ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग÷राशी र वारवेला श्रीसूर्य दक्षिणायन शरद ऋतु, साधारण नाम संवत्सर, शाके १९३९,विक्रसम्वत २०७४ साल आश्विन २५ गते बुधबार नेपाल सम्बत ११३७ कौलागा,सन् २०१७ अक्टोवर ११ तारिक कृष्ण पक्ष षष्ठी तिथि मध्यान्ह १२ वजेर ३५ मिनेटसम्म, मृगशिरा नक्षत्र अपरान्ह २ वजेर ३६ मिनेटसम्म, वरियनयोग, वणिजकरण, आनन्दादियोग अमृत,सूर्य कन्या राशीमा, चन्द्रमा मिथुन राशीमा । सूर्योदयबाट विहान ७÷२९ वजेसम्म लाभ वेला,७÷२९ वजे देखि ८÷५६ वजेसम्म अमृत वेला,८÷५६ देखि १०÷२३ वजेसम्म काल वेला,१०÷२३ देखि ११÷५० वजेसम्म शुभ वेला, ११÷५० देखि १÷१६ वजेसम्म रोग वेला,१÷१६ देखि २÷४३ वजेसम्म उद्वेग वेला,२÷४३ देखि ४ वजेर १० मिनेटसम्म चर वेला र ४ वजेर १० मिनेट देखि सूर्यास्त सम्म लाभ वेला रहनेछ । “जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” । ( नोटः– काल भन्दा उद्वेग,उद्वेग भन्दा चर,चर भन्दा शुभ,शुभ भन्दा लाभ र लाभ भन्दा अमृत वेला राम्रो मानिन्छ ) “जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐ शान्ति, ॐ शान्ति, ॐ शान्ति, ।” ज्योतिष पंडितः–वेदनिधि तिमिल्सिना, पोखरा, इमेलः [email protected] 

मेष

मेषः– अरुको भर पर्दा दुख पाईनेछ । सक्रिय भएर आफै लागेमा गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन बढ्ने छ । प्रयत्न गरेमा नयाँ काम हात लाग्नेछ ।

बृष

वृषः– अरुको भरमा कुनै काम नगर्नु होला । आफ्नै प्रयासमा काम बन्ने छन् । आर्थिक संरचनालाई नचलाउनु होला । स्थान परिर्वन गर्न मन लाग्ने छ । आफन्तका कारण विवाद पर्न सक्छ ।

मिथुन

मिथुनः– आफ्नो काममा दत्तचित्त भएर लाग्नु होला अवश्यमेव सफलता मिल्नेछ । आर्थिक कारण काममा सामान्य समस्या आउन सक्छ,त्यो प्रयत्नबाट नै समाधान गर्न सकिने छ ।

कर्कट

कर्कटः– व्यय विचार बढ्ने छ । व्यापार व्यवसायमा गिरावट आउन सक्छ । काममा भन्दा अनावस्यक काममा समय र धन लगानी हुने देखिन्छ । विवाद पर्न सक्ने कुरालाई पनि नकार्न सकिन्न ।

सिंह

सिंहः– आय आर्जन बढ्ने छ त्यसलाई बचाएर राख्ने प्रयत्न गर्नु होला । नोकरी तथा राजनीतिमा नयाँ ठाँउ मिल्न सक्छ । काम गरेर दाम कमाउन सकिने छ । विरोधीसँगको लडाई जितिने छ ।

कन्या

कन्याः– अधुरा रहेका कामले गतिलिने छ । नयाँ कामको अवसर आउन सक्ने कुरालाई नकार्न सकिन्न । आर्थिक क्षेत्रमा पनि सुधारका संकेत देखिने छन् । सामाजिक प्रतिष्ठा बढ्ने छ ।

तुला

तुलाः– धार्मिक विश्वास बढ्ने छ । फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न । अरुको काममा समय दिदा आफ्ना काम धेरै अधुरा रहन सक्छन् । आफ्नो इज्जतको ख्याल राख्नु होला ।

बृश्चिक

वृश्चिकः–भाग्यमा अवरोध आउने छ । अनावस्यक काममा समय खेर जानेछ । बन्न लागेका काम पनि विग्रिने छन् । व्यापार व्यवसायमा गिरावट आउने छ । स्वास्थ्यमा समस्या आउला ।

धनु

धनुः( काममा सामान्य समस्या देखिए पनि ती सवै प्रयत्नबाट समाधान भएर जानेछन् । व्यापार व्यवसायमा सुधार आउने छ । अर्थ अभावका कारण नयाँ काममा केहि अप्ठ्यारो आउन सक्छ ।

मकर

मकरः– विदेश यात्रामा अवरोध आए पनि व्यापार व्यवसायमा भने सुधार आउने छ । विरोधीको सक्रियता बढ्ने हुदा काम गर्दा सजग रहनु होला । मनमा एक प्रकारको चिन्ता रहि रहने छ ।

कुम्भ

कुम्भः– काम प्रतिको चासो बढे पनि के गर्ने के नगर्ने भन्ने कुरामा अलमल हुन सक्छ,जसको फाइदा अरुले उठाउन खोज्ने छन् । व्यापार व्यवसायमा आफुले सोचे जस्तो प्रगति हुने छैन ।

मीन

मिनः– घरयासी कुरामा बढि केन्द्रित हुनु पर्ला । आलस्यता बढ्न सक्छ । अनावस्यक कुरामा अल्झिने सम्भावना बढि छ । व्यापार व्यवसायमा धेरै प्रगति हुने देखिन्न । मन चञ्चल हुन सक्छ ।

तपाईको प्रतिक्रिया