ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग÷राशी र वारवेला श्रीसूर्य दक्षिणायन शरद ऋतु, साधारण नाम संवत्सर, शाके १९३९,विक्रसम्वत २०७४ साल आश्विन २९ गते आइतबार नेपाल सम्बत ११३७ कौलागा,सन् २०१७ अक्टोवर १५ तारिक कृष्ण पक्ष एकादशी तिथि राती २ वजेर ६ मिनेटसम्म, अश्लेषा नक्षत्र विहान ८ वजेर ४७ मिनेटसम्म, शुभयोग, बवकरण,आनन्दादियोग वज्र,सूर्य कन्या राशीमा,चन्द्रमा विहान ८ वजेर ४७ मिनेटसम्म कर्कट उप्रान्त सिंह राशीमा । सूर्योदयबाट विहान ७÷३० वजेसम्म उद्वेग वेला,७÷३० वजे देखि ८÷५६ वजेसम्म चर वेला,८÷५६ देखि १०÷२२ वजेसम्म लाभ वेला,१०÷२२ देखि ११÷४८ वजेसम्म अमृत वेला, ११÷४८ देखि १÷१४ वजेसम्म काल वेला,१÷१४ देखि २÷४० वजेसम्म शुभ वेला,२÷४० देखि ४ वजेर ६ मिनेटसम्म रोग वेला र ४ वजेर ६ मिनेट देखि सूर्यास्त सम्म उद्वेग वेला रहनेछ । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।( नोटः– काल भन्दा उद्वेग,उद्वेग भन्दा चर,चर भन्दा शुभ,शुभ भन्दा लाभ र लाभ भन्दा अमृत वेला राम्रो मानिन्छ )“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐ शान्ति, ॐ शान्ति, ॐ शान्ति, ।”ज्योतिष पंडितः–वेदनिधि तिमिल्सिना, पोखरा, इमेलः [email protected]

मेष

दिन मध्यम खालको छ । अन्योलमा नपरि काम गर्नु होला । जोखिम पूर्ण यात्रा नगर्नु होला । घर छोडेर हिड्न मन लाग्ने छ । काम गर्ने बातावरण त्यति देखिदैन । नोकरी तथा राजनीतिमा आंशिक सफलता मिल्ने छ ।

बृष

प्रातकालमा गरेका काम सफल हुनेछन् । मध्यान्ह पछिको समय त्यति अनुकुल नहुन सक्छ । खर्च बढ्नेछ । मनमा भय त्रास उत्पन्न हुनेछ । काम गरेर जश पाईने छैन । जो आफ्नो ठान्यो त्यहि पराई हुनेछ ।

मिथुन

आफन्तबाट कहि कतै अप्ठ्यारो पर्न सक्छ सतर्क रहनु होला । आर्थिक कारोवारमा विशेष चनाखो रहनु होला,सम्पतिमा दाग लाग्न सक्छ । मध्यान्ह पछि समयले साथ दिनेछ । काम गर्ने जोश जागर बढनेछ ।

कर्कट

मध्यान्ह सम्म समयले साथ दिनेछ भने उप्रान्त समय मध्यम देखिन्छ । नोकरी तथा राजनीतिमा आंशिक सफलता मिल्ने छ । व्यापार व्यवसायबाट आय आर्जन बढ्ने छ । आर्थिक कारोवारमा सजग रहनु होला ।

सिंह

नयाँ काममा हात नहाल्नु होला । भाग्यले कम साथ दिनेछ । कर्म भने बलियो देखिन्छ । अपरान्ह पछि अनुकुल बन्नेछ । राज्यबाट सामान्य सहयोग पाईनेछ । कुटनैतिक विधि अप्नाई काम गर्नु होला ।

कन्या

दिनको पूवाद्र्धमा गरेका काम बने पनि अपरान्ह पछि काममा अवरोध आउनेछ । मनमा दुविधा बढ्न सक्छ । विना सोच विचार काममा हात नहाल्नु होला । खर्च व्यवस्थापनमा जोड दिनु पर्ने देखिन्छ ।

तुला

भाग्य र कर्म दुवै बलियो देखिन्छ । आकस्मिक आम्दानीको योग देखिन्छ । राज्यबाट सहयोग पाईनेछ । व्यापारबाट आम्दानी राम्रो हुनेछ । मनमा भ्रम पालेर नबस्नु होला । गएका ठाँउमा मान सम्मान पाईनेछ ।

बृश्चिक

स्वाथ्यमा सुधार आउनेछ । काम गर्ने जोश जागर बढ्नेछ । बाह्य काममा बढि चासो दिदा आफ्ना काम अधुरा रहनेछन् । यात्राको योजना बन्नेछ । व्यापार व्यवसायबाट आँशिक लाभ हुनेछ ।

धनु

मानसिक एवं शारीरिक दुर्वलता बढ्ने छ । व्यापार व्यवसायमा मन्दि आउने छ । काम गर्न मन लाग्ने छैन । अनावस्यक काम धेरै हुने छन् । आम्दानीका स्रोत घट्ने छन् । काम गरेर अपयश मात्रै मिल्नेछ ।

मकर

समयमा गरेका काम बन्नेछन् । अपरान्ह देखि काममा अवरोध आउन सक्छ । काम गरेर नाम न जश खरानी घस हुन सक्छ विचार पु¥याउनु होला । दैनिक काम काजमा पनि असर पर्ने देखिन्छ ।

कुम्भ

समय सुधारोन्मुख छ । मेहनत बढि गर्नु पर्ला । आफन्तसँग मतभेद बढ्न सक्छ । उच्चमनोबलका साथ काम गर्नु होला गरेका काम सफल हुनेछन् । घर बाहिर बसेर काम गर्दा बढि अनुकुल होला ।

मीन

कुनै पनि काम गर्दा सोच विचार गर्नु होला सफल हुने छन् । सवैलाई आफ्ना कुरा नभन्नु होला पछि धोका हुन सक्छ । स्वतन्त्र व्यापार व्यवसायबाट आँशिक लाभ हुने छ । मिलेर काम नगर्नु होला विवाद पर्न सक्छ ।

तपाईको प्रतिक्रिया