ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग÷राशी र वारवेला श्रीसूर्य दक्षिणायन शरद ऋतु, साधारण नाम संवत्सर, शाके १९३९,विक्रसम्वत २०७४ साल कार्तिक २ गते बिहिबार नेपाल सम्बत ११३७ कौलागा,सन् २०१७ अक्टोवर १९ तारिक कृष्ण पक्ष चतुर्दशी तिथि राती ११ वजेर ३७ मिनेटसम्म, उत्तरफाल्गुनी नक्षत्र विहान ७ वजेर २५ मिनेटसम्म, ऐन्द्रियोग, विष्टिकरण,आनन्दादियोग प्रवद्र्ध,सूर्य तुला राशीमा, चन्द्रमा कन्या राशीमा । आज लक्ष्मी पूजा, सुखरात्री, दर्शश्राद्ध, हलो तथा निशि बार्ने दिन, महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती कार्तिक कृष्णपक्षको अमावस्या तिथि, मध्यरात्रीपूर्व ११:५७ बजेसम्म, त्यसपछि प्रतिपदा तिथि, हस्ता नक्षत्र, बिहान ०७:५५ बजेसम्म, त्यसपछि चित्रा नक्षत्र, भोलिको चन्द्रमा कन्या राशिमा, बेलुका ०८:२३ बजेसम्म, त्यसपछि तुला राशिमा, वैधृति योग, साँझ ०५:२० बजेसम्म, त्यसपछि विष्कुम्भ योग, सुरुमा चतुष्पाद करण दिउँसो ११:४७ बजेसम्म, त्यसपछि नाग करण मध्यरात्रीपूर्व ११:५६ बजेसम्म, अन्तिममा किंस्तुघ्न करण,काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:०६ बजे र सूर्यास्त : साँझ ०५:२९ बजे राहु काल : दिउँसो ०१:१३ देखि ०२:३८ सम्म यमघण्ट : बिहान ०६:०६ देखि ०७:३२ सम्म गुलिक काल : बिहान ०८:५७ देखि १०:२२ सम्म शुभ वारवेला : बिहान ०६:०६ देखि ०७:३२ सम्म, साँझ ०४:०५ देखि ०७:०४ सम्म र मध्यरात्रीपछि ०४:३१ देखि ०६:०६ सम्म अमृत वारवेला : दिउँसो ०१:१३ देखि ०२:३८ सम्म र बेलुका ०७:०४ देखि ०८:३८ सम्म चर वारवेला : बिहान १०:२२ देखि ११:४८ सम्म र बेलुका ०८:३८ देखि १०:१३ सम्म रोग वारवेला : बिहान ०७:३२ देखि ०८:५७ सम्म र बेलुका १०:१३ देखि ११:४८ सम्म काल वारवेला : दिउँसो ०२:३८ देखि ०४:०४ सम्म र मध्यरात्रीपूर्व ११:४८ देखि ०१:२२ सम्म लाभ वारवेला : दिउँसो ११:४८ देखि ०१:१३ सम्म र मध्यरात्रीपछि ०१:२२ देखि ०२:५७ सम्म उद्वेग वारवेला : बिहान ०८:५७ देखि १०:२२ सम्म र मध्यरात्रीपछि ०२:५७ देखि ०४:३१ सम्म “जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” । ( नोटः– काल भन्दा उद्वेग,उद्वेग भन्दा चर,चर भन्दा शुभ,शुभ भन्दा लाभ र लाभ भन्दा अमृत वेला राम्रो मानिन्छ ) “जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐ शान्ति, ॐ शान्ति, ॐ शान्ति, ।” ज्योतिष पंडितः–वेदनिधि तिमिल्सिना, पोखरा, इमेलः [email protected] 

मेष

विरोधीको सक्रियताले काममा असर पर्न सक्छ सतर्क रहनु होला । गरेका काम प्राय सफल हुने छन् । काम गर्दा गाह्रो भए पनि परिणामले सन्तुष्टि बनाउने छ । नयाँ कामको अभ्यास हुने छ ।

बृष

काम गर्दा थोरै दुविधा बढ्न सक्छ । अध्ययन अध्यापन क्षेत्र अधुरा रहने छन् । विवादबाट टाढा बस्नु होला । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । व्यापार व्यवसायबाट आम्दानी सोचे जस्तो हुने छैन ।

मिथुन

धन सम्पतिको विषयमा विवाद चर्किन सक्छ विचार गरेर काम गर्नु होला । रोग व्याधिको भय पनि देखिन्छ । घर परिवारबाट सुख मिल्ने छैन । समय सापेक्ष चल्न सकिएन भने दुख पाईने छ ।

कर्कट

उत्साहाका साथ काममा लाग्नु होला गरेका अधिकाँश काम सफल हुनेछन् । काम गर्दा ढिला सुस्ति भने नगर्नु होला आफैलाई घाटा हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्ने छ ।

सिंह

आर्थिक समस्या पर्न सक्छ, धन दिने काम आज नगरेको राम्रो हुनेछ । घरमा पाउना आउने योग देखिन्छ । आफुले सोचे जस्तो कहि हुने छैन । व्यापारमा उधारो काम नगर्नु होला ।

कन्या

सानो गल्तिले ठूलोे घाटा हुन सक्छ विचार गरेर मात्रै काम गर्नु होला । रमाईलोमा मात्रै लाग्नु भयो भने कामले गति लिने छैन र पछि पश्चताप हुने छ । प्रयत्न गरेमा काम सफल हुने छन् ।

तुला

फजुल खर्च बढ्ने छ । वैदेशिक क्षेत्र थोरै अनुकुल देखिन्छ । काममा विग्न बाधा आउने सम्भावना भएको हुदा सतर्क भई काम गर्नु होला । व्यापार व्यवसायमा मन्दि आउने छ ।

बृश्चिक

आय आर्जनका दृष्टिले दिन राम्रो देखिन्छ,बचतमा ध्यान दिनु होला । गरेका कामबाट उचित प्रतिफल पाईनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्ने छ । आस्था,विश्वास र पराक्रम घट्ने छैन ।

धनु

सतहमा वगेर काम नगर्नु होला । काम गर्दा सानातिना समस्या देखिए पनि गर्दै जादा समाधान भएर जाने छन् । आफुमा भएको उर्जालाई खेर जान नदिनु होला । लेनदेनमा ध्यान दिनु होला ।

मकर

अप्रत्यक्ष रुपमा अरुको उर्जा प्रयोग गरेर काम गर्नु भएमा सफलता मिल्नेछ । नकरात्मक सोचबाट टाढा बस्नु होला । व्यापार व्यवसायमा खासै उन्नति हुने देखिन्न । कारोवार गर्दा चनाखो रहनु होला ।

कुम्भ

आफुले चाहे जस्तो वातावरण मिल्ने छैन । प्रतिकुल परिस्थितिमा काम गर्न गाह्रो हुनेछ । व्यापार व्यवसायमा मन्दि आउने देखिन्छ । अहार विहारका कारण स्वास्थ्यमा समस्या आउन सक्छ ।

मीन

विवादबाट टाढा रहेर काम गर्नु होला । काममा साना तिना समस्या देखिने छन् काम गर्न पछि नपर्नु होला । पछि गरौला भनेर कुनै काम राख्नु भयो भने साचिने छन् । यात्राको सम्भावनालाई नकार्न सकिन्न ।

तपाईको प्रतिक्रिया