ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग÷राशी र वारवेला श्रीसूर्य दक्षिणायन शरद ऋतु, साधारण नाम संवत्सर, शाके १९३९,विक्रसम्वत २०७४ साल कार्तिक १० गते शुक्रबार नेपाल सम्बत ११३८ कछलाथ्व, सन् २०१७ अक्टोवर २७ तारिक शुक्लपक्ष सप्तमी तिथि विहान ११ वजेर १५ मिनेटसम्म, उत्तरषाढा नक्षत्र राती १२ वजेर २२ मिनेटसम्म, धृतियोग, वणिजकरण,आनन्दादियोग आनन्द,सूर्य तुला राशीमा,चन्द्रमा मकर राशीमा । सूर्योदयबाट प्रात ७÷३६ वजेसम्म चर वेला,७÷३६ वजे देखि ८÷५९ वजेसम्म लाभ वेला, ८÷५९ देखि १०÷२३ वजेसम्म अमृत वेला,१०÷२३ देखि ११÷४७ वजेसम्म काल वेला,११÷४७ देखि १÷११ वजेसम्म शुभ वेला,१÷११ देखि २÷३५ वजेसम्म रोग वेला,२÷३५ देखि ३ वजेर ५९ मिनेटसम्म उद्वेग वेला र ३ वजेर ५९ मिनेट देखि सूर्यास्त सम्म चर वेला रहनेछ । “जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” । ( नोटः– काल भन्दा उद्वेग,उद्वेग भन्दा चर,चर भन्दा शुभ,शुभ भन्दा लाभ र लाभ भन्दा अमृत वेला राम्रो मानिन्छ ) ज्योतिष पंडितः–वेदनिधि तिमिल्सिना, पोखरा, इमेलः [email protected] 

मेष

काममा देखिएका समस्या कम भएर जानेछन । गरेका अधिकाँश काम सफल हुनेछन । काम गर्दा इज्जत प्रतिष्ठाका साथै धन हात लाग्नेछ । उद्योग,पराक्रम बढनेछ ।

बृष

समयमा सामान्य सुधार आउनेछ,मानसिक तनाव घटनेछ । धार्मिक काममा सहभागि हुनुपर्नेछ । व्यापार व्यवसायमा आएको मन्दि कायम रहनेछ । आस्था बढनेछ ।

मिथुन

दैनिक काममा अवरोध आउन सक्छ । व्यापार व्यवसायमा गिरावट आउनेछ । खानपानका कारण स्वास्थ्य विग्रिन सक्छ । आफन्तजनबाट विश्वास घात हुनसक्छ ।

कर्कट

कार्य लगनशिलता बढनेछ । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन । नजिकका व्यक्तिको सहयोगमा महत्वपूर्ण काम हुनेछन । यात्राको योग देखिन्छ ।

सिंह

कार्य सम्पादन गर्न बढि मेहनत गर्नु पर्ला । काम गर्दा व्यवधान खडा गर्न खोज्ने छन सतर्क भएर काम गर्नु होला । परिश्रमको फल भने मीठो मिल्नेछ ।

कन्या

दुविधा बढन सक्छ । समयमा निर्णय लिन सकिएन भने अवसर गुम्न सक्छ । व्यवसायबाट अल्प लाभ हुनेछ । तनावबाट मुक्त भएर काम गर्न पाईने छैन ।

तुला

पारिवारिक झमेला बढ्न सक्छन् । खर्चको मात्रा बढ्नेछ । काम गरेर जश पाईने छैन । व्यापार व्यवसायमा गिरावट आउन सक्छ । आलस्यता बढ्नेछ ।

बृश्चिक

काम गर्ने जोश जागर बढेर आउनेछ । नयाँ कामको खोजी हुनेछ । गरेका कामबाट उचित लाभ लिन सकिनेछ । व्यापार व्यवसाय विस्तार हुने देखिन्छ ।

धनु

वोलिको प्रभाव घट्नेछ । आर्थिक कारोवार गर्दा सचेत रहनु होला । अरुको भर विश्वासमा काम नगर्नु होला धोका हुनसक्छ । प्रयत्न गरेमा सफलता मिल्नेछ ।

मकर

गतिरोधको अन्त्य हुनेछ । काम गर्ने उत्साहा बढ्नेछ । व्यापार व्यवसायबाट उचित लाभ हुनेछ । घर परिवारमा सुख शान्ति मिल्नेछ । आय बढ्नेछ । उत्तम भोजन मिल्नेछ ।

कुम्भ

समयले कम साथ दिनेछ । विश्वास गरेकाले धोका दिने छन् । व्यापार व्यवसायबाट लाभ भन्दा हानी बढि हुनेछ । फजुल खर्चमा वृद्धि हुनेछ । आरोप लाग्न सक्छ ।

मीन

आकस्मिक लाभको योग छ । स्वव्यवसायबाट आम्दानी बढ्नेछ । घर परिवारमा उमङ्ग छाउनेछ । नयाँ नयाँ अवसरको खोजी हुनेछ । आफन्त,साथी भाईको सहयोग प्राप्त हुनेछ ।

तपाईको प्रतिक्रिया