ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग÷राशी र वारवेला
श्रीसूर्य दक्षिणायन शरद ऋतु, साधारण नाम संवत्सर, शाके १९३९,विक्रसम्वत २०७४ साल आश्विन २४ गते मंगलबार नेपाल सम्बत ११३७ कौलागा,सन् २०१७ अक्टोवर १० तारिक कृष्ण पक्ष पञ्चमी तिथि अपरान्ह २ वजेर ५९ मिनेटसम्म, रोहिणी नक्षत्र अपरान्ह ४ वजेर १६ मिनेटसम्म, व्यघातयोग, तैतिलकरण, आनन्दादियोग मातङ्ग,सूर्य कन्या राशीमा,चन्द्रमा राती ३ वजेर २७ मिनेटसम्म वृष उप्रान्त मिथुन राशीमा ।
सूर्योदयबाट विहान ७÷२८ वजेसम्म रोग वेला,७÷२८ वजे देखि ८÷५६ वजेसम्म उद्वेग वेला,८÷५६ देखि १०÷२३ वजेसम्म चर वेला,१०÷२३ देखि ११÷५० वजेसम्म लाभ वेला, ११÷५० देखि १÷१७ वजेसम्म अमृत वेला,१÷१७ देखि २÷४४ वजेसम्म काल वेला,२÷४४ देखि ४ वजेर ११ मिनेटसम्म शुभ वेला र ४ वजेर ११ मिनेट देखि सूर्यास्त सम्म रोग वेला रहनेछ ।
“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।
( नोटः– काल भन्दा उद्वेग,उद्वेग भन्दा चर,चर भन्दा शुभ,शुभ भन्दा लाभ र लाभ भन्दा अमृत वेला राम्रो मानिन्छ )
“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐ शान्ति, ॐ शान्ति, ॐ शान्ति, ।”
ज्योतिष पंडितः–वेदनिधि तिमिल्सिना, पोखरा, इमेलः [email protected] 

मेष

काम गर्न मन लाग्ने छैन । प्रयास गरेमा काममा सफलता मिल्नेछ । कमाएको धन अरुको लागि खर्च हुनेछ । व्यापारमा पनि खासै प्रगति हुने देखिन्छ । लेनदेनमा विवाद पर्नसक्छ ।

बृष

दिन अनुकुल नै छ,काम काजमा विलम्व नगर्नु होला । काम गर्ने जोश जागर घट्ने छैन । स्वतन्त्र व्यापारबाट लाभ लिन सकिनेछ । आर्थिक कारोवारमा थोरै ध्यान दिनु होला ।

मिथुन

 मनमा अशान्ति हुनेछ । काम गरेर आफुलाई भन्दा अरुलाई बढि हुनेछ । घर डेराको समस्या पर्न सक्छ । आर्थिक स्थिति कमजोर बन्नेछ । काममा विभिन्न समस्या आउने देखिन्छ ।

कर्कट

दिन अनुकुल नै छ काम काजमा ढिला सुस्ति नगर्नु होला । गरेका कामबाट उचित लाभ हुनेछ । व्यापार व्यवसायबाट पनि आम्दानी बढ्नेछ । पारिवारिक सुख मिल्नेछ ।

सिंह

समय राम्रो चलिरहेको छ, कर्म क्षेत्रबाट बाहिर नजानु होला । नोकरी,राजनीति तथा व्यापार व्यवसाय, वित्तिय कारोवारबाट धन आर्जन हुनेछ । कामको वीचमा विचार परिवर्तन नगर्नु होला ।

कन्या

काममा देखिएका समस्या कम भएर जाने छन् । मनमा भएको द्विविधा पनि हटेर जाने छ । आफ्नो काम छोडेर अन्त नलाग्नु होला । आर्थिक कारोवारमा विशेष चनाखो रहनु पर्ने देखिन्छ ।

तुला

सहज बातावरणको अभाव देखिन्छ । काम गर्दा विभिन्न समस्या झेल्नु पर्ला । व्यापार व्यवसायमा आएको मन्दि कायम नै रहने देखिन्छ । आफुले गरेका कामले अरुलाई फाईदा पुग्ने छ ।

बृश्चिक

सामान्यतय दिन अनुकुल नै देखिन्छ । हतारमा निर्णय लिदा अप्ठ्यारो पर्न सक्छ । कुैन काम गर्नु छ भने शुभ शिघ्र गर्नु होला । आलटाल गरेका काम पछि धकेलिने छन् ।

धनु

विरोधीको बल नास हुनेछ । काम गर्दा तनावमा कहिल्यै नगर्नु होला । दैनिका काम काजमा साना तिना समस्या आउन सक्छन् । प्रयत्नपूर्वक गरेका काम सफल हुने छन् ।

मकर

आशक्ति बढ्नेछ । यात्रामा सामान्य कठिनाई उत्पन्न हुने देखिन्छ । मेहनतका साथ गरेका काम भने सफल हुने छन् । अरुको मुख नताकि काम गर्नु होला । भय त्रास उत्पन्न हुन सक्छ ।

कुम्भ

शारीरिक दूर्वलता तथा मानसिक तनाव बढ्न सक्छ । के गर्ने भन्न कुरामा नै समय जानेछ । आफुमा भएको उर्जाको प्रयोग गर्न नसक्दा पछि परिनेछ । व्यापारमा समस्या आउने देखिन्छ ।

मीन

काममा प्रगति हुनेछ तर सन्तुष्टि कम मिल्नेछ । पराक्रम घट्ने छैन । व्यापारबाट आम्दानी बढ्नेछ । आस्था र विश्वास घट्नेछ । इज्जतको ख्याल राखेर काम गर्नु होला ।

तपाईको प्रतिक्रिया