ॐ नमो भगवते वासुदेवाय सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः                   पञ्चाङ्ग÷राशीरवारवेला

श्रीसूर्य दक्षिणायन शरद ऋतु, साधारण नाम संवत्सर, शाके १९३९,विक्रसम्वत २०७४ साल कार्तिक ६ गते सोमबार नेपाल सम्बत ११३८ कछलाथ्व,सन् २०१७ अक्टोवर २३ तारिक शुक्लपक्ष चौथी तिथि ७ गते विहान ५ वजेर ५ मिनेटसम्म, अनुराधा नक्षत्र अपरान्ह २ वजेर २१ मिनेटसम्म, सौभाग्ययोग, वणिजकरण,आनन्दादियोग मानस,सूर्य तुला राशीमा,चन्द्रमा वृश्चिक राशीमा 

सूर्योदयबाट प्रात ७÷३३ वजेसम्म अमृत वेला,÷३३ वजे देखि ८÷५८ वजेसम्म काल वेला,÷५८ देखि १०÷२३ वजेसम्म शुभ वेला,१०÷२३ देखि ११÷४७ वजेसम्म रोग वेला,११÷४७ देखि १÷१२ वजेसम्म उद्वेग वेला,÷१२ देखि २÷३६ वजेसम्म चर वेला,÷३६ देखि ४ वजेर १ मिनेटसम्म लाभ वेला र ४ वजेर १ मिनेट देखि सूर्यास्त सम्म अमृत वेला रहनेछ “जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” । ( नोटः– काल भन्दा उद्वेग,उद्वेग भन्दा चर,चर भन्दा शुभ,शुभ भन्दा लाभ र लाभ भन्दा अमृत वेला राम्रो मानिन्छ ) ज्योतिष पंडितः–वेदनिधि तिमिल्सिना, पोखरा, इमेलः [email protected] 

मेष

समयले अझै साथ दिने छैन । प्रतिकुल परिस्थितिमा काम गर्नु पर्नेछ । सहयोगी हात भेटिने छैनन । घरयासी समस्या बढ्ने छन् । मानसिक तनाव बढ्नेछ । व्यापारमा घाटा हुनेछ ।

बृष

काममा विलम्ब नगर्नु होला समयमा गरेका काम सफल हुनेछन् । यात्राको सम्भावना देखिन्छ । नयाँ काम हात लाग्न सक्छ । उद्योग,धन्दा बन्द व्यापारमा प्रगति हुनेछ ।  

मिथुन

मुद्धा,मामिलामा विजय हात लाग्नेछ । काम गर्दा गोपनियता अप्नाउदा फाइदा हुनेछ । व्यापार व्यवसायमा विस्तारै सुधार आउने छ । विचार विमर्शमा समय जानेछ ।

कर्कट

समयमा निर्णय लिन सकिएन भने आफ्नो काममा अरुले अधिकार जमाउने छन् । आर्थिक तनाव कायम रहने देखिन्छ । यात्रामा समस्या आउनेछ । समस्या रहि रहने छन् ।

सिंह

कहि कतैबाट मन दुखाउने काम हुनेछन् । घरयासी बातावरण खलबलिन सक्छ । सम्पतिको विषयलाई लिएर विवाद नपर्ला भन्न सकिन्न । स्वास्थ्यमा समस्या आउन सक्छ ।

कन्या

समयमा काम गर्नु होला विलम्ब गर्दा उचित फल मिल्ने छैन । उद्योग,धन्दा बन्द व्यापारमा प्रगति हुनेछ । काम गरेर दाम कमाईनेछ । पढाईमा भने कमै ध्यान जाने छ ।

तुला

आफन्त बनेर धोेका दिन सक्छन् । घर परिवारको चिन्ताले छोड्ने छैन । आर्थिक कारोवारमा बढि चनाखो हुनु पर्ने देखिन्छ । काम गर्दा प्रतिष्ठाको पनि ख्याल राख्नु होला ।

बृश्चिक

गरेका अधिकाँश काम सफल हुनेछन् । धार्मिक विश्वास बढ्ने छ । आफुमा भएको उर्जाको सदुपयोग गर्नु होला । आर्थिक कारोवारमा समस्या आउन सक्छ सचेत रहनु होला ।

धनु

चोटपटकको भय देखिन्छ । आफन्तका लागि धन खर्च गर्नु पर्ला । अनुत्पादक खर्च बढ्नेछ । लेनदेन कारोवारमा विवाद पर्न सक्ने कुरालाई नकार्न सकिन्न । व्यापार घट्नेछ ।

मकर

आम्दानीका दृष्टिले दिन अनुकुल नै देखिन्छ । नसोचेका ठाँउबाट धन आउनेछ । व्यापारबाट सोचे भन्दा राम्रो आम्दानी हुनेछ । आर्थिक कारोवारमा भने चनाखो रहनु होला । 

कुम्भ

अधुरा रहेका काम धेरै सम्पन्न हुने छन् । बादविबादमा विजय प्राप्त हुनेछ । नयाँ कामको अवसर आउन सक्ने कुरालाई नकार्न सकिन्न । कारोवारमा ध्यान दिनु होला ।  

मीन

मन विचलित हुनेछ । आस्था र विश्वासमा चोट पुग्न सक्छ । गर्नु पर्ने धेरै काम अधुरा रहने छन् । व्यापार व्यवसायमा खासै प्रगति हुने देखिन्न । यात्रा हुनसक्छ ।

तपाईको प्रतिक्रिया