ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग÷राशी र वारवेला श्रीसूर्य दक्षिणायन शरद ऋतु, साधारण नाम संवत्सर, शाके १९३९,विक्रसम्वत २०७४ साल कार्तिक ५ गते आइतबार नेपाल सम्बत ११३८ कछलाथ्व,सन् २०१७ अक्टोवर २२ तारिक शुक्लपक्ष तृतीया तिथि राती ३ वजेर १० मिनेटसम्म, विशखा नक्षत्र मध्यान्ह १२ वजेर ६ मिनेटसम्म, आयुष्मानयोग,तैतिलकरण,आनन्दादियोग उत्पात,सूर्य तुला राशीमा, चन्द्रमा वृश्चिक राशीमा । सूर्योदयबाट प्रात ७÷३३ वजेसम्म उद्वेग वेला,७÷३३ वजे देखि ८÷५८ वजेसम्म चर वेला,८÷५८ देखि १०÷२३ वजेसम्म लाभ वेला,१०÷२३ देखि ११÷४७ वजेसम्म अमृत वेला,११÷४७ देखि १÷१२ वजेसम्म काल वेला,१÷१२ देखि २÷३७ वजेसम्म शुभ वेला,२÷३७ देखि ४ वजेर २ मिनेटसम्म रोग वेला र ४ वजेर २ मिनेट देखि सूर्यास्त सम्म उद्वेग वेला रहनेछ । “जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” । ( नोटः– काल भन्दा उद्वेग,उद्वेग भन्दा चर,चर भन्दा शुभ,शुभ भन्दा लाभ र लाभ भन्दा अमृत वेला राम्रो मानिन्छ ) ज्योतिष पंडितः–वेदनिधि तिमिल्सिना, पोखरा, इमेलः [email protected] 

मेष

समयले कम साथ दिएको देखिन्छ । गरेका कामले पूर्णता पाउने छैन । काम गरेर जश मिल्ने छैन । आलस्यता बढ्नेछ । मानसिक एवं शारीरिक दुर्वलता बढ्ने देखिन्छ । व्यापार व्यवसायमा मन्दि आउनेछ ।

बृष

व्यापारबाट सामान्य लाभ हुनेछ । नयाँ कामको सम्भावना देखिन्छ । मिलेर भन्दा स्वतन्त्र प्रकृतिका व्यापार व्यवसायबाट बढि लाभान्वित हुनुहुनेछ । प्रेममा थोरै सफलता मिल्नेछ । विदेश यात्राको योग देखिन्छ ।

मिथुन

सरल र सहज किसिमले कार्य सम्पादन हुने छैनन । मेहनतका साथ गरेका काम सफल हुनेछन् । बाद विवादमा विजय हात लाग्नेछ । अहार विहारमा ध्यान दिनु होला नत्र स्वास्थ्य कमजोर बन्नेछ ।

कर्कट

अन्योलता बढ्न सक्छ भ्रमलाई चिरेर अगाडि बढ्नु होला । यात्रामा कष्ट हुने देखिन्छ । अरुको भरोसामा मात्रै काम नगर्नु होला । एउटा एउटा चिन्ताले छोड्ने छैन । व्यापारबाट सोचे जस्तो लाभ हुने छैन ।

सिंह

अस्थिरता बढ्न सक्छ । काम गर्ने जोश,जागर घट्नेछ । मेहनतका साथ काम गर्नु भएको खण्डमा केहि सफलता मिल्न सक्छ । पारिवारिक समस्या बढ्न सक्ने कुरालाई नकार्न सकिन्न ।

कन्या

आज गरेका अधिकाँश काम सफल हुने देखिन्छ । कुनै काम गर्न पछि परिने छैन । व्यापार व्यवसायबाट आय आर्जन राम्रै होला । आफन्तजनको सहयोग पाईनेछ । काममा ढिला सुस्ति नगर्नु होला ।

तुला

प्रयत्न गरेमा काममा सफल मिल्नेछ । समयमा सचेत हुनु आवस्यक छ । आर्थिक कारोवार गर्दा होशियार रहनु होला । घरमा सुख शान्ति कम मिल्नेछ । आम्दानी भन्दा नोक्सान बढि होला ।

बृश्चिक

मन वचन र कर्मले लाग्नु होला अवस्य सफल हुनुहुनेछ । उत्तम आसन र भोजन प्राप्तिको योग देखिन्छ । साना तिना समस्यामा नअल्झि काम गर्नु होला । व्यापारबाट सामान्य आम्दानी हुनेछ ।

धनु

काम गर्ने वातावरण हुने छैन । काम काजमा अवरोध आउने क्रम रोकिने छैन । अनावस्यक झमेला आई लाग्ने देखिन्छ । आर्थिक पक्ष दुर्वल बन्नेछ । व्यापार व्यवसायमा मन्दि आउनेछ ।

मकर

गोचरबाट दिन अनुकुल नै देखिन्छ । पराक्रम बढ्ने छ । नसोचेका ठाँउबाट धन आउनेछ । व्यापारबाट आय आर्जन राम्रो हुनेछ । कुनै काम गर्नु छ भने समयमा नै गर्नु होला सधै समयले साथ दिने छैन ।

कुम्भ

आत्मविश्वास बढ्नेछ । लगनशिल भई काममा लाग्नु होला । विना मेहनत कहिबाट केहि हुने छैन । खर्च मात्रै गरेर काम गर्छु भन्ने भ्रम पालेर नबस्नु होला । परिश्रमको फल राम्रो निस्कने छ ।

मीन

समय त्यति अनुकुल देखिन्न । नयाँ काममा हात नहाल्नु होला । मानसिक तनावमा थोरै कमि आउन सक्छ । फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न । परिवारजनको सहयोग कम मिल्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया