ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग÷राशी र वारवेला श्रीसूर्य दक्षिणायन शरद ऋतु, साधारण नाम संवत्सर, शाके १९३९,विक्रसम्वत २०७४ साल आश्विन २६ गते विहिबार नेपाल सम्बत ११३७ कौलागा,सन् २०१७ अक्टोवर १२ तारिक कृष्ण पक्ष सप्तमी तिथि विहान १० वजेर ११ मिनेटसम्म, आद्र्रा नक्षत्र मध्यान्ह १२ वजेर ५७ मिनेटसम्म, परिघयोग, बवकरण, आनन्दादियोग काण,सूर्य कन्या राशीमा,चन्द्रमा मिथुन राशीमा । सूर्योदयबाट विहान ७÷३० वजेसम्म शुभ वेला,७÷३० वजे देखि ८÷५६ वजेसम्म रोग वेला,८÷५६ देखि १०÷२३ वजेसम्म उद्वेग वेला,१०÷२३ देखि ११÷५० वजेसम्म चर वेला, ११÷५० देखि १÷१६ वजेसम्म लाभ वेला,१÷१६ देखि २÷४३ वजेसम्म अमृत वेला,२÷४३ देखि ४ वजेर १० मिनेटसम्म काल वेला र ४ वजेर १० मिनेट देखि सूर्यास्त सम्म शुभ वेला रहनेछ । “जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” । ( नोटः– काल भन्दा उद्वेग,उद्वेग भन्दा चर,चर भन्दा शुभ,शुभ भन्दा लाभ र लाभ भन्दा अमृत वेला राम्रो मानिन्छ ) “जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐ शान्ति, ॐ शान्ति, ॐ शान्ति, ।” ज्योतिष पंडितः–वेदनिधि तिमिल्सिना, पोखरा, इमेलः [email protected] 

मेष

सामान्यतया दिन अनुकुल नै देखिन्छ । काम गर्ने उत्साहामा कमि आउने छैन । गरेका काम प्राय सफल हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । ढिला सुस्ति गर्दा अवसर गुम्न सक्छ ।

बृष

दत्त चित्त भएर काममा लाग्नु होला । परिश्रमको मुल्य पाईनेछ । सहयोग गर्ने पनि कम हुने छैन । कारोवारमा थोरै ध्यान दिनुहोला । व्यापार व्यवसायबाट सामान्य लाभ लिन सकिनेछ ।  

मिथुन

आर्थिक प्रलोभनमा परेर काम नगर्नु होला । धैर्यता पूर्वक गरेका काम सफल हुनेछन् । काम साच्ने कुरा नगर्नु होला । कसैले धन माग्यो भनेर दिने काम नगर्नु होला ।

कर्कट

खर्च व्यवस्थापन गर्न नसके आर्थिक समस्यामा परिनेछ । काम गरेर लाभ लिन सकिने छैन । अनावस्यक काम कुरामा समय खर्च हुनेछ । नदुखेको टाउको दुखाउने काम हुन सक्छ । 

सिंह

देखिएका सम्भावनाहरु क्षिण भएर जाने छन् । कुनै काम गर्नु छ भने समयमा नै गर्नु होला । गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन ।

कन्या

आज काम दाम र नाम प्राप्त हुनेछ । विगतमा गर्न नसकिएका काम आज हुने छन् । नसोचेका ठाँउबाट धन आउन सक्छ । काम गर्दा दुविधामा नपरि गर्नु होला । 

तुला

सुधारका संकेत देखिने छन् । कामले पनि गति लिनेछ । नोकरी तथा राजनीतिमा नयाँ अवसरको खोजी हुनेछ । घरमा भन्दा घर बाहिर बसेर काम गर्दा सजिलो हुनेछ ।

बृश्चिक

समयले साथ दिएको देखिदैन । काम गर्दा विभिन्न समस्या झेल्नु पर्ला । चोटपटकको भय देखिन्छ । जोखिम मोलेर काम नगर्नु होला । आर्थिक कारोवारमा विवाद पर्न सक्छ  ।

धनु

आएको अवसर गुम्न सक्छ समयमा सतर्क रहनु होला । आज गरेका काम प्राय सफल हुनेछन् । व्यापार व्यवसायबाट पनि आँशिक लाभ हुनेछ । आर्थिक कारोवारमा टाउको दुखाई बढि हुनेछ । 

मकर

शत्रु माथि विजय प्राप्त हुनेछ । प्रतिश्पर्धात्मक काममा सफलता मिल्नेछ । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन् । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ ।

कुम्भ

इच्छाशक्ति बढि हुने छ भने काम थोरै कुरा धेरै हुने छन् । व्यापारमा  खासै प्रगति हुने देखिन्न । परिवारजनमा मनमुटाव बढ्न सक्छ । आर्थिक कारोवारमा विवाद पर्न सक्छ  ।

मीन

समस्यको जालोबाट उम्केर अगाडि बढ्नु पर्ने देखिन्छ । घरका कुरामा मात्रै अल्झिनु भयो भने प्रगति हुने छैन । मिलेर काम नगर्नु होला । मेहनतपूर्वक गरेका काम सफलत हुनेछन् ।

तपाईको प्रतिक्रिया