ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग÷राशी र वारवेला श्रीसूर्य दक्षिणायन शरद ऋतु, साधारण नाम संवत्सर, शाके १९३९,विक्रसम्वत २०७४ साल कार्तिक ८ गते बुधबार नेपाल सम्बत ११३८ कछलाथ्व,सन् २०१७ अक्टोवर २५ तारिक शुक्लपक्ष पञ्चमी तिथि विहान ७ वजेर ११ मिनेटसम्म, मूल नक्षत्र साँझ ७ वजेर २९ मिनेटसम्म, अतिगण्डयोग, बालवकरण,आनन्दादियोग ध्वज,सूर्य तुला राशीमा,चन्द्रमा धनु राशीमा । सूर्योदयबाट प्रात ७÷३४ वजेसम्म लाभ वेला,७÷३४ वजे देखि ८÷५८ वजेसम्म अमृत वेला,८÷५८ देखि १०÷२३ वजेसम्म काल वेला,१०÷२३ देखि ११÷४७ वजेसम्म शुभ वेला,११÷४७ देखि १÷११ वजेसम्म रोग वेला,१÷११ देखि २÷३५ वजेसम्म उद्वेग वेला,२÷३५ देखि ३ वजेर ५९ मिनेटसम्म चर वेला र ३ वजेर ५९ मिनेट देखि सूर्यास्त सम्म लाभ वेला रहनेछ । “जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” । ( नोटः– काल भन्दा उद्वेग,उद्वेग भन्दा चर,चर भन्दा शुभ,शुभ भन्दा लाभ र लाभ भन्दा अमृत वेला राम्रो मानिन्छ ) ज्योतिष पंडितः–वेदनिधि तिमिल्सिना, पोखरा, इमेलः [email protected] 

मेष

आस्था र विश्वास बढ्नेछ । मानसिक तनाव कम भएर जानेछ । परोपकारी काम गरिनेछ । फलदायी यात्राको सम्भावना देखिन्छ । काममा ढिला सुस्ति हुनेछ । शरीरिक श्रम बढि हुनेछ ।

बृष

अहार विहारमा ध्यान दिनु होला नत्र स्वास्थ्य कमजोर बन्नेछ । मनसिक चिन्ता बढ्नेछ । कार्य शिथिलता बढ्ला । व्यापार व्यवसायमा गिरावट आउनेछ । संचित धन नास हुनेछ । अशुभ समाचार सुन्नु पर्ला ।

मिथुन

नयाँ विषय बस्तुले प्राथमिकता पाउनेछ । देश,देशान्तरका व्यापार व्यवसायमा उन्नति प्रगति हुनेछ । दाम्पत्य जीवनमा खुशि छाउनेछ । विदेश यात्राको सम्भावनालाई नकार्न सकिन्न । लोभमोह बढ्नेछ ।

कर्कट

मनमा भय त्रास उत्पन्न हुनेछ । काममा मन जाने छैन । सामान्य खटाईबाट काम बन्ने छैनन । विरोधीको सामना गर्नु पर्ला । स्वास्थ्यमा समस्या आउन सक्छ । खर्च व्यवस्थापनमा जोड दिनु पर्ने देखिन्छ ।

सिंह

जोखिम मोलेर काम नगर्नु होला । पठन पाठनमा थोरै ध्यान जानेछ । घर परिवारबाट सामान्य सहयोग पाईनेछ । व्यापार व्यवसायबाट आँशिक लाभ हुने देखिन्छ । जोखिमपूर्ण यात्रा नगर्नु होला ।

कन्या

पारिवारिक जमघट बढ्नेछ । समान खरीद गर्नु पर्ने अवस्था आउन सक्छ । काम गर्ने जोश जागर घट्नेछ । व्यापार व्यवसायमा सामान्य प्रगति होला । काम गरेर जश भने कम मिल्नेछ ।

तुला

सहास,धैर्यता र पराक्रम बढ्नेछ । अधिकाँश काम आफ्नै बाहुबलबाट सम्पादन हुने छन् । आर्थिक क्षेत्रमा पनि उन्नति प्रगति राम्रै हुनेछ । भाग्यमा भन्दा कर्ममा विश्वास गरेर काम गर्नु होला ।

बृश्चिक

लगनशिल भई काम गरेरमा धेरै क्षेत्रमा सफलता मिल्नेछ । काम गर्दा मनोबल नगिराउनु होला । कारोवार गर्दा सतर्क भने हुनै पर्ने देखिन्छ । नोकरी तथा राजनीतिमा आशा गरे अनुरुपको सफलता मिल्ने छैन ।

धनु

शारीरिक एवं मानसिक रुपमा काम गर्न सक्षम हुनुहुनेछ । गरेका काम सहज र सरल तरिकाबाट सम्पादन हुनेछन् । व्यापार व्यवसायबाट पनि आय आर्जन बढ्नेछ । धन दिने काम नगर्नु होला ।

मकर

फजुल खर्च बढ्न सक्छ । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन । काम गरेर जश भन्दा अयश बढि मिल्नेछ । यात्रा गर्दा सतर्क रहनु होला । चोटपटकको भय देखिन्छ ।

कुम्भ

स्वास्थ्य अनुकुल रहला । स्वतन्त्र व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुनेछ । पारिवारिक सुख कम मिल्नेछ । विना सोच विचार काममा हात नहाल्नु अप्ठ्यारो पर्न सक्छ ।

मीन

समयले साथ दिनेछ । काममा सोचे भन्दा राम्रो प्रगति हुनेछ । काम गर्दा सामाजिक प्रतिष्ठा बढ्नेछ । पढाई लेखाईमा मन जानेछ । ठुलो व्यक्तिसँग सामिप्यता बढ्नेछ । आय आर्जन बढ्नेछ ।

तपाईको प्रतिक्रिया