ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग÷राशी र वारवेला श्रीसूर्य दक्षिणायन शरद ऋतु, साधारण नाम संवत्सर, शाके १९३९, विक्रसम्वत २०७४ साल आश्विन २३ गते सोमबार नेपाल सम्बत ११३७ कौलागा,सन् २०१७ अक्टोवर ९ तारिक कृष्ण पक्ष चतुर्थी तिथि अपरान्ह ५ वजेर १८ मिनेटसम्म, कृतिका नक्षत्र साँझ ५ वजेर ५१ मिनेटसम्म, सिद्धियोग, बवकरण, आनन्दादियोग स्थिर,सूर्य कन्या राशीमा,चन्द्रमा वृष राशीमा । सूर्योदयबाट विहान ७÷२८ वजेसम्म अमृत वेला,७÷२८ वजे देखि ८÷५६ वजेसम्म काल वेला,८÷५६ देखि १०÷२३ वजेसम्म शुभ वेला,१०÷२३ देखि ११÷५० वजेसम्म रोग वेला, ११÷५० देखि १÷१७ वजेसम्म उद्वेग वेला,१÷१७ देखि २÷४४ वजेसम्म चर वेला,२÷४४ देखि ४ वजेर ११ मिनेटसम्म लाभ वेला र ४ वजेर ११ मिनेट देखि सूर्यास्त सम्म अमृत वेला रहनेछ । “जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” । ( नोटः– काल भन्दा उद्वेग,उद्वेग भन्दा चर,चर भन्दा शुभ,शुभ भन्दा लाभ र लाभ भन्दा अमृत वेला राम्रो मानिन्छ ) “जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐ शान्ति, ॐ शान्ति, ॐ शान्ति, ।” ज्योतिष पंडितः–वेदनिधि तिमिल्सिना, पोखरा, इमेलः gurupatrakar@gmail.com 

मेष

प्रयत्न गरेमा काममा सफलता मिल्नेछ । समयमा सचेत भएर काम गर्नु होला । आर्थिक कारोवार गर्दा होशियार रहनु होला । घरमा सुख शान्ति कम मिल्नेछ । आम्दानी भन्दा नोक्सान बढि हुनसक्छ ।

बृष

मन वचन र कर्मले लाग्नु होला अवस्य सफल हुनुहुनेछ । उत्तम आसन र भोजन प्राप्तिको योग आज पनि देखिन्छ । साना तिना समस्यामा नअल्झि काम गर्नु होला । व्यापारबाट सामान्य आम्दानी हुने छ ।

मिथुन

काम गर्दा विभिन्न झमेला आइलाग्ने छन् । काम काजमा अवरोध आउने क्रम रोकिने छैन । अनावस्यक झमेला आई लाग्ने देखिन्छ । आर्थिक पक्ष दुर्वल बन्नेछ । व्यापार व्यवसायमा पनि मन्दि आउनेछ ।

कर्कट

गोचरबाट दिन अनुकुल नै देखिन्छ । पराक्रम बढ्ने छ । नसोचेका ठाँउबाट धन आउनेछ । व्यापारबाट आय आर्जन राम्रो हुनेछ । कुनै काम गर्नु छ भने समयमा नै गर्नु होला सधै समयले साथ दिने छैन ।

सिंह

आत्मविश्वास बढ्ने छ । लगनशिल भई काममा लाग्नु होला । विना मेहनत कहिबाट केहि मिल्ने छैन । खर्च मात्रै गरेर काम गर्छु भन्ने भ्रम पालेर नबस्नु होला । परिश्रमको फल राम्रो निस्कने छ ।    

कन्या

आजको दिन पनि आफ्नो लागि भन्दा अरुको लागि बढि हुनसक्छ । समयमा भने सामान्य सुधार आउने छ । फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न । परिवारजनको सहयोग कम मिल्ने देखिन्छ ।

तुला

समयले कम साथ दिएको देखिन्छ । गरेका कामले पूर्णता पाउने छैन । काम गरेर जश मिल्ने छैन । आलस्यता बढ्नेछ । मानसिक एवं शारीरिक दुर्वलता बढ्ने देखिन्छ । व्यापार व्यवसायमा मन्दि आउने छ । 

बृश्चिक

व्यापारबाट सामान्य लाभ हुने छ । नयाँ सम्भावना पनि देखिन्छ । समयमा काम गर्न सक्नु भएन भने आएको अवसर पनि गुम्ने छ । प्रेममा थोरै सफलता मिल्नेछ । विदेश यात्राको योग देखिन्छ । 

धनु

कार्य सम्पादनमा कठिनाई आउन सक्छ,धैर्यतापूर्वक काम गर्नु होला । आज गरेका काम सफल हुनेछन् । मुद्धा मामिलामा विजय हात लाग्नेछ । अहार विहारमा ध्यान दिनु होला नत्र स्वास्थ्य कमजोर बन्नेछ ।

मकर

अन्योलता बढ्न सक्छ भ्रमलाई चिरेर अगाडि बढ्नु होला । यात्रामा कष्ट हुने देखिन्छ । अरुको भरोसामा मात्रै काम नगर्नु होला । एउटा एउटा चिन्ताले छोड्ने छैन । व्यापारबाट सोचे जस्तो लाभ हुने छैन । 

कुम्भ

पेट पोल्ने छ । काम गर्ने जोश,जागर पनि घट्न सक्छ ।  लगनशिल भई काम गर्नु भएको खण्डमा थोरै भए पनि सफलता मिल्ने छ । पारिवारिक समस्या बढ्न सक्ने कुरालाई नकार्न सकिन्न । 

मीन

आज गरेका काम अधिकाँश सफल हुने देखिन्छ । कुनै काम गर्न पनि पछि परिने छैन । व्यापार व्यवसायबाट आय आर्जन राम्रै होला । आफन्तजनको सहयोग पाईने छ । काममा ढिला सुस्ति नगर्नु होला ।

तपाईको प्रतिक्रिया