ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग÷राशी र वारवेला श्रीसूर्य दक्षिणायन शरद ऋतु, साधारण नाम संवत्सर, शाके १९३९,विक्रसम्वत २०७४ साल आश्विन ३१ गते मंगलबार नेपाल सम्बत ११३७ कौलागा,सन् २०१७ अक्टोवर १७ तारिक कृष्ण पक्ष त्रयोदशी तिथि राती ११ वजेर ५९ मिनेटसम्म, पूर्वफाल्गुनी नक्षत्र विहान ७ वजेर २७ मिनेटसम्म, ब्रह्मयोग, गरकरण,आनन्दादियोग धूम्र,सूर्य कन्या राशीमा,चन्द्रमा अपरान्ह १ वजेर २४ मिनेटसम्म सिंह उप्रान्त कन्या राशीमा । सूर्योदयबाट विहान ७÷३१ वजेसम्म रोग वेला,७÷३१ वजे देखि ८÷५६ वजेसम्म उद्वेग वेला,८÷५६ देखि १०÷२१ वजेसम्म चर वेला,१०÷२१ देखि ११÷४७ वजेसम्म लाभ वेला,११÷४७ देखि १÷१३ वजेसम्म अमृत वेला,१÷१३ देखि २÷३९ वजेसम्म काल वेला,२÷३९ देखि ४ वजेर ५ मिनेटसम्म शुभ वेला र ४ वजेर ५ मिनेट देखि सूर्यास्त सम्म रोग वेला रहनेछ । “जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” । ( नोटः– काल भन्दा उद्वेग,उद्वेग भन्दा चर,चर भन्दा शुभ,शुभ भन्दा लाभ र लाभ भन्दा अमृत वेला राम्रो मानिन्छ ) “जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐ शान्ति, ॐ शान्ति, ॐ शान्ति, ।” ज्योतिष पंडितः–वेदनिधि तिमिल्सिना, पोखरा, इमेलः [email protected] 

मेष

साँझपख समयमा सुधार आउनेछ । उच्चमनोबलका साथ काममा लाग्नुहोला । विरोधीबाट अवरोध आउन सक्छ । भ्रम हट्नेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ ।  

बृष

खर्चमा तिव्रता आउनेछ । व्यापारमा सन्तोषजनक प्रगति हुने छैन । समयले कम साथ दिने देखिन्छ । काम गरेर अनुसारको प्रतिफल पाईने छैन । आलोचना बढ्नेछ ।

मिथुन

मध्यान्ह पूर्वको समय अनुकुल देखिन्छ । उतार चढावका वीच काम बन्ने छन् । स्वतन्त्र व्यापारबाट आम्दानी हुनेछ । अपरान्ह पछि भने गरेका काम रोकिन सक्छन् । 

कर्कट

मध्यान्ह पूर्वको समय मध्यम् देखिए पनि अपरान्ह पछिको समय अनुकुल बन्नेछ । नोकरी तथा राजनीतिमा सफलता मिल्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

सिंह

हेलचक्र्याई नगरि काम गर्नु होला गरेका अधिकाँश काम सफल हुनेछन् । आर्थिक कारोवारमा चनाखो रहनु होला । आफन्तबाट सामान्य सहयोग मिल्नेछ । 

कन्या

संचित धनको नाश हुनेछ । आशक्ति बढ्नेछ । गरेका काम विवादित हुने छन् । व्यापारमा गिरावट आउने छ । मध्यानह देखि भने समयमा सुधार आउनेछ ।

तुला

कुनै काम गर्नु छ भने समयमा गर्नु होला मध्यान्ह पछि समय प्रतिकुल बन्नेछ । परिवारमा समस्या आउन सक्छ । इज्जत प्रतिष्ठामा आच आउन सक्छ ।

बृश्चिक

दिन अनुकुल नै देखिन्छ । गरेका अधिकाँश काम सफल हुनेछन् । व्यापार व्यवसायबाट भने आय आर्जन बढ्नेछ । घर परिवारमा सुख शान्ति मिल्नेछ ।             

धनु

मध्यान्ह पुर्व भन्दा अपरान्हको समय काम गर्नलाई उचित देखिन्छ । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् । वित्तिय कारोवारमा सानातिना समस्या देखिने छन् । 

मकर

भय त्रासले छोड्ने छैन । खान पानका कारण स्वास्थ्य कमजोर बन्ने छ । आम्दानी बढ्नेछ ।  गर्न खोजेका काम बन्न गाह्रो हुनेछ । व्यापारमा अवनति हुनेछ ।

कुम्भ

अरुको काम गरेर जश कम मिल्नेछ । आर्थिक कारोवारमा समस्या आउन सक्छ । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । पारिवारिक खर्च बढ्ने छ । स्वास्थ्यमा समस्या आउनेछ ।

मीन

मध्यान्ह पछि समयमा बढि सुधार आउनेछ । नयाँ सोच विचारका साथ काममा लाग्नु हुनेछ । गरेका अधिकाँश काम सफल हुनेछन् । परिवारबाट सहयोग पाईनेछ । काम गर्न अल्छि नगर्नु होला ।

तपाईको प्रतिक्रिया