ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग÷राशी र वारवेला श्रीसूर्य दक्षिणायन शरद ऋतु, साधारण नाम संवत्सर, शाके १९३९,विक्रसम्वत २०७४ साल कार्तिक ७ गते मंगलबार नेपाल सम्बत ११३८ कछलाथ्व,सन् २०१७ अक्टोवर २४ तारिक शुक्लपक्ष पञ्चमी तिथि अहोरात्र,ज्येष्ठा नक्षत्र अपरान्ह ४ वजेर ५२ मिनेटसम्म, शोभनयोग, बवकरण,आनन्दादियोग मुद्गर,सूर्य तुला राशीमा,चन्द्रमा अपरान्ह ४ वजेर ५२ मिनेटसम्म वृश्चिक उप्रान्त धनु राशीमा । सूर्योदयबाट प्रात ७÷३४ वजेसम्म रोग वेला,७÷३४ वजे देखि ८÷५८ वजेसम्म उद्वेग वेला,८÷५८ देखि १०÷२३ वजेसम्म चर वेला,१०÷२३ देखि ११÷४७ वजेसम्म लाभ वेला,११÷४७ देखि १÷११ वजेसम्म अमृत वेला,१÷११ देखि २÷३५ वजेसम्म काल वेला,२÷३५ देखि ३ वजेर ५९ मिनेटसम्म शुभ वेला र ३ वजेर ५९ मिनेट देखि सूर्यास्त सम्म रोग वेला रहनेछ । “जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” । ( नोटः– काल भन्दा उद्वेग,उद्वेग भन्दा चर,चर भन्दा शुभ,शुभ भन्दा लाभ र लाभ भन्दा अमृत वेला राम्रो मानिन्छ ) ज्योतिष पंडितः–वेदनिधि तिमिल्सिना, पोखरा, इमेलः [email protected] 

मेष

समय सुधारोन्मुख छ तर काममा ह्वात्तै प्रगति हुनेछैन । विशेष गरेर साँझपख समयमा सुधार आउने देखिन्छ । तनाव घट्नेछ । अरुको काम गरेर जश कमै मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ ।

बृष

काम काजमा विलम्ब गर्दा नोक्सान हुनेछ । व्यापार व्यवसायबाट आशातित लाभ लिन सकिनेछ । यात्रा हुन सक्छ । साँझपख खर्च बढ्नेछ । बन्न लागेका काम रोकिने छन् ।

मिथुन

दीर्घकालिन आर्थिक प्रभाव पर्ने काम नगर्नु होला । आफुमा भएको उर्जाको प्रयोग गर्नु होला । पठन पाठनमा सामान्य प्रगति हुनेछ । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ ।

कर्कट

स्वास्थ्य खराव हुनसक्छ । अन्योलता कायम रहनेछ । आफ्नो क्षेत्र छोडेर हिड्नु पर्ने अवस्था आउन सक्छ । अरुको भर विश्वासमा काम गर्नु भयो भने दुख पाईनेछ ।

सिंह

क्षमता हुदा हुदै काम गर्न सकिने छैन,हिनतावोध हुनेछ । विभिन्न खालका समस्या झेल्नु पर्नेछ । सहयोग गर्ने भन्दा सहयोग माग्ने बढि हुनेछन् । यात्रामा समस्या आउन सक्छ ।

कन्या

अपरान्हकाल सम्म केहि काम भए पनि साँझपख देखि काम गर्न मन लाग्ने छैन । गरेका कामले पूर्णता पाउने छैन । मानसिक तनाव बढ्ने छ । घरयासी खर्च बढ्ने देखिन्छ ।

तुला

अपरान्ह सम्म समय मध्यम भए पनि उप्रान्त समय अनुकुल बन्नेछ । काम गर्ने उत्साहा बढेर आउनेछ । गरेका काम सफल हुनेछन् । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउन सक्छ ।

बृश्चिक

आफै नलागि केहि हुनेछैन । आर्थिक कारोवार गर्दा सचेत रहनु होला । मेहनतका साथ गरेका कामले पूर्णता पाउनेछ । अरुको भर विश्वासमा काम नगर्नु होला धोका हुन सक्छ ।

धनु

अपरान्हसम्मको समय प्रतिकुल देखिन्छ भने उप्रान्त समय थोरै अनुकुल हुदै जानेछ । अरुको काम छोडेर आफ्नो काममा लाग्नु होला । वैदेशिक कार्य योजनाले मूर्तरुप लिनेछ । व्यापार बढ्नेछ ।

मकर

अपरान्ह कालसम्म समयले साथ दिएको देखिन्छ, काममा ढिला गरेर विग्रिनेछन् । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । घर परिवारबाट सहयोग पाईनेछ । साँझपख खर्च बढ्नेछ ।

कुम्भ

विरोधी पनि शरणमा आउने छन् । विवादमा विजय प्राप्त हुनेछ । वक्यौता रकम उठाउन सजिलो हुनेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । मिलेर काम नगर्नु होला ।

मीन

समयको गति सर्गै सुधारका संकेत देखिने छन् । बाह्य कामबाट आन्तरिक काममा लागिनेछ । मध्यान्ह पछि गरेका धेरै जासो काम सफल हुनेछन् । नाकरी तथा राजनीतिमा अवसरको खोजी हुनेछ ।

तपाईको प्रतिक्रिया