ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग÷राशी र वारवेला श्रीसूर्य दक्षिणायन शरद ऋतु, साधारण नाम संवत्सर, शाके १९३९,विक्रसम्वत २०७४ साल कार्तिक ९ गते विहिबार नेपाल सम्बत ११३८ कछलाथ्व,सन् २०१७ अक्टोवर २६ तारिक शुक्लपक्ष षष्ठी तिथि विहान ९ वजेर १८ मिनेटसम्म, पूर्वषाढा नक्षत्र राती १० वजेर २२ मिनेटसम्म, सुकर्मयोग, तैतिलकरण,आनन्दादियोग धाता,सूर्य तुला राशीमा,चन्द्रमा १० गते विहान ४ वजेर ३९ मिनेटसम्म धनु उप्रान्त मकर राशीमा । सूर्योदयबाट प्रात ७÷३५ वजेसम्म शुभ वेला,७÷३५ वजे देखि ८÷५९ वजेसम्म रोग वेला, ८÷५९ देखि १०÷२३ वजेसम्म उद्वेग वेला,१०÷२३ देखि ११÷४७ वजेसम्म चर वेला,११÷४७ देखि १÷११ वजेसम्म लाभ वेला,१÷११ देखि २÷३५ वजेसम्म अमृत वेला,२÷३५ देखि ३ वजेर ५९ मिनेटसम्म काल वेला र ३ वजेर ५९ मिनेट देखि सूर्यास्त सम्म शुभ वेला रहनेछ । “जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” । ( नोटः– काल भन्दा उद्वेग,उद्वेग भन्दा चर,चर भन्दा शुभ,शुभ भन्दा लाभ र लाभ भन्दा अमृत वेला राम्रो मानिन्छ ) ज्योतिष पंडितः–वेदनिधि तिमिल्सिना, पोखरा, इमेलः [email protected] 

मेष

मार्ग विचार परिवर्तन हुनेछ । उपकारी काममा समय दिदा आफ्ना काम अधुर । रहनेछन् । फलदायी यात्रा हुनेछ । मानसिक तनाव कम हुनेछ । आर्थिक कारोवारमा सतर्क रहनु होला ।

बृष

दिन प्रतिकुल छ । प्रतिकुल बातावरणमा काम गर्नु पर्ला । आफुले गरेका कामले अरुलाई बढि फाइदा हुनेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । स्वास्थ्य कमजोर बन्न सक्छ ।

मिथुन

विचारमा परिवर्तन आउनेछ । नयाँ कामको अवसर आउनेछ । देश,देशान्तरका व्यापार व्यवसायबाट लाभान्वित हुनुहुनेछ । विदेश यात्राको सम्भावनालाई नकार्न सकिन्न । आम्दानी बढ्नेछ ।

कर्कट

कार्य गोपनियता अप्नाई काम गर्नु होला । विरोधीको सक्रिता बढ्नेछ । कार्य सम्पादनमा कठिनाई आउनेछ । मेहनतपूर्वक गरेका काम सफल हुनेछन् । आय आर्जन बढ्ने देखिन्छ ।

सिंह

काममा अलमल नगर्नु होला । पढाई लेखाईमा प्रगति हुनेछ । प्रेमिकाबाट सहयोग पाईनेछ । घरको बातावरण अनुकुल देखिदैन । समयमा निर्णय लिन सकिएन भने पछि परिनेछ ।

कन्या

भोग विलासिता तिर मन जानेछ । काम काजमा विलम्ब होला । पारिवारिक जमघट बढ्नेछ । अरुको काम गरेर जश पाईनेछैन । व्यापार व्यवसायमा गिरावट आउने देखिन्छ ।

तुला

साहास,धैर्यता र पराक्रम बढ्नेछ । अधिकाँश काम आफ्नै पहलमा बन्नेछन् । पढाई लेखाईमा प्रगति हुनेछ ।आत्मबल,आत्मविश्वास बढ्नेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् ।

बृश्चिक

दुविधामा नपरि काम गर्नु होला । आर्थिक कारोवारमा बढि चनाखो रहनु होला । लगनशिल भई गरेका काम सफल हुनेछन् । आफन्तबाट विश्वास घात हुन सक्छ सजग भई काम गर्नु होला ।

धनु

दिन अनुकुल देखिन्छ । अनावस्यक खर्चमा कमि आउनेछ । व्यापार व्यवसायमा सुधार आउनेछ । शारीरिक एवं मानसिक स्फूर्ति बढ्नेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ । आम्दानी पनि बढ्ला ।

मकर

अनुकुलता भन्दा प्रतिकुलता बढि देखिन्छ । अनावस्यक काममा धन र समय खर्च हुनेछ । घुमाई फिराई बढि हुनेछ । विरोधीबाट अवरोध आउन सक्छ । विवादित काममा हात नहाल्नु होला ।

कुम्भ

समयले साथ दिनेछ । आकस्मिक आम्दानी योग देखिन्छ । व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुनेछ । पढाई लेखाईमा पनि मन जानेछ । आफन्तबाट सहयोग पाईनेछ ।

मीन

कार्य सम्पादनका दृष्टिले दिन राम्रै देखिन्छ । सहज बातावरणमा काम हुनेछन् । सुख,शान्तिमा वृद्धि हुनेछ । गएका ठाँउमा मान सम्मान मिल्नेछ । कारोवारमा सुधार आउनेछ ।

तपाईको प्रतिक्रिया