ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग÷राशी र वारवेला
श्रीसूर्य दक्षिणायन शरद ऋतु, साधारण नाम संवत्सर, शाके १९३९,विक्रसम्वत २०७४ साल आश्विन २८ गते शनिबार नेपाल सम्बत ११३७ कौलागा,सन् २०१७ अक्टोवर १४ तारिक कृष्ण पक्ष दशमी तिथि राती ३ वजेर ४४ मिनेटसम्म, तिष्य नक्षत्र विहान ९ वजेर ५७ मिनेटसम्म, साध्ययोग, वणिजकरण,आनन्दादियोग मित्र,सूर्य कन्या राशीमा,चन्द्रमा कर्कट राशीमा ।
सूर्योदयबाट विहान ७÷३० वजेसम्म काल वेला,७÷३० वजे देखि ८÷५६ वजेसम्म शुभ वेला,८÷५६ देखि १०÷२३ वजेसम्म रोग वेला,१०÷२३ देखि ११÷४९ वजेसम्म उद्वेग वेला, ११÷४९ देखि १÷१५ वजेसम्म चर वेला,१÷१५ देखि २÷४१ वजेसम्म लाभ वेला, २÷४१ देखि ४ वजेर ८ मिनेटसम्म अमृत वेला र ४ वजेर ८ मिनेट देखि सूर्यास्त सम्म काल वेला रहनेछ ।
ॐशान्ति ॐशान्ति ॐशान्ति” ।
( नोटः– काल भन्दा उद्वेग,उद्वेग भन्दा चर,चर भन्दा शुभ,शुभ भन्दा लाभ र लाभ भन्दा अमृत वेला राम्रो मानिन्छ )
“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐ शान्ति, ॐ शान्ति, ॐ शान्ति, ।”
ज्योतिष पंडितः–वेदनिधि तिमिल्सिना, पोखरा, इमेलः [email protected] 

मेष

समस्या घट्ने भन्दा बढ्ने देखिन्छ । काम गर्न मन लाग्ने छैन । व्यापार व्यवसायमा गिरावट आउनेछ । विश्वास घात हुने देखिन्छ । मनमा अशान्ति बढ्नेछ । राप र तापले छोड्ने छैन ।

बृष

सहास धैर्यता पराक्रम घट्ने छैन । निर्णय क्षमता बढ्नेछ । व्यापार व्यवसायबाट धेर थोर लाभ लिन सकिनेछ । आफ्नाबाट सहयोग सहानुभूति मिल्नेछ । वित्तिय क्षेत्रमा सामान्य सुधार आउनेछ ।

मिथुन

कारोवार गर्दा विचार गर्नु होला । प्रयास प्रयत्न सफल हुनेछन् । निर्णय क्षमता कमजोर रहनेछ । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । काममा स्थायित्व दिनु पर्ने देखिन्छ ।

कर्कट

काम गर्ने जोश जागर बढ्नेछ । उत्तम भोजन र आसन प्राप्तिको योग देखिन्छ । अनावस्यक खर्चमा नियन्त्रण आउनेछ । व्यापार व्यवसायमा सामान्य सुधार आउनेछ ।

सिंह

व्यापार व्यवसायबाट नाफा भन्दा घाटा बढि हुनसक्छ । अनावस्यक काममा समय लगानी हुुनेछ । फजुल खर्च बढ्नेछ । झुट्टा कुराले पिरोल्न छाड्ने छैन । विश्वास घात हुनसक्छ ।

कन्या

काममा सोचे भन्दा राम्रो प्रगति हुनेछ । बक्यौता रकम उठाउन सजिलो हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । पारिवारिक सुख शान्ति मिल्नेछ । सहयोग मिल्नेछ ।

तुला

अधुरा काम धेरै फस्र्यौट हुनेछन् । नोकरी तथा राजनीतिमा नयाँ स्थान मिल्नेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ । काम गरेर अनुसारको उपलब्धि हासिल हुनेछ । कार्य गापनियता अप्नाउनु होला ।

बृश्चिक

पूर्ण तनाव मूक्त हुनुहुने छैन । आस्था र विश्वास थोरै बढ्नेछ । छोटो दुरीको फलदायी यात्राको सम्भावना देखिन्छ । पढाई लेखाईमा खासै ध्यान जाने छैन । उपकारी काम होलान् ।

धनु

काम काजमा अवरोध आउने देखिन्छ । अनावस्यक मानसिक तनाव बढ्न सक्छ । घर परिवारमा अशान्ति बढ्न सक्छ । अनावस्यक काममा समय र धन लगानी बढ्नेछ ।

मकर

स्वतन्त्र प्रकृतिका व्यापार व्यवसायबाट लाभान्वित हुनुहुनेछ । नजिकका व्यक्तिबाट सहयोग सहानुभूति मिल्नेछ । घर परिवारमा सुख शान्ति मिल्नेछ । वैदेशिक यात्राको सम्भावना देखिन्छ ।

कुम्भ

तपाई माथि शत्रुको बक्रदृष्टि पर्ने भएकोले काम गर्दा सतर्क हुनुहोला । मेहनतपूर्वक गरेका काम सफल हुनेछन् । काम अनुसारको प्रतिफल राम्रै मिल्नेछ । भर विश्वासमा काम नगर्नु होला ।

मीन

हतारमा आवेगमा आएर काम नगर्नु होला । योजना बनाएर समयमा निर्णय लिन सकिएमा गरेका कामबाट केहि फाइदा लिन सकिनेछ । सन्तानको वारेमा थोरै चिन्ता लिनु पर्ने अवस्था आउन सक्छ ।

तपाईको प्रतिक्रिया