ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग÷राशी र वारवेला श्रीसूर्य दक्षिणायन शरद ऋतु, साधारण नाम संवत्सर, शाके १९३९,विक्रसम्वत २०७४ साल कार्तिक ३ गते शुक्रबार नेपाल सम्बत ११३८ कछलाथ्व,सन् २०१७ अक्टोवर २० तारिक शुक्लपक्ष प्रतिपदा तिथि राती १२ वजेर २६ मिनेटसम्म, चित्रा नक्षत्र विहान ८ वजेर ४७ मिनेटसम्म, विष्कुम्भयोग, किंस्तुघ्नकरण,आनन्दादियोग मुशल,सूर्य तुला राशीमा, चन्द्रमा पनि तुला राशीमा । सूर्योदयबाट प्रात ७÷३२ वजेसम्म चर वेला,७÷३२ वजे देखि ८÷५७ वजेसम्म लाभ वेला,८÷५७ देखि १०÷२२ वजेसम्म अमृत वेला,१०÷२२ देखि ११÷४७ वजेसम्म काल वेला,११÷४७ देखि १÷१२ वजेसम्म शुभ वेला,१÷१२ देखि २÷३७ वजेसम्म रोग वेला,२÷३७ देखि ४ वजेर ३ मिनेटसम्म उद्वेग वेला र ४ वजेर ३ मिनेट देखि सूर्यास्त सम्म चर वेला रहनेछ । “जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” । ( नोटः– काल भन्दा उद्वेग,उद्वेग भन्दा चर,चर भन्दा शुभ,शुभ भन्दा लाभ र लाभ भन्दा अमृत वेला राम्रो मानिन्छ ) “जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐ शान्ति, ॐ शान्ति, ॐ शान्ति, ।” ज्योतिष पंडितः–वेदनिधि तिमिल्सिना, पोखरा, इमेलः [email protected] 

मेष

संवेदनशिल भएर काम गर्नु होला नत्र आएको अवसर गुम्न सक्छ । स्वतन्त्र व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । विदेश यात्राको योग देखिन्छ । सहयोगी हात धेरै भेटिने छैनन ।  

बृष

सुखानुभूति गर्न पाईने छैन । आत्मका कुरा अरुलाई नखोल्नु होला । सहयोग गर्ने भन्दा खुट्टो तान्ने बढि हुनेछन् । सामान्य प्रयासबाट कार्य सम्पादन हुने छैनन । प्रयत्नबाट नै काम हुनेछन् । 

मिथुन

जान्ने भएर अगाडि बढ्न खोजियो भने पछि हट्नु पर्नेछ । समयमा काममा प्रवेश गर्न सके केहि न केहि लाभ लिन सकिनेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । व्यापार मन्द रहला ।

कर्कट

काम गर्न मन लाग्ने छैन । रमाईलो गरेर दिन विताउन मन लाग्नेछ । आम्दानी भन्दा खर्च नै बढि हुनेछ । अरुको काममा जश छैन । पारिवारिक झमेला बढ्न सक्छ ।

सिंह

समयले साथ दिनेछ । गरेका काम बन्ने छन् । नयाँ सोच विचारका साथ काम हुनेछन् । व्यापार व्यवसायबाट पनि आय आर्जन बढ्नेछ । पारिवारिक सहयोग मिल्नेछ ।

कन्या

आर्थिक कारोवारमा सजग रहनुहोला । गरेका काम सफल हुनेछन् र लाभदायक पनि रहलान् । अरुलाई पूर्ण विश्वासमा लिएर काम गर्दा अप्ठ्यारो पर्न सक्छ ।

तुला

समस्याको समाधान निस्कनेछ । गरेका कामबाट लाभान्वित हुनुहुनेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ । पारिवारिक सुख,शान्ति मिल्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

बृश्चिक

दैनिक काममा अवरोध आउन सक्छ । भाग्यले साथ दिने छैन । नगरेका कामको अपयश लिनु पर्ने अवस्था आउन सक्छ । लगानी डुब्न सक्छ सतर्क रहनु होला ।

धनु

आफ्ना विषय बस्तुले प्राथमिकता पाउनेछ । गरेका कामबाट धेर थोर लाभ लिन सकिनेछ । भाग्यमा भन्दा कर्ममा विश्वास गरेर काम गर्नु होला । व्यापार बढ्नेछ । 

मकर

काम सरल तरिकाले बन्नेछन् । अधुरा काम पनि फस्र्योट हुनेछन् । सामाजिक काम गरेमा इज्जत बढ्नेछ । घर परिवार आफन्तबाट सहयोग सहानुभूति मिल्नेछ ।

कुम्भ

आफुले सोचे जस्तो हुने छैन । काम गर्दा इज्जतको पनि ख्याल राख्नु होला । अरुको काम गरेर जश मिल्ने छैन । विना उपलब्धिका काममा समय बढि खर्च हुनेछ । 

मीन

काममा अवरोध आउनेछ । व्यापार व्यवसायबाट लाभ भन्दा हानी बढि हुनसक्छ सतर्क रहनु होला । विश्वास गरेकाले घात हुनसक्छ । चोटपटकको भय देखिन्छ ।

तपाईको प्रतिक्रिया