ॐ नमो भगवते वासुदेवाय सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः पञ्चाङ्ग राशी र वारवेला श्रीसूर्य दक्षिणायन शरद ऋतु साधारण नाम संवत्सर शाके १९३९, विक्रसम्वत २०७४
साल आश्विन २१ गते शनिबार नेपाल सम्बत ११३७ कौलागा,सन् २०१७ अक्टोवर ७ तारिक कृष्ण पक्ष द्वितीया तिथि राती ९ वजेर २० मिनेटसम्म , अश्विनी नक्षत्र राती ८ वजेर २५ मिनेटसम्म, हर्षणयोग, तैतिलकरण, आनन्दादियोग सौम्य ,सूर्य कन्या राशीमा,चन्द्रमा मेष राशीमा । सूर्योदयबाट विहान ७÷२८ वजेसम्म काल वेला,२८ वजे देखि ८:५६ वजेसम्म शुभ वेला ,५६ देखि १०;२४ वजेसम्म रोग वेला,१० ÷२४ देखि ११÷५१ वजेसम्म उद्वेग वेला, ११÷५१ देखि १ ÷१९ वजेसम्म चर वेला ,÷१९ देखि २÷४७ वजेसम्म लाभ वेला,÷४७ देखि ४ वजेर १५ मिनेटसम्म अमृत वेला र ४ वजेर १५ मिनेट देखि सूर्यास्त सम्म काल वेला रहनेछ ।
“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।
( नोटः– काल भन्दा उद्वेग,उद्वेग भन्दा चर,चर भन्दा शुभ,शुभ भन्दा लाभ र लाभ भन्दा अमृत वेला राम्रो मानिन्छ )
“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐ शान्ति, ॐ शान्ति, ॐ शान्ति, ।”
ज्योतिष पंडितः–वेदनिधि तिमिल्सिना, पोखरा, इमेलः [email protected]   

मेष

समयमा काम गर्न सकिने छैन । खर्चालु काममा बढि हुनेछन् । यात्राबाट खासै उपलब्धि हासिल हुने देखिन्न । व्यापारबाट सोचे जस्तो लाभ लिन सकिने छैन ।

बृष

नोकरी तथा राजनीतिमा सफलता मिल्नेछ । आय आर्जनका दृष्टि  दिन राम्रै देखिन्छ । व्यापार व्यवासयबाट आम्दानी बढ्नेछ । घर परिवारमा सुख,शान्ति मिल्ने छ ।

मिथुन

सरल तरिकाले काम सम्पादन् हुनेछन् । तपाईको भरोसामा अरुले पनि काम गर्ने छन् । काम गर्ने जोश जागर बढ्नेछ । बोलिको प्रभाव पनि बढ्ला ।  

कर्कट

दिन मध्यम खालको छ । आफन्तबाट सहयोग अल्प मिल्नेछ । अरुको काममा बढि व्यस्त हुदा आफ्ना काम अधुरा रहने छन् । बोल्यो कि पोल्यो भन्ने जान्नु होला । 

सिंह

असजिलो महशुस हुनेछ । सोचाईको विपरित काम हुने छन् । व्यापार व्यवसायमा मन्दि आउने छ । अहार विहारमा ध्यान दिनु होला नत्र स्वास्थ्य कामजोर हुनेछ ।   

कन्या

घरका कुरामा धेरै नअल्झि काम गर्नु होला गरेका काम सफल हुनेछन् । वैदेशिक कारोवारमा सफलता मिल्नेछ । व्यापारबाट आय आर्जन बढ्नेछ ।

तुला

प्रतिश्पर्धा गरेर अगाडि बढ्नु होला अवस्य पनि सफलता मिल्नेछ । लगानी कम गरि काम गर्र्ने प्रयत्न गर्नु होला । आम्दानीका नयाँ स्रोत फेला पर्ने छन् । 

बृश्चिक

भ्रमबाट मुक्त भई काम गर्नु होला सफल हुनुहुनेछ । व्यापार व्यवसायबाट सामान्य लाभ होला । अरुको भर विश्वासमा परेर काम नगर्नु होला ।     

धनु

घरयासी समस्याबाट पीडित हुनु पर्ला । धन सम्पति चोरी वा हराउन सक्छ  । आर्थिक कारोवारले टाउको दुखाउनेछ । व्यापारमा खासै प्रगति हुने छैन ।  

मकर

पराक्रम बढ्नेछ । परिवारको सहयोग लिएर काम गर्नु भयो भने बढि उपलब्धि हासिल हुनेछ । उद्योग धन्दा बन्द व्यापारमा प्रगति हुनेछ ।   

कुम्भ

आज पनि समयले साथ दिने देखिन्न । आफन्तबाट नै धोका दिने काम हुन सक्छ होशियार रहनु होला । आर्थिक कारोवार गर्दा बढि चनाखो रहनु होला ।

मीन

सामान्यतया आजको दिन पनि अनुकुल नै देखिन्छ । लगनशिल भई अवसरको पूर्ण सदुपयोग गर्नु होला काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ ।  

तपाईको प्रतिक्रिया