ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग÷राशी र वारवेला श्रीसूर्य दक्षिणायन शरद ऋतु, साधारण नाम संवत्सर, शाके १९३९, विक्रसम्वत २०७४ साल आश्विन २२ गते आइतबार नेपाल सम्बत ११३७ कौलागा,सन् २०१७ अक्टोवर ८ तारिक कृष्ण पक्ष तृतीया तिथि राती ७ वजेर २६ मिनेटसम्म, भरुणी नक्षत्र राती ७ वजेर १५ मिनेटसम्म, वज्रयोग, वणिजकरण, आनन्दादियोग काल,सूर्य कन्या राशीमा,चन्द्रमा राती १२ वजेर ५५ मिनेटसम्म मेष उप्रान्त वृष राशीमा । सूर्योदयबाट विहान ७÷२८ वजेसम्म उद्वेग वेला,७÷२८ वजे देखि ८÷५६ वजेसम्म चर वेला,८÷५६ देखि १०÷२४ वजेसम्म लाभ वेला,१०÷२४ देखि ११÷५० वजेसम्म अमृत वेला, ११÷५० देखि १÷१७ वजेसम्म काल वेला,१÷१७ देखि २÷४५ वजेसम्म शुभ वेला,२÷४५ देखि ४ वजेर १३ मिनेटसम्म रोग वेला र ४ वजेर १३ मिनेट देखि सूर्यास्त सम्म काल वेला रहनेछ । “जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” । ( नोटः– काल भन्दा उद्वेग,उद्वेग भन्दा चर,चर भन्दा शुभ,शुभ भन्दा लाभ र लाभ भन्दा अमृत वेला राम्रो मानिन्छ ) “जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐ शान्ति, ॐ शान्ति, ॐ शान्ति, ।” ज्योतिष पंडितः–वेदनिधि तिमिल्सिना, पोखरा, इमेलः gurupatrakar@gmail.com 

मेष

आफ्नो काम गर्न अरुको भरोसा गर्नुृ पर्ने छैन । उत्तम भोजन र आसन प्राप्तिको योग देखिन्छ । विरोधीको योजना सम्पन्न हुन पाउने छैन ।

बृष

आतिथ्यता खर्चमा वृद्धि हुनसक्छ । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । उपलब्धि विहिन यात्राको सम्भावना देखिन्छ । सम्बन्धमा सुधार आउनेछ ।

मिथुन

आत्मविश्वास बढ्नेछ । आफन्तबाट सहयोग मिल्नेछ । विरोधी कमजोर बन्नेछन् । व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दनी हुनेछ ।

कर्कट

समयले साथ दिनेछ । विगतमा गर्न नसकेका काम आज हुनेछन् । नोकरी तथा राजनीतिमा नयाँ अवसर प्राप्त हुनेछ । व्यापारमा सुधार आउनेछ ।

सिंह

अरुलाई विश्वासमा लिएर काम गर्नु होला । इज्जतमा दाग लाग्न सक्छ सजग रहनु होला । फलदायी यात्राको सम्भावना भने देखिन्छ । व्यापारबाट लाभ कम हुनेछ ।

कन्या

परिस्थितिले साथ दिने देखिन्न । गलत विचार बढ्नेछ । काम गरेर हात लाग्यो शून्य हुनसक्छ । व्यापारमा नोक्सान हुनेछ । स्वास्थ्य कमजोर बन्नेछ ।

तुला

कार्य योजना अगाडि बढ्नेछन् । आफन्तबाट सहयोग पाईनेछ । प्रेममा सफलता मिल्नेछ । यात्राको अवसर आउन सक्छ । कार्य भार थपिनेछ ।

बृश्चिक

काम गरेर जश पाईने छैन । परिश्रम बढि गर्नु पर्ला । विरोधी सँगको लडाईमा विजय प्राप्त हुनेछ । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ ।

धनु

मनमा दुविधा बढ्नेछ । पढाईमा अवरोध आउन सक्छ । यात्रामा कठिनाई हुनेछ । व्यापार व्यवसायबाट स्वल्प लाभ हुनेछ । अवसर गुम्न सक्छ सतर्क रहनु होला ।

मकर

विचारमा विचलन आउन सक्छ । लेनदेन कारोवारमा गडबढ हुनसक्छ । शारीरिक दूर्वलता बढ्नसक्छ । घरयासी समस्या एवं खर्च बढ्नेछ ।

कुम्भ

गरेका अधिकाँश काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । कामको बोझ बढ्नेछ । कार्य गोपनियता अप्नाउनु होला ।

मीन

अरुको भर विश्वास बढि नगर्नु होला । आर्थिक संरचना नचलाउनु होला । प्रयास गरेमा काममा सफलता मिल्नेछ । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ ।

तपाईको प्रतिक्रिया