । स्वास्थ्यले पनि काम गर्न दिने छैन ।

मीन

आलोचना गर्ने भन्दा सहयोग गर्ने बढि हुनेछन् । अनावस्यक काममा भन्दा उपलब्धिका काममा समय बढि खर्च हुनेछ । समयमा काम गर्ने प्रयत्न गर्नु होला सधै समयले साथ दिने छैन ।

तपाईको प्रतिक्रिया