ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग÷राशी र वारवेला श्रीसूर्य दक्षिणायन शरद ऋतु, साधारण नाम संवत्सर, शाके १९३९,विक्रसम्वत २०७४ साल आश्विन ३० गते सोमबार नेपाल सम्बत ११३७ कौलागा,सन् २०१७ अक्टोवर १६ तारिक कृष्ण पक्ष द्वादशी तिथि राती १२ वजेर ४९ मिनेटसम्म, मघा नक्षत्र विहान ७ वजेर ५६ मिनेटसम्म, शुक्लयोग, कौलवकरण,आनन्दादियोग ध्वाँक्ष,सूर्य कन्या राशीमा,चन्द्रमा सिंह राशीमा । सूर्योदयबाट विहान ७÷३१ वजेसम्म अमृत वेला,७÷३१ वजे देखि ८÷५७ वजेसम्म काल वेला,८÷५७ देखि १०÷२३ वजेसम्म शुभ वेला,१०÷२३ देखि ११÷४८ वजेसम्म रोग वेला,११÷४८ देखि १÷१४ वजेसम्म उद्वेग वेला,१÷१४ देखि २÷४० वजेसम्म चर वेला,२÷४० देखि ४ वजेर ६ मिनेटसम्म लाभ वेला र ४ वजेर ६ मिनेट देखि सूर्यास्त सम्म अमृत वेला रहनेछ । “जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” । ( नोटः– काल भन्दा उद्वेग,उद्वेग भन्दा चर,चर भन्दा शुभ,शुभ भन्दा लाभ र लाभ भन्दा अमृत वेला राम्रो मानिन्छ ) “जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐ शान्ति, ॐ शान्ति, ॐ शान्ति, ।” ज्योतिष पंडितः–वेदनिधि तिमिल्सिना, पोखरा, इमेलः [email protected]   

मेष

आयमुलक भन्दा व्ययमुलक काम बढि हुने छ । पारिवारिक चिन्ताले छोड्ने छैन । बन्धुको सहयोग कम प्राप्त हुने छ । मनमा दुविधा बढ्ने छ । कामको बारेमा निर्णय लिदा विचार पु¥याउनु होला ।

बृष

सम्पतिको विषयमा विवाद बढ्न सक्छ विचार गरेर काम गर्नु होला । रोग व्याधिको भय देखिन्छ खानपानमा ध्यान दिनु होला । घर परिवारबाट सामान्य सुख मिल्ने छ । समय सापेक्ष चल्ने प्रयास गर्नु होला ।

मिथुन

उत्साहाका साथ काममा लाग्नु होला गरेका अधिकाँश काम सफल हुनेछन् । काम गर्दा ढिला सुस्ति भने नगर्नु होला आफैलाई घाटा हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

कर्कट

मनमा भ्रम सृजना हुनसक्छ । आर्थिक समस्या झेल्नु पर्नेछ । घरमा अतिथि आउने योग देखिन्छ । आफुले सोचे जस्तो कहि कतै हुने छैन । व्यापारमा उधारो काम नगर्नु होला ।

सिंह

समयले साथ दिनेछ । अनावस्यक खर्चमा थोरै कमि आउनेछ । रमाईलोमा मात्रै लाग्नु भयो भने कामले गति लिने छैन र पछि पश्चताप हुने छ । प्रयत्न गरेमा काम सफल हुने छन् ।

कन्या

फजुल खर्च बढ्ने छ । वैदेशिक क्षेत्र थोरै अनुकुल देखिन्छ । काममा विग्न बाधा आउने सम्भावना भएको हुदा सतर्क भई काम गर्नु होला । व्यापार व्यवसायमा मन्दि आउने छ ।

तुला

आय आर्जनका दृष्टिले दिन राम्रो देखिन्छ,बचतमा ध्यान दिनु होला । गरेका कामबाट उचित प्रतिफल पाईनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्ने छ । आस्था,विश्वास र पराक्रम घट्ने छैन ।

बृश्चिक

सतहमा वगेर काम नगर्नु होला । काम गर्दा सानातिना समस्या देखिए पनि गर्दै जादा समाधान भएर जाने छन् । आफुमा भएको उर्जालाई खेर जान नदिनु होला । लेनदेनमा ध्यान दिनु होला ।

धनु

अप्रत्यक्ष रुपमा अरुको उर्जा प्रयोग गरेर काम गर्नु भएमा सफलता मिल्नेछ । नकरात्मक सोचबाट टाढा बस्नु होला । व्यापार व्यवसायमा खासै उन्नति हुने देखिन्न । कारोवार गर्दा चनाखो रहनु होला ।

मकर

आफुले चाहे जस्तो वातावरण मिल्ने छैन । प्रतिकुल परिस्थितिमा काम गर्न गाह्रो हुनेछ । व्यापार व्यवसायमा मन्दि आउने देखिन्छ । अहार विहारका कारण स्वास्थ्यमा समस्या आउन सक्छ ।

कुम्भ

व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन् । नयाँ कामको अवसर आउनेछ । घर परिवारबाट सहयोग पाईनेछ । सुख शान्तिमा वृद्धि हुनेछ । काम गर्ने जोश जागर बढ्नेछ ।

मीन

विरोधीको सक्रियताले काममा असर पर्न सक्छ सतर्क रहनु होला । गरेका काम प्राय सफल हुने छन् । काम गर्दा गाह्रो भए पनि परिणामले सन्तुष्टि बनाउने छ । नयाँ कामको अभ्यास हुने छ ।

तपाईको प्रतिक्रिया